सम्पर्क

कृषि

सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोश्रो सेल्स कन्भेन्सन सम्पन्न

कृषि, बिजनेस, ब्रेकिङ न्युज २, समाचार
सौराहाको होटल सेभेन स्टारमा दोश्रो सूर्यज्योति सेल्स कन्भेन्सन सम्पन्न भएको छ ।सौराहा–चितवन, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभरका प्रदेश प्रमुख, क्षेत्रिय प्रमुख, शाखा प्रबन्धक र सेल्स एक्सिक्युटिभहरु सहित करिब २०० भन्दा बढी सहभागीहरुको उपस्थितिमा कन्भेन्सन भएको हो । कम्पनीका सञ्चालक समिति अध्यक्ष केशव प्रसाद भटराई, सदस्यहरु नन्द किसोर शर्मा, हेमन्त नहाटा, विवेक झा, प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का लगायत उच्च पदाधिकारीहरुको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा व्यवसाय, अभिकर्ता नियुक्ति र बिमालेखको आधारमा उत्कृष्टता हासिल गर्न सफल हुनुभएका देशभरिबाट उत्कृष्ट १० जना ब्रान्च म्यानेजर र १० जना सेल्स एक्जिक्युटिभहरुलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा प्रत्येक विधामा सर्वोत्कृष्ट ३ जनालाई अध्यक्षज्यूद्वारा ट्...

निउरो बेचेर घर खर्च

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
नारायणगढ (चितवन), ५ असोज : चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जङ्गलको नजिकै घर भएकी कुमारी विकको दैनिकी आजभोलि पूर्व–पश्चिम राजमार्गको किनारामा बित्ने गर्दछ । टिकौली जङ्गल कटेपछि राजमार्गको छेउमा बसेर निउरोलगायत जङ्गली तरकारी बिक्री गर्दै आउनुभएकी उहाँ तीन वर्षदेखि यही पेसा गर्दै आउनुभएको छ । विकसँगै अन्य आठ–दसजना राजमार्गको छेउमा लस्करै बसेर दैनिक निउरो, सालको पात, बेतलौरीका टुसा बिक्रीका लागि ग्राहक कुरिरहेका देख्न सकिन्छ । विसं २०६१ मा गोरखाबाट चितवन झर्नुभएकी विक सुरुआती समयमा घर तथा अन्य निर्माण कार्यमा ज्यामीको काम गर्दै आउनुभएको थियो । सोे काममा समयमा पैसा नपाउने र स्वास्थ्यमा पनि समस्या आएपछि उहाँ निउरो बिक्री गर्न थाल्नुभएको हो । “दैनिकी चलाउनकै लागि भए पनि निउरो बेच्नु परेको छ”, उहाँले भन्नुभयो । दैनिक १५ देखि ३० मुट्ठासम्म निउरो बिक्री हुने बताउँदै विकले यही कमाईले घर र छोरालाई ...

नेत्रज्योतीकृषी सहकारीको११औ सभा नगर प्रमुखद्धारा आठलाख सहयोग प्रदान

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
  नेत्रज्योती कृषी सहकारी सस्थाको एघारौ साधरण सभा शनीबार डडुवामा सम्पन्न भएको छ ।        नेत्रज्योती कृषी सहकारी सस्थाको एघारौ साधरण सभाको उद्धघाटन गर्दै चौतारा साँगाचोक गढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटालस्थानीय उत्पादनलाइ प्रोत्साहन दिएर स्थानीय स्तरमा रोजगारको श्रृजना गर्न सके स्थानीय पहीचानका साथै स्थानीयको आयआर्जनको मुख्य श्रोत हुने बताउँनु भएको छ । उँहालेसाधरण सभाको उद्धघाटन गर्दै सापकोटाले हरेक क्षेत्रमा उत्पादन भएका तरकारी फलफुल हरु भाउ नपाएर खेर गइरहेको अबस्थामा पनी सदुपयोग हुने गरी नगरपालिकाकाले उत्पादन भएका सामाग्री सङ्कलन गरी परिकार निर्माण गरि बितरण गर्नका लागी प्रशोधन केन्द्र समेत स्थपना गर्न लागिएको बताउँनु भयो । सो अबशरमा नगर प्रमुख सापकोटाले नगरमा रहेका बाँझो जग्गालाइ खेती योग्य बनाउँन सबै मिलेर लाग्नु पर्ने बताउँदै आबश्यकताका आधारमा बिकास बजेटको कार्यक्रम...

साल्ट ट्रेडिङले कृषि क्षेत्रमा पनि योगदान गर्न आवश्यक : उद्योगमन्त्री रिजाल

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, २७ भदौ : मुलुकमा सहजरूपमा आयोडिनयुक्त नुन उपलब्ध गराउने मुख्य उद्देश्यका साथ स्थापित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड आफ्नो स्थापनाको ६० वर्ष पूरा गरी ६१ औँ वर्ष प्रवेश गरेको छ । साल्ट ट्रेडिङको वार्षिकोत्सव कार्यक्रममा बोल्नुहुँदै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले दैनिक उपभोग्य वस्तु उपलब्ध गराइरहेको साल्ट ट्रेडिङ कर्पोरेशनले नेपाली उत्पादनको बजारीकरण र कृषि क्षेत्रमा पनि योगदान गर्नुपर्ने बताउनुभयो । आन्तरिक उत्पादनले मात्र माग पूरा नहुने अवस्थामा उपभोग्य वस्तु आयात गरी उपभोक्ता हित संरक्षणमा टेवा पु¥याउन साल्ट ट्रेडिङले महत्त्वपूर्ण भूमिका खेलेको र सार्वजनिक–निजी अवधारणाको दरिलो उदाहरण बनेको मन्त्री रिजालको भनाइ छ । “आगामी दिनमा दैनिक उपभोग्य वस्तुको कारोबारका अतिरिक्त कृषि क्षेत्रमा पनि प्रत्यक्ष योगदान पु¥याउन सकेमा संस्थाको महत्त्व अझ बढ्दै जानेछ । कर्पोर...

बागमती प्रदेशमा नयाँ सहकारी दर्ता नहुने

कृषि, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
काभ्रे, २६ भदौ (रासस) : बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले बागमती प्रदेशभित्र अब कुनै पनि प्रकारका नयाँ सहकारी दर्ता नहुने बताउनुभएको छ ।उहाँले जिल्ला सहकारी सङ्घ लिमिटेड (डिस्कोफ) काभ्रेपलाञ्चोकको ४२औँ वार्षिक साधारणसभालाई आज बनेपामा सम्बोधन गर्दै मन्त्रालयमार्फत प्रदेशभित्रका जिल्लास्थित सरोकारवादला निकायलाई कुनै पनि प्रकारका नयाँ सहकारी दर्ता नगर्न आदेशसमेत दिइसकेको बताउनुभयो ।सहकारीका विषयमा विभिन्न टीकाटिप्पणी र विभिन्न सहकारी समस्याग्रस्त भएकोबारे मन्त्रलायमा निवेदन आइरहेका छन्, परिस्थिति सवल नभएसम्म नयाँ सहकारी दर्ता नगर्न आदेश दिएका छौँ, नयाँ दर्ता भएका पनि छैनन्”, मन्त्री महर्जनले भन्नुभयो ।उहाँले समस्याग्रस्त सहकारीले नियम, कानुन मिचेर कारोबार गरी नागरिकलाई झन्झट, दुःख दिएको पाइए कारबाही गर्ने चेतावनीसेमत दिनुभयो । उहाँले भन्नुभयो, “सही बाटोमा हिँडे...

