सम्पर्क

मेलम्ची नगर अस्पताल सञ्चालनको अन्तिम तयारी

सिन्धुपाल्चोक–मेलम्ची नगर अस्पताल निर्माण सम्पन्न भई सञ्चालनको अन्तिम चरणमा पुगेको छ । अस्पताल  सञ्चालनअघि आवश्यक पूर्वाधार तयारी तीव्र पारिएको छ । नगरप्रमुख आईतमान तामाङको नेतृत्वमा टोलीले अस्पतालसम्म पुग्ने सडक तथा आसपासको अवस्थाको अनुगमन गरेको छ । अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत, प्राविधिक कर्मचारी तथा सुरक्षा निकायका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । अस्पताल भवन निर्माण सकिएसँगै सेवा प्रवाह सहज बनाउन आवश्यक व्यवस्थापन, पहुँच मार्ग र अन्य पूर्वाधार सुधारमा ध्यान दिइएको जनाएको छ । सम्बन्धित निकायसँग समन्वय गर्दै छिट्टै नव–निर्मित भवनबाट स्वास्थ्य सेवा सुरु गर्ने तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।