सम्पर्क

खाजाघरको आवरणमा यौनधन्दाः सिन्धुपाल्चोकका दुई जना पक्राउ

खाजाघरको आवरणमा यौनधन्दा सञ्चालन गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोकका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इन्द्रावती गाउँपालिका–९ की ३७ वर्षीया सुकुमाया तामाङ र इन्द्रावती–४ का ३१ वर्षीय प्रमोद तामाङ रहेका छन् । मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रारम्भिक अनुसन्धानका अनुसार सुकुमायाले मनमैजुस्थित ‘अशोक खाजाघर’ तथा प्रमोदले सञ्चालन गरेको ‘मञ्जुश्री घर’ मा अवैध यौन गतिविधि सञ्चालन हुँदै आएको पाइएको छ । उनीहरुले सामान्य रोजगारीको प्रलोभन देखाउँदै मासिक ७ देखी १५ हजार रुपैयाँ तलब दिने आश्वासनमा युवतीहरुलाई काममा राखी यौनधन्दामा लगाइएको आरोप प्रहरीले जनाएको छ । हाल दुवैजनाविरुद्द मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाइएको छ ।