सम्पर्क

सुहाङ नेम्बाङद्वारा एमाले संसदीय दलको नेतामा दाबी, युवा नेतृत्वको आवश्यकता औंलाए

नेकपा एमालेका सांसद सुहाङ नेमबाङले सांसदीय दलको नेतामा आफ्नो दाबी प्रस्तुत गरेका छन् । पार्टी कार्यालय च्यासलमा बसेको बैठकमा उनले वर्तमान परिस्थितिमा युवा नेतृत्व आवश्यक रहेको धारणा राखे । बैठकमा उनले पार्टीको विधि, प्रक्रिया र वरिष्ठताको सम्मान गर्दै पनि समयको मागअनुसार नयाँ, उर्जा र नेतृत्व अघि बढ्नुपर्ने बताएका एक सहभागीले जानकारी दिए । उनले लोकतान्त्रिक अभ्यास र प्रतिस्पर्धाबाट उत्कृष्ट नेतृत्व चयन हुनुपर्नेमा जोड दिँदै आफूले त्यसका लागि इच्छा व्यक्त गरेको स्पष्ट पारे । देशको वर्तमान राजनीतिक अवस्थालाई ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले सदनभित्र र बाहिरको परिस्थिति बुझेर निर्णय लिनुपर्ने धारणा पनि राखेका थिए । साथै, युवा उर्जा र अग्रजको अनुभवलाई सँगै लिएर अघि बढ्नु अहिलेको आवश्यक्ता भएको उनको भनाई थियो । यसअघि पनि उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै अवसर पाए जिम्मेवारी लिन तयार रहेको बताएका थिए । इलाम– २ बाट पुनः निर्वाचित नेम्बाङ ३६ वर्षका युवा नेता हुन् ।