सम्पर्क

कृषि

खेती गर्ने बेला भयो किसानलाई मलकै चिन्ता

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
चण्डीका नेपाली कृषकलाइ मानो रोपेर मुरी फलाउँने बेला खेती गर्न छोडेर मल खोज्न परेको छ । सरकारले कृषकलाइ जती सुबिधा दिन्छु भने पनी पैसा तिरेर समयमा मल पाएका छैनन । मौसमी खेती गर्नका लागी समस्या छ यो समस्या समधानका लागी सरकार लागी पर्न पर्ने देखीन्छ । बिगत बर्षहरुमा यो वर्ष समयमै वर्षा भएपछि मकै छर्न थालेका सिन्धुपाल्चोकका किसान रासायनिक मल नपाउँदा चिन्तामा परेका छन् । नियमित तथा मौज्दात मल वितरणमै कमजोरी भएपछि यहाँ मलको हाहाकार देखिएको छ ।खेतीपातीको समय नजिकिँदै गर्दा रासायनिक मलको अभावको कारण यहाँका किसानले बर्सेनि सास्ती खेप्नुपरेको छ । धानको बीउका लागि ब्याड राख्नुपर्ने र मकैमा मल राख्नुपर्ने बेलमा आवश्यक मल नपाउँदा सिन्धुपाल्चोकका किसान चिन्तामा छन् । रासायनिक मल खरिद गरी स्थानीय तहमा वितरण गर्नुपर्ने जिम्मा कृषि सामग्री कम्पनीलाई छ । कृषि सामग्री कम्पनी काभ्रेका शाखा प्रबन्धक योगेन्द्र...

हलगोरु पाल्ने एक सय अठहत्तर किसानले पाए पोषणभत्ता

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
गलकोट (बागलुङ), २५ वैशाखः यहाँको काठेखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई पोषणभत्ता वितरण गरेको छ । गाउँपालिकाले ‘गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन’ नीति तथा कार्यक्रमअन्तर्गत १७८ हलगोरु पाल्ने किसानलाई रु पाँच हजारका दरले पोषणभत्ता वितरण गरेको हो । परम्परागत तरिकाले खेतबारी जोत्नका लागि प्रयोग गरिने गोरुलाई संरक्षण गर्दै किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले रु आठ लाख ९० हजार पोषणभत्ता सोझै किसानको हातमा पु¥याइएको अध्यक्ष राजु थापाले बताउनुभयो । उहाँले गाउँपालिकाभित्र हलगोरु पाल्ने किसानको तथ्याङ्क सङ्कलन गरेर १७८ जनालाई रु पाँच हजारका दरले पोषणभत्ता प्रदान गरिएको बताउनुभयो । “हलगोरु पाल्ने र जोत्ने परम्परा हट्दै जान थालेपछि यसको संरक्षणका लागि कार्यक्रम अघि बढाएका थियौँ, हाल १७८ किसानले लाभ उठाउनुभएको छ । पालिकाले गोरु संरक्षण र मलमूत्रको उपयोगिता बढाउनका लागि पहिलो पटक यो कार्यक्र...
वैशाख कृष्ण औँसी ः आज आमाको मुख हेर्ने दिन

वैशाख कृष्ण औँसी ः आज आमाको मुख हेर्ने दिन

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
हरेक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिन आजैका दिन आफ्रनो जन्म र कर्म सन्सारदिनेजन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज हाम्रा आमाको भौतीक शरिर सन्सारमा नभए पनी आत्मालाइ भने आफुले सकेको मिठा मिठा खानेकुरा सम्झनामा खान दिई श्रद्धा भक्तिसाथ सम्झना गरेको छु । आज मात्र होइन हामीलाइ आमाले यो धर्तीमा पैदा गरेको दिन देखी आमा भनेर सम्बोधन गरेको बाहेक त्यो समय देखी आमा सँग लिन बाहेका केही दिन सकेको छैन । हामी आमाको मुख हेर्ने दिनमा मात्र सम्झने गर्छाै भन्ने होइन यो दिनचाही बिशेष गरी एक पर्बकै रुपमा मनाइने भएकाले बढी महत्व दिने गरेका छौ शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्...

सुर्यमुखी साना किसान कृषि सहकारीको पशुधन सुरक्षण समितिको दशौं वार्षिक साधारणसभा सम्पन्न

कृषि, ब्रेकिङ न्युज १, विचार, समाचार
  देबराज सुबेदी मेलम्ची–१, भोटेचौर स्थित सुर्यमुखी साना किसान कृषि सहकारी संस्था लिमिटेड अन्तर्गत सञ्चालित पशुधन सुरक्षण समितिको दशौं वार्षिक साधारणसभा सम्पन्न भएको छ।कार्यक्रमका प्रमुख अतिथि सहकारीका अध्यक्ष मित्रलाल चौलागाईंले सदस्यहरुको सहकारी प्रतिको चासो अझै बढ्नु पर्नेमा जोड दिनुभयो ।     कम्पनी मार्फत गरिएको बिमाको भुक्तानीमा कठिनाइ रहेको बताउँदै यसको सहजीकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।सहकारीमा बिभिन्न समस्याले रोकिएको बिमा कार्यक्रम अघि बढेको बताउँदै यसलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।सहकारीले अझै सहुलियतपूर्ण ऋण ल्याएर सदस्यहरुमा लगानी गर्ने उहाँले बताउनुभयो ।चौलागाईंले सदस्यहरुलाई धेरै भन्दा धेरै सुबिधा रहेको तथा अझ थप गरिने बताँउदै सहकारी मार्फत बचत गर्न र ऋण लिएर यसको सदुपयोग गर्न आग्रह गर्नुभयो ।कार्यक्रमका सभापति पशुधन...
चौतारा साँगाचोकगढी–१० मा कृषकहरूलाई बाख्रापालन सम्बन्धि बित्तिय साक्षरता कार्यक्रम सम्पन्न

चौतारा साँगाचोकगढी–१० मा कृषकहरूलाई बाख्रापालन सम्बन्धि बित्तिय साक्षरता कार्यक्रम सम्पन्न

कृषि, खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
बिपना तामाङ,सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १० मा कृषकहरूलाई बाख्रापालन सम्बन्धि बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।वडा नं. १० का अध्यक्ष निलबहादुर तामाङको प्रमुख अतिथ्यता र वडा सदस्य पारे तामाङको विशेष आतिथ्यतामा कृषकहरुको भेला गरी उक्त कार्यक्रम गरिएको हो । नेत्रज्योती कृषि सहकