आर्थिक बर्ष सकिन लाग्दा बाँकी भएका बजेट हरको काम हतार हतारमा गर्दा कामको पारदर्सीता पनी कम हुने र भुक्तानीमा पनी समस्या आउँने रोग पुरानै हो ।
यस बर्ष जिल्लाको सदरमुकाम चौतारासाँगाचोकगढी नगरपालिकामा भुक्तानीको अन्तिम दिन पनी भिडभाड नै रह्यो ।यो गत बर्ष पनी यस्तै भिड हुने गरेको थियो यसमा कुनै नौलो कुरा थिएन । तर चौतारा साँगाचोकगढी नगरपालिकाले सम्पन्न भएका केही योजनाहरुको तत्काल भुक्तानी गर्न नसक्दा भने समस्या देखा परेको छ । यो समस्या संघ र प्रदेशको रकम कटौती भएपछि परेको हो । चौतारा साँगाचोकगढी नगरपालिकामा प्रदेस सरकारबाट अनुदान र राजस्व बाँडफाँडको रकम कटौती भएपछि बिभिन्न योजनाको रकम भुक्तनीमा केही समस्या परेको भएता पनी काम सम्पन्न भएका योजनाहरुको भुक्तानी १महीना पछी अर्थात भदौमा मात्र हुने भएको हो ।
नगरपालिकाको योजनाअनुसार संघको समानिकरण अनुदानमा ९१ प्रतिशत र प्रदेश सरकारले राजस्व बाँडफाँडबाट पाउनुपर्ने रकमको ७७ प्रतिशतमात्र रकम पाएपछि रकम भुक्तानी गर्न समस्या भएको हो । यस हिसाबले करिब तिन करोड रुपैया कमी आएकोले यस समयमा भुक्तानी दिन समस्या परेको प्रमख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाले बताउँनु भयो । उँहाका अनुसार काम सम्पन्न भएका योजनाहरुका बारेमा नगरपालिकाले जेष्ठ २८ गते सबैलाइ सुचना प्रकाशीत गरी असार १० गते भित्र भुक्तानी माग गरि सक्न भनेका थियौ । सो समयमा आउँने सबैले भुक्तानी पाएको तर योजना सम्झौता गर्दा सम्म बजेट कटौतीका बारेमा जानकारी नआएको तर योजना सम्झौता भए पछी बजेट घटेर आएकाले बजेट नपुग भएको र आगाामी बर्ष उक्त योजनाको भुक्तानी हुने बताउँनु भयो ।नगरपालिकाका अनुसार अन्तिम क्षणमा आएर संघ र प्रदेश सरकारको भार आफुले बहन गर्नुपर्ने भएपछि नगरपालिकाले समस्यामा परेको हो ।नगरपालिकाले संघ र प्रदेशबाट पाउने रकमको आधारमा आफुहरुले योजनाहरुको लागि बजेट बिनियोजन गर्ने गरेको हँुदा रकम घटेर आएकाले समस्या झेल्नुपरेको प्रमुख प्रशासकीय अधिकृत सापकोटाले बताउँनु भयो । लेखा अधिकृत रामप्रसाद आचार्यले ८६.०६% प्रतीशत खर्च भएको बताउँनु हुँदै ६०लाख रुपैया भुक्तानी दिन बाँकी रहेको यो रकम भदौमा भुक्तानी गरने बताउँनु भयो ।आचार्यलेचौतारा साँगाचोकगढी नगरपालिकाको आ. व ८१÷८२ को कुल बजेट –रु.१२४२०४७१०३ (एक अरब चौबिस कोरोड बीस लाख सट्चालिस हजार एक सय तीन रुपैयाँ मा चालू तर्फ – ८६.१४% पुजिगत तर्फ – ८५.९२% गरी जम्मा खर्च – ८६.०६% खर्च भएको बताउँनु भयो ।
