बागमती प्रदेस सरकारका आर्थीक मामीला तथा योजना मन्त्री प्रभात तामाङले यस बर्ष देखी बिकासका बजेटहरु बिनीयोजन गर्दा माथी बाट होइन तलबाटै अर्थात स्थानीयहरुबाटै भएको माग र आबश्यकताका आधारमा बिनीयोजन गरिने बताउँनु भएको छ । उँहाले बागमती प्रदेस लेखा नियन्त्रक कार्यलय द्धारा आयोजित अन्तरकृया कार्यक्रमलाइ सम्बोधन गर्दे यस्तो जानकारी दिनु भएको हो ।
जिल्ला सम्मन्वय समिती सिन्धुपाल्चोकको सभाहलमा भएको अन्तरसरकारी बित्त हस्तानन्तरण तथा राजस्व बाँडफाँड सम्बन्धी भएको एकदिने अन्तरकृया कार्यक्रममा बोल्दै संघीयताकै कारण गाँउगाँउमा बिकास भएको बताउँनु हुँदै स्थानीय नागरिकको समस्या पहीचना र आबश्यकताका आधारमा बजेट बिनीयोजन गरिने बताउँनु भयो । स्थानीय सरकार सञ्चालन ऐन अनुसार स्थानीय सरकारले उठाउँने दहतर बहतरको करको बजेट को रकम प्रदेसलाइ नबुझाउँदा कर नउठ्ने स्थानीय सरकारलाइ समस्या पर्ने भएकाले धेरै भएको ठाँउबाट सङ्कलन गरेर नभएको ठाँउहरुलाइ दिने कामका लागी सघीयताको आबश्यक परेको बताउँनु भयो । अन्तर–सरकारी वित्त हस्तान्तरण तथा राजस्व बाँडफाँडबारे गरिएको अन्तरक्रियाकार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटा, त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्त ध्वज बोहोरा, इन्द्रावती गाउँपालिकाका प्रबक्ता शशीनाथ आचार्य जिल्ला समन्वय समितिका उप प्रमुख पदम नाथ नेपाल लगाएतले राजस्व बाँडफाँड समबन्धी आआफ्नो धारणा राख्नु भउको थियो । प्रमुख जिल्ला अधिकारी राम कृष्ण अधिकारी लगाएत पालिकाका प्रमुख तथा लेखापालहरको उपस्थिती रहेको थियो । बागमती कोष नियन्त्रक हरि प्रसाद उपाध्ययले कार्यलयबाट भएका कार्यहरुका बारेमा प्रकाश पार्नु भएको थियो । सहभागीहरूले स्थानीय तहको वित्तीय सुदृढीकरणका लागि स्पष्ट नीति, समन्वय तथा पारदर्शितामा जोड दिनुपर्ने आवश्यकता औंल्याएका थिए।
