सम्पर्क

डडुवामा शुरु भयो अचार बनाउँने तालीम

औद्यगिक बातबरण सुधार दिगो अर्थ तन्त्रको अधार भन्ने मुल नाराका साथ चौतारासाँगाचोकगढीनगरपालिका वडा नं १४मा अचार बनाउने तालिम को शुरुवात गरिएको छ । मङ्गलबार वडा कार्यलयको सभाहलमा बागमति प्रदेस सरकारका उघोग बाणिज्य मन्त्रि बिन्दु श्रेष्ठ ले तालिमको ब्यानर पढेर उद्घाटन गर्नुभए पछी तालिमको शुरवात गरिएको हो । उद्योग बाणीज्य कार्यलय सिन्धुपाल्चोकको आर्थीक सहयोगमा वडाकार्यलयमा सञ्चालन गरिएको अचार बनाउँने तालिमको उद्धघाटन गर्दै मन्त्री श्रेष्ठले बागमती प्रदेस सरकारले आगामी बर्ष देखी स्थानीयको माग अनी आबश्यकता र परिणममुखी कामका लागी अनुदानको व्यवस्था गरिने बताउँनु भयो ।   उँहाले सिप सिकेर आयआर्जनका लागी पर्नु भएकोमा खुशी लागेको छ । समय परिबर्तन भएको छ । स्थानीय स्तरमा उत्पादन भएका सामाग्रीलाइ प्रयोग गरेर आय आर्जनका लागी काम गरिरहेको र कृषी उत्पादनलाइ उद्योगका रुपमा बिकास गर्नका लागी आफुले गर्न सक्ने सहयोग गर्ने बताउँनु भयो । कार्यक्रममा उद्याोग बाणिज्य कार्यलयका कार्यलय प्रमुख त्रिपुरारी बख्रेलले बिशेष अतिथीका रुपमा बोल्दै चौतारासाँगाचोकगढी नगरपालिका १४मा भए गरेका कामहरुमा आफु खुशी भएको र उपलब्धी मुलक काम भएको मा खुशी लागेको बताउँनु भयो । वडा अध्यक्ष्य उद्धब नेपालले आफ्नो वडामा तालिम सञ्चालन गर्नका लागी बाणज्यि कार्यलय सिन्धुपाल्चोकले गरेको सहयोगको धन्यबाद दिनु भयो । पुर्ब वडा अध्यक्ष शेर बहादुर श्रेष्ठले यसरी तालिमको व्यवस्था गरेकोमा स्थानीय उत्पादनलाइ प्रोत्साहन पुग्ने बताउँनु भयो । नेत्रज्योती कृषी सहकारी सस्थाका व्यवस्थापक तथा सञ्चार कर्मी नेत्र बहादुर बस्नेतले तालिम सँगै उत्पादनका लागी प्रबिधी र बजारीकरणको व्यवस्था गरिन पर्ने बताउँनु भयो । मोहन बहादुर बस्नेत प्रशिक्षक रहनु भएको तालिम ७ दिन सम्म चल्ने छ ा कार्यक्रम सञ्चालन भने उद्योग बाणीज्य कार्यलयका मुख्य प्रशिक्षक प्रबीण बस्नेतले गर्नु भएको थियो ।