जन्मदिनलाई सत्कर्ममा जोडौँ अभियान अन्तर्गत रौतहटका प्रजिअ ,सुरक्षा निकाय नेपाली सेना,जनपद ,सशस्त्र प्रहरी ,राष्ट्रिय अनुसन्धानका प्रमुखहरुले बृक्ष रोपण गर्नु भएको छ ।
बुधबार एक समारोहका बिच जिल्लाभरका कार्यालय प्रमुख चन्द्रपुर १,४,७,८,९ र १० वडाका अग्रज ब्याक्तित्वहरु,संचारकर्मी सहीतका टोलीले सबैले बृक्ष रोपण गरेको अभियानका केन्द्रयि संयोजक गोबिन्द चौलागाइले जानकारी दिनु भयो ।
उँहाका अनुसार रौतहट जिल्लाका प्रमुख जिल्लाअधिकारी दिनेस सागर भुषाल,प्रहरी उपरिक्षक सिताराम रिजाल,नेपाली सेना रौतहटका गणपती जिल्ला प्रमुख बिश्वास बिष्ट, राष्टिय अनुसन्धानका प्रमुख गम्भीर बुढाथोकी शसस्त्र प्रहरी प्रमुख लगाएत सुरक्षा निकायहरु त्यसै गरी पहीलो जन्मत्सोव पार्क संरक्षण समितीका अध्यक्ष सुरेस मगर उपाध्यक्ष ज्ञान बहादुर भट्राइ नदी नियन्त्रक अनुभव चौधरी लगाएत सञ्चार कर्मी एवम स्थानीय समाजसेबीहरु द्धारा बिभिन्न जातका बिरुवा हरु रोपीएको थियो । चोरीपैठारी हुने स्थान मै पुगेर एकै साथ बृक्ष रोपण गरे पछी उक्त स्थानमा चोरी पैठारी समेत नियन्त्रण हुने जनाइएको छ । जन्मदिनलाइ सत्कर्ममा जोडौ अभियान अन्तरगत रौतहट जिल्लाको चन्द्रपुर १० चेतनगर बल्लेरी वरपरका क्षेत्रमा समेत को बृक्ष रोपण कार्यक्रमसुरुवात भएको छ।कार्यक्रममा र अब गफ होइन नतिजामुखी काम गर्ने प्रण गरेका छौ। बस्ती वरिपरि भएका कुखुरा फर्मबाट निस्केका दुर्गन्ध,तटबन्ध ,मालपोतबाट प्रवाह हुने सेवा देखी समयमा मल नपाइने जस्ता नागरिकले भोग्नु परेका समस्या समाधानका निम्ति जिल्लाभरका प्रमुखहरूलाई नागरिकको तहबाट फिल्ड मै समस्या राख्न पाउने आजको यो अवसरले सगसगै समाधान पनि खोजेको सो अबशरमा संयोक चौलागाइले बताउँनु भयो ।
