नेपाल दशनामी विश्व गिरीको वंशावली पुस्तक विमोचन तथा जेष्ठ वंशजलाई अभिनन्दन कार्यक्रम सम्पन्न
दिनेश भण्डारी–
नेपाल दशनामी विश्व गिरीको वंशावली पुस्तक विमोचन तथा जेष्ठ वंशजलाई अभिनन्दन कार्यक्रम भएको छ । वंशावली समाज भगवत टिकानारायण जितबहादुर गिरी एकता अभियान समिति २०७६ को वंशावली पुस्तक विमोचन तथा जेष्ठ वंशजलाई अभिनन्दन कार्यक्रम पौष १५ गते मझेरी क्याफे लाईभ सेकुवा गठ्ठाघर मा सम्पन्न भएको हो । उक्त कार्यक्रममा दशनामी गिरि भनेको दशनामी संन्यासी परम्परा अन्तर्गत पर्ने एक प्रमुख संन्यासी उपनाम (उपसम्प्रदाय) हो। संक्षेपमा बुझ्दा दशनामी परम्परा के हो? दशनामी संन्यासी परम्पराको स्थापना आदि शंकराचार्यले गरेका हुन्। यस परम्परामा संन्यासीहरूले १० वटा नाम (दश नाम) धारण गरेको कुरा जानकारी गराइएको थियो ।
गिरि,पर्वत,सागर,तीर्थ,आश्रम,भारती,सरस्वती,पुरी,अरण्य,वन,यी सबैलाई मिलाएर दशनामी भनिएको पुख्र्यौली भनाईहरू सोही बुकमा उल्लेख गरिएको छ। उक्त बुक लेखनमा गिरि को अर्थ गिरि संस्कृत शब्द हो ।अर्थ...




