सम्पर्क

गोसाईकुण्ड फर्किने क्रममा खोँचमा फसेका युवकको सकुशल उद्दार

सिन्धुपाल्चोक–गोसाईकुण्डबाट फर्किने क्रममा जङ्गलको खोँचमा फसेका ललितपुरका एक युवकको संयुक्त सुरक्षा टोलीले सकुशल उद्दार गरेको छ । हेलम्बु गाउँपालिका–१ को घ्याङक्यो क्षेत्रस्थित जंङ्गलमा फसेका गोदावरी नगरपालिका–४, ललितपुरका मनिष साक्यलाई आज बिहान नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका समन्वित टोलीले सुरक्षित रुपमा बाहिर ल्याएको हो । उनी एक्लै घुम्न निस्क्एिका थिए र मंगलबारदेखी सो क्षेत्रमा अलपत्र परेका थिए । उद्दार कार्यका लागि नेपाली सेनाको श्रीनाथ गण्बाट सेनानी गुरुङको नेतृत्वमा ७ जना सैनिक तथा हेलम्बु इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सञ्जिव योञ्जनको नेतृत्वमा ६ जना प्रहरी खटिएका थिए । उद्दार टोलीले करिब ८ किलोमिटर सडक यात्रा र थप १७ किलोेमिटर पैदल यात्रा पार गर्दै घटनास्थल पुगेको थियो । उक्त स्थान हेलम्बुबाट करिब २५ किलोमिटर दक्षिण–पश्चिम दिशामा पर्छ ।