सम्पर्क

ओली पक्राउ प्रकरणः एमालेको देशव्यापी आन्दोलन घोषणा

नेकपा एमालेले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्द देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ । मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले अध्यक्ष आली र पूर्व गृहमन्त्री रमेश लेखकको गिरफ्तारीलाई “राजनीतिक प्रतिशोध” को संज्ञा दिँदै शान्तिपूर्ण आन्दोलनमाथि राज्यद्घारा दमन भएको आरोप लगाएको छ । सोहि विषयलाई लिएर पार्टीले आन्दोलनलाई देशभर विस्तार गर्न निर्णय गरेको हो । एमालेले आन्दोलनलाई व्यवस्थित र प्रभावकारी बनाउन वडा तहसम्म संगठन परिचालन गर्ने रणनीति बनाएको छ । सार्वजनिक गरिएको कार्यक्रम अनुसार चैत २५ गते जिल्ला भेला, चैत २८ गते ७५३ वटै पालिकामा विरोध प्रदर्शन तथा वैशाख ३ गते ६ हजारभन्दा बढी कमिटीहरुको भेला आयोजना गरिनेछ । यसैक्रममा वैशाख ७ गते सबै प्रदेशका राजधानीहरुमा प्रदर्शन गरिनेछ भने १२ गते काठमाडौँ उपत्यकामा केन्द्रीय स्तरको भेला तथा प्रदर्शनको तयारी गरिएको एमाले सचिव महेश बस्नेतले जानकारी दिएका छन् । अध्यक्ष ओलीलाई गत शनिवार एक पुरानो घटनासम्बन्धी अभियोगमा निवासबाटै पक्राउ गरिएके थियो । उक्त कदमलाई एमालेले राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको दाबी गर्दै आन्दोलनलाई थप सशक्त बनाउने संकेत दिएको छ । पछिल्ला केही सडक प्रदर्शनमा अपेक्षाकृत कम सहभागिता देखिएपछि पार्टीले संगठन सुदृढीकरणमार्फत जनसर्मथन विस्तार गर्ने आन्तरिक तयारीसमेत अघि बढाएको जनाएको छ ।