सिन्धुली जिल्ला दुधौली नगर पालिका वाड्नम्बर ११ धन्सारी मा दुना बोता टपरी उत्पादन सम्बन्धी कच्चा पदार्थ तयारी गर्ने तालिम सम्पन्न भएको छ। सव डिभिजन बन कार्यलय दुधौली का अधिकृत बेद प्रकाश यादब को प्रमुख आथित्यता मा भएको उक्त तालिमनमुना सामुदायिक बन उपभोक्ता समुह का अध्यक्ष नरेन्द्र कार्की को सभापतित्वमा भएको हो ।
सामुदायिक बन उपभोक्ता माहासङ नेपाल जिल्ला महासङ सिन्धुपाल्चोक का उपाध्यक्ष ,हरित स्वयंसेवक संयोजक सिन्धुपाल्चोक , सुनकोशी गाउपालिका –३ सामुदायिक दुना टपरी उत्पादन साझा केन्द्र को ब्यबस्थापक शारदा प्रसाद चालिसे बिशेष अतिथ्यतामा र दुधौली सव डिभिजन का रेन्जर नबराज बस्नेत, तुलसी आधार्भुत विद्यालय का शिक्षिका सरस्वती बिस्ट को आथित्यता मा नमुना सामुदायिक बन समुह को पदाधिकारी हरु उपभोक्ता हरु को सहभागिता मा तालिम सम्पन्न भएको हो ।
नमुना सामुदायिक बन समुह को भबन मा असार १९ गते देखी २१ गते सम्म दुना बोता टपरी उत्पादन सम्बन्धी कच्चा पदार्थ तयारी गर्ने तालिम सम्पन्न भएको हो । आधुनिक मेसिन बाट दुना बोता टपरी उत्पादन गर्न लाफा तयार गर्ने तरिका को बारेमा सिन्का लगाउने तरिका सिन्का तयार गर्ने तरिका पात संकलन गर्ने तरिका पात बेबस्थापन गर्ने तरिका तयार भएको लाफा बेबस्थापन गर्ने तरिका र पात सन्कलन गर्दा कस्तो रुख बाट गर्ने भन्ने बिषय उत्पादन सामाग्री हरुको बजार ब्यबस्थापन सम्बन्धी बाताबरण संरक्षण बन बिकास बन डढेलो लाग्न बाट रोक थाम बन बाताबरण को संरक्षण र समुदाय लाई आशिंक रोजगारी प्रदान सम्बन्धि शारदा प्रासाद चालिसे , पबित्रा चौलागाईं ले प्रशिक्षण दिनु भएको थियो । दुधौली सव डिभिजन का अधिकृत बेद प्रकाश यादब ले कार्यक्रम को उद्द्घाटन गर्दै सामुदायिक बन मा आधारित यो दुनाटपरी उत्पादन उद्योगले समुदाय लाई आम्शिक रोजगारी हुनु को साथै आर्थिक समृद्धि तर्फ बढ्न मद्धत पुग्ने बताउँनु भयो ।
उँहाले बाताबरण को पनि संरक्षण मैत्री हुने हुँदा समुदाय का सबै जना आमा दिदिबहिनी हरुले यो तालिम मा सिकेको सीप लाई सदुपयोग गरि उत्पादन तर्फ लाग्न सके ठूलो आर्थिक सहयोग पुग्ने बताउनु भयो । कार्यक्रम का अतिथि तुलशी आधार भुत बिद्यालय का शिक्षिका सरस्वती बिष्टले सामुदायिक बन मा आधारित दुना टपरी उत्पादन सम्बन्धी तालिम ले नया पुस्ता लाई ठूलो सहयोग पुग्नेमा जोड दिनु भयो । उँहाले पुराना पुस्ता को आमा हरुले यो टपरी दुना बोता गास्दै आउनु भएको छ ।तर यो नया पुस्ता हरु मा यो सीप र ग्यन छैन लोप हुँदै गैरहेको छ ।यो प्रशिक्षण ले अझ नया पुस्ता ले पनि सिक्दै निरन्तरता पावोस भन्नु भयो । उँहाले विद्यालय मा पनि यो सीप सिकाउनु अनिबार्य छ भन्नुहँुदै यो तालिम बाट सिकेको सीप रोज गारी को अबसर प्राप्ति गर्र्न हौसला मिलोस भन्दै शुभकामना दिनु भएको थियो । डिभिजन बन कार्यलय सिन्धुली का डिभिजनल प्रमुख राम कुमार भण्डारी ले यो दुना टपरी उत्पादन योजना हामिले नमुना सामुदायिक बन समुह लाई अझ नमुना बनाउने उदेश्य ले दिन लागेको बताँउनु हुँदै सालको पात भएको बन पनि हो सामुदायिक बन मा आधारित यो उद्योगले समुदाय को बहुसंख्यक महिला आमा दिदिबहिनी हरु लाई रोजगारी दिने उदेश्य हो भन्नु भयो ।
बन बाताबरण को संरक्षण बाताबरण को संरक्षण गर्ने गर्नुका साथै बाताबरण मैत्री यो नेचुरल दुना टपरी उत्पादन गर्न सके प्लास्टिक जन्य सामाग्री बिस्थापन गर्दै यो दुना टपरी लाई स्थापना गर्न सके जलबायु परिबर्तन हुन बाट रोक्न सकिन्छ , भन्ने उदेश्य का साथ दुधौली नगर पालिका वार्ड नम्बर ११ नमुना सामुदायिक बन समूह धनसारी मा समुह ले नै सन्चालन गर्ने गरि समुह लाई तालिम र दुनाटपरी उत्पादन गर्ने मेसिन सहित को उपकरण हरु दिन लागेको कुरा बताउनु भयो । नमुना सामुदायिक बन उपभोक्ता समिती का अध्यक्ष सामुदायिक बन उपभोक्ता महासङ नेपाल सिन्धुली जिल्ला माहासङ का उपाध्यक्ष यसकार्यक्रम का सभापति नरेन्द्र कार्की ले उपस्थित सबै लाई धन्यवाद दिदै यो तालिम ले आत्मा निर्भर हुन ठूलो सहयोग पुग्ने हुदा सह भागी हरु ले सीप राम्रो सग सिक्न र तालिम बाट सिकेको सीप लाई सदुपयोग गरि आम्सिक रोजगारी मा बदल्न ठुलो मद्दत पुग्ने छ । भन्दै बाताबरण मैत्री बन्ने कुरा बताउनु भएको शारदा प्रसाद चालीसेले जानकारी दिनु भयो ।
।