लिसंखुपाखरको घुम्ती सेवा

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखर गाउन्पालिकाले एकिकृत घुम्ती सेवा सम्बन्धी शिवीर सञ्चालन गरेको छ । गाउँपालिकाको वडा नं. ७ ठुलोपाखरमा बिहिबार सम्पन्न भएको शिवीरमा योजना सम्झौता÷अनुशिक्षण, माटो परिक्षण, बालीको रोग पहिचान र नियन्त्रण सल्लाह सुझाव, पशु बन्ध्याकरण ÷ पशुपंक्षी रोग पहिचान र नियन्त्रण सम्बन्धी परामर्श, ब्यवसाय दर्ता, ईजाजत पत्र प्रदान र नबिकरण, जेष्ठ नागरिक परिचय पत्र बितरण, स्वास्थ्य संस्था र आरोग्य केन्द्रबाट प्रदान हुने सेवाहरु उपलब्ध गराइएको थियो । वडा नं. ७ मा सम्पन्न भएको एकीकृत घुम्ती सेवा शिवीरमा ८ वटा योजना सम्झौता भएको छ । जसमा पेङगल खोला हिन्दु समुदाय चिहान घर स्तरउन्नती, १६ किलो तलतिर जाने सिंडी निर्माण, ककलिङ हरिसिद्वी माबि चिल्ड्रेन पार्क घेराबार , बर्घाङ नेवार समुदाय अपुरो सिंडी निर्माण, मेसिपा ठकुरी समुदाय, मन्दिर स्तरउन्नती, तौथली मन्दिर निमार्ण, ककलिङ महिला भवन ...

चक्लाबन्दी खेतीमा किसान आकर्षितहुँदै

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
व्यावसायिक कृषि उत्पादनका लागि किसान चक्लाबन्दी खेतीतर्फ आकर्षित भएका छन् । गण्डकी प्रदेशका विभिन्न जिल्लाका ३० स्थानमा पाँच हजार चार सय ७७ रोपनी जग्गामा चक्लाबन्दी खेती सुरु गरिएको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ । गत आवमा मात्र तनहुँ र नवलपुरमा गरी पाँच सय ३२ रोपनी जग्गालाई चक्लाबन्दी गरिएको मन्त्रालयको भूमि स्रोत नक्साङ्क महाशाखाका प्रमुख गङ्गालाल पोखरेलले बताउनुभयो । “लागत अनुमानका आधारमा चक्लाबन्दीका लागि ९० प्रतिशतसम्म अनुदान मन्त्रालयले दिन्छ, १० प्रतिशत लगानी किसान आफैले गर्नुपर्छ”, उहाँले भन्नुभयो, “चक्लाबन्दी खेतीका लागि ५० रोपनीभन्दा बढी जग्गा हुनुपर्छ ।” कम लागतमा कृषि उत्पादन र उत्पादकत्व वृद्धिका लागि मन्त्रालयले चक्लाबन्दी कार्यक्रम सुरु गरेको हो । छरिएर रहेको खेतीयोग्य जग्गा एकीकृत गरी व्यावसायिक कृषि खेतीमा किसानलाई आकर्षण गर्न चक्लाबन्दीमा अनुदान दिने गरिएको म...

कृषि ज्ञान केन्द्र काभ्रेले गर्यो कार्यक्रमहरुको सार्वजनिकिकरण

कृषि, ब्रेकिङ न्युज १, समाचार
कृषि ज्ञान केन्द्र काभ्रेले आफ्नो कार्यालयबाट भए गरेका कामहरु र आगामी बर्ष गरिने कार्यक्रमका बारेमा जानकारी गराउँने उद्धेश्यले कार्यक्रम गरेर कार्यक्रमहरुको सार्वजनिक गरेको छ । जिल्ला सम्मन्वय समितीका प्रमुख बालकृष्ण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा पालिकाका प्रमुख, उपप्रमुख, कृषि शाखाका कर्मचारीहरु तथा सञ्चारकर्मीका साथै सरोकारवालाहरुको उपस्थिती रहेको थियो । होटल अरनिको चौतारामा भएको छलफल कार्यक्रममा बोल्ने सहभागीहरुको एउटै आवाज ज्ञान केन्द्र धुलिखेलमा रहेर होइन सम्भव भए पालिका स्तरमा नभए सिन्धुपाल्चोक जिल्लामा नै कार्यालय स्थापना गरेर सेवा दिनु पर्नेमा जोड दिदै ज्ञान केन्द्रले गरेका कामहरुको प्रशंसा गर्र्दै स्थानीय सरकारसँँग सहजीकरण गरेर कार्यक्रम बनाउँदा राम्रो हुने सुझाव दिएका छन । कार्यक्रममा आफ्नो मन्तब्य राख्दै जिसस प्रमुख बालकृष्ण श्रेष्ठले कृषि ज्ञान केन्द्रले गरेका कार्...

