सिन्धु स्वास्थ्य परियोजनाको अन्तरक्रीया चौतारामा
नेत्रबहादुर बस्नेत चौतारा, सिन्धुपाल्चोक जिल्ला सम्मन्वय समितीको सभाहलमा सिन्धु स्वास्थ्य परियोजनाले पत्रकारहरु सँग अभिमुखीकरण तथा अन्तर क्रिया कार्यक्रम गरेको छ । महीला आत्मा निर्भर केन्द्र फेयरमेड फाउण्डेशन को साझेदारीमा सञ्चालन भएको परियोजनाको बारेमा जानकारी दिन र हाल सम्म भएका कार्यक्रमहरुको बारेमा जानकारी दिने मुख्य उद्धेश्यले गरिएको अन्तर क्रिया कार्यक्रम महीला फेयरमेड फाउण्डेशन, आत्मा निर्भर केन्द्रको आयोजना र पत्रकार महासंघको सम्मन्वयमा गरिएको हो । कार्यक्रममा परियोजनाका व्यवस्थापक महीला आत्मा निर्भर केन्द्रका कृष्ण बहादुर गुरुङ्गले जँहा स्वास्थ्यको पहुँच पुगेको छैन त्यँहा परियोजना गएर काम गरेको बताउँदै खाश गरी माझी,दनुवार, पहरी , थामी दलीत तथा अन्य पिछडीएका जनजाती उपेक्षीत, उष्ण,प्रदेशिय रोगहरुबाट प्रभावीत ब्यक्तीहरुलाइ लक्षीत गरेर सञ्चालन गरिएको बताउँनु भयो । यँहाले उपेक्षीत भन्न...
