बाह्रविसेमा नेकपाको चुनाबी सभा बिभीन्न पाटी परित्याग गरी नेकपामा प्रवेश
नेपाली कम्युनिष्ट पाटीले बाह्र्बिसेमा आफ्नो चुनाबी सभा गरेको छ । सो सभामा क्षेत्र नं. १ बाट नेकपाको प्रत्यक्ष तर्फका उम्मेदवार माधब सापकोटा सुबोधले क्षेत्र नं. १ मा जित सुनिश्चित भइसकेकोले त्यसलाई जोगाउन प्रतिस्पर्धी दलप्रति सहिष्णु बन्न समेत सुझाव दिनु भएको छ ।कार्यक्रममा नेपाली काँग्रेस, नेकपा एमाले लगाएतका पाटीहरुबाट सयौको सख्यामा नेकपामा प्रवेश गरेको समाचार प्राप्त भएको छ । भोटेकोशी, बाह्रविसे, लिसंखुपाखर, बलेफी र जुगलका अधिकांश युवा पुस्तालाई उम्मेदवार माधव सापकोटा ‘सुबोध’ले खादा लगाएर पाटी प्रबेश गराउँदै स्वागत गर्नु भएको थियो । चुनाव परिचालन कमिटीका संयोजक केशव नेपालले उम्मेदवार तथा प्रतिबद्धताका हिसाबले सुबोध उत्कृष्ट रहेको हुँदा जित निश्चीत भएको तर कती मतको मतान्तरले जित्ने भन्ने बारेमा मतदान नतीजा पर्खन पर्ने बताउँनु भयो । कार्यक्रममा नेकपाका नेता सरल सहयात्रीले नेकपाले युवा, सक्...