विकास र सुशासन पहिलो प्राथमिकता ः नगर प्रमुख तामाङ

अन्तर्वाता, कृषि, खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार
  ज्यामिरेको सुनखानीमा सामान्य किसान परिवारमा जन्मनु भएका आइतमान तामाङ मेलम्ची नगरपालिकाको नगर प्रमुख हुनुहुन्छ । २०४८ सालबाट राजनीतिमा लाग्नुभएका तामाङले नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को क्षेत्रीय सभापतिको भूमिका निर्वाह गरिरहनु भएको छ । विगत लामो समयदेखि राजनीतिक र सामाजिक क्षेत्रमा निरन्तर क्रियाशील लामाले कराँतेको अन्र्तराष्ट्रिय खेलाडीको रुपमा समेत आफ्नो पहिचान बनाउनुभएको छ । समृद्ध मेलम्ची नगरपालिकाको परिकल्पनालाई सार्थक पार्ने उद्देश्यका साथ विकास र सुशासनलाई प्राथमिकतामा राखेर अघि बढ्नुभएका तामाङ आफ्नो कार्यकालमा नगरवाशीको आधारभूत आबश्यकता पूरा गर्ने अठोटका साथ लागिपर्नु भएको छ । २०७९ सालको स्थानीय निर्वाचनमा नगर प्रमुख भएपछि गरेका काम र आगामी दिनमा समग्र नगरको विकास निर्माण र आगामी योजनाका सन्दर्भमा मेलम्ची नगर प्रमुख तामाङसँग लोकप्रिय समाचार राष्ट्र...

स्थानीय उत्पादनलाई प्रोत्साहन दिएका छौ ः नगर प्रमुख बस्नेत

अन्तर्वाता, कृषि, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
  बाह्रबिसे नगरपालिकामा निर्बाचित हुनुभएको नगर प्रमुख बालकृष्ण बस्नेतको नगर कार्यपालिकाको १ बर्षको कार्यकाल समाप्त भई दोस्रो बर्ष प्रबेश भएको छ । बस्नेत नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ का सभापति समेत हुनुहुन्छ । २०४८ सालदेखि राजनीतिमा सक्रिय बस्नेत नगरपालिकाको प्रमुखमा निर्बाचित भएपछी नगरबासीहरुले बिकासको अभाब नहुने महशुस गरेका छन । पहिलो बर्षमा नै नगरपालिकाकले गरेका कार्यहरुबाट नागरिकहरु सन्तुष्टि देखिन्छन । मुख्य काम भनेको नागरिकलाई स्वास्थ्य, शिक्षा र रोजगार नै हो । यो कार्यमा एक कदम अगाडी बढेको बाह्र्बिसे नगरपालिकाको बिषयमा नगर प्रमुख बालकृष्ण बस्नेतसँग गरिएको छोटो कुराकानी ः १. यहाँले गत बर्षमा गर्नुभएको कामहरु मध्य कुन कुन प्रभावकारी छ ? हामिले नगरबासीको स्वास्थ्य, शिक्षा, र स्थानिय आवश्यकता अनुसार आवश्यक आयआर्जनको लागि गरिने कार्यमा प्रोत्साहन लगायतका कामहरु ...