सम्पर्क

१५ दिन बन्द हुने स्याफ्रुबेँसी–रसुवागढी सडक, व्यापारमा असर पर्ने

नेपाल–चीन जोड्ने महत्वपूर्ण स्याफु्रबेँसी–रसुवागढी सडक खण्ड स्तरोन्रतिको काम अघि बढाइने भउपछि बुधबारदेखी १५ दिनकालागि बन्द गरिने भएको छ । सडकका जोखिमयुक्त भागहरुमा संरचनात्मक सुधार गर्नुपर्ने भएकाले सवारी सञ्चालन रोक्न लागिएको हो । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजनाले सार्वजनिक गरेको सूचना अनुसार, आगामी केही महिनासम्म प्रत्येक अंग्रेजी महिनाको पहिलो १५ दिन सडक बन्द गरिनेछ । सोही तालिकाअनुसार पहिलो चरणमा यो सडक वैशाख २ गतेसम्म पूर्ण रुपमा बन्द रहनेछ । आयोजना पक्षका अनुसार गतवर्षको बाढी र पहिरोकोले सडकका विभिन्न स्थानमा ठुलो क्षति पुरएको थियो । धेरै ठाँउमा अस्थायी रुपमा मात्रै बाटो सञ्चालनमा ल्याएको थियो, जसले गर्दा जोखिम अझै कायम छ । ती कमजोर स्थानमा रिटेनिङ वाल निर्माण गरी सडकलाई सुरक्षित बनाउने काम अहिले सुरु गरिएको हो । यस सडकलाई दुई लेनको मापदण्डअनुसार विस्तार गर्ने लक्ष्य राखिएको छ । चीन सरकारको सहयोगमा सञ्चालन भइरहेको यो आयोजना करिब ३९ महिनामा सम्पन्न गर्ने योजना रहेको छ । निर्माण कार्य चिनियाँ कम्पनीमार्फत अघि बढिरहेको छ । सडक बन्द हुँदा रसुवागढी नाकाबाट हुने आयात–निर्यात गतिविधि प्रभावित हुने देखेको छ । विशेषगरी मालवहाक सवारी आवागमन रोकिँदा व्यापारमा समस्या आउने भएकाले व्यवसायीहरुले वैकल्पिक नाका प्रयोग गर्न थालेका छन् । रसुवा भन्सार कार्यालयले सडक बन्द भउपनि भन्सार सेवा भने जारी रहने जनाएको छ । तर, सडक अवरुद्द हुँदा सामान ओसारपसारमा कठिनाइ हुने स्पष्ट छ । यता, तातोपानी नाकामा देखिएको पछिल्लो अवरोधलाई लिएर फैलिएका हल्लाहरबारे सम्बन्धित निकायले स्पष्टिकरण दिएको छ । अधिकारीहरुका अनुसार नाका बन्द नभई सडक मर्मतका कारण यातायात केहिदिन प्रभावित भउको हो । पहिरो र वर्षाका कारण विग्रिएको सडक सुधार भईरहेको र छिटै पूर्ण रुपमा सञ्चालनमा आउने जनाइएको छ । रसुवागढीनाका बाढीपछि पूर्ण रुपमा सहज हुन नसक्दा राजस्व संकलनमा समेत असर परेको छ । देनिक सवारी संख्या घटेको र व्यापार सुस्ताएको अवसथा छ । सडक स्तरोन्रति सम्पन्न भएपछि भने यातायात र व्यापार दुवै सहज हुने अपेक्षा गरिएको छ ।