सम्पर्क

नेत्र ज्योति कृषि सहकारीद्धारा आयोेजित तरकारी खेती तथा अचार बनाउने तालिम सम्पन्न

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर २ बतासेमा नेत्र ज्योति कृषि सहकारी संस्था लिमिटेडद्धारा आयोजित तरकारी खेती तथा अचार बनाउने तालिम कार्यक्रम सपन्न भएको छ । संस्थाका अध्यक्ष कृष्ण्बहादुर नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदीप श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो भने भुपेन्द्र थिङ विशेष अतिथि रहनुभएको थियो । कार्यक्रमको सञ्चालन नेत्र बहादुर बस्नेत ले गर्नुभएको थियो । बागमती प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित उक्त तालिम चैत्र २२ गतेदेखी वैशाख १० गतेसम्म सञ्चालन गरिएको थियो । तालिममा स्थानीय कृषक तथा महिलाहरुको उत्साहजनक सहभागिता रहेको थियो । तालिममार्फत सहभागीहरुलाई आधुनिक तरकारी खेती, उत्पादन वृद्दि, संरक्षण विधि तथा विभिन्न प्रकारका अचार बनाउने व्यावहारिक सीप प्रदान गरिएको सहकारीले जनाएको छ । समापन कार्यक्रममा बोल्दै वक्ताहरुले यस्ता सीपमूलक तालिमले स्थानीय उत्पादन वृिद्घ, स्वरोजगार सिर्जना तथा आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।