सम्पर्क

रामदेबी माबी हर्रेमा कानुनी परामर्श तथा अभिमुखीकरण कार्यक्रम

कबीता श्रेष्ठ लोकप्रियसमाचार राष्टीय दैनिक , सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा न १० स्थित श्री राम देवी मा.वि हर्रेमा कानुनी परामर्श तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । वडा नं १०को ,आर्थिक सहयोगमा नेत्र ज्योति मिडिया हाउसद्धारा कानुनी परामर्श तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा वडा नं १० को वडा अध्यक्ष निल बहादुर तामाङले प्रमुख आतिथ्यताको आशनबाट बेल्दै बालबिबाहको अन्त्य, गर्नुका साथै अहीलेको अबस्थामा आफ्नै भन्नेहरुबाट समेत बालबालीका असुरक्षित हुन थालेकोमा चिन्ता ब्यक्त गर्नु भयो । उँहाले भेटेकोशी गाँउपालिकामा हालै घटेको घटनाको स्मरण गराउँदै ढिलो चाँडो प्रहरीले दोषी पक्रेर कार्बही त गर्छ तर यसरी भएको नोक्सानीको कसैले पनी क्षती पाउँन सक्तैन भन्नु भयो । उँहाले कुनै पनी बालबालीका ले कसैले घुम्न जाऔ भनेर फाकाउँदैमा आफ्नै अभिभावक तथा शिक्षकको परामर्श बिना जान नहुने बताउँनु भयो । उँहाले बालवालिकाहरू विभिन्न किसिमको हिंसा र जोखिममा नपरून भन्दै , कानूनी परामर्श तथा अभिमुखीकरण कार्यक्रम विद्यालय र विद्यार्थीहरूको लागि नया विषय रहेको र यस कानुनी परामर्श विद्यालय मात्र नभई समाज पनि अभिमुखीकरण कार्यक्रमको आवश्यकता रहेको बताउँनु भयो । उँहाले सबैमा कानून सम्बन्धी ज्ञान दिनका लागि यस कार्यक्रम गरिएको हो भन्नु हुँदै उहाले कार्यक्रमको महत्व दर्शाउदै बालवालिकोहरू यस विषयमा ध्यान दिन आग्रह गर्नु भयो ।प्रशीक्षक जिल्ला वार एसोसिएशनका जिल्ला अध्यक्ष भुपेन्द्र बहादुर थिङले नेपालको संविधान र कानून सम्बन्धी जानकारी दिनु भयो । उँहाले बालवालिको हक तथा अधिकार सम्बन्धी नेपालको संविधान २०७२बारे जानकारी दिनु भयो । वडा मेलमिलाप न्यायीक समितीका संयोजक तथा कार्यक्रमको सभापतीत्व गरिरहनु भएका रेल बहादुर कार्कीले कार्यक्रमको महत्व बारे जानकारी दिदै विद्यालय अध्ययनरत विद्यार्थीहरूमा यस विषयमा अभिमुखीकरण कार्यक्रम प्रभावकारी रहेको बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चेकका सुन्दर शिरीसले यस्ता खालका कार्यक्रमहरु बिद्यालय स्तमा नै गर्नु अती उपयुक्त हुने बताउँनु हुँदै बिद्यालय स्तरबाट नै कानुनको पालना अनुशासनको पालना गर्न सिक्न र सिकाउँन पर्ने बताउँनु भयो । कार्यक्रम नेपाल पत्रकार महासघ काठमाण्डौ शाखाका कार्य समिती सदस्य तथा मिडीया हाउसका सञ्चालक नेत्र बहादुर बस्नेतले सञ्चालन गर्नु भएको थियो भने बरिष्ठ पत्रकारहरु गोरखापात्र दैनिकका चित्र मिजार, कान्तीपुर दैनिकका अनिश तिबारी लगाएत बिद्यालय शिक्षक अभिभावक, बिद्यार्थीहरु तथा जनप्रतिनिधीहरुको उपस्थित रहेको थियो । कार्यक्रमको समापनमा सहभागीहरुले यस्तो सिकाइको मौका दिएकोमा आयोजकलाइ बिशेष धन्यबाद समेत दिएका थिए ।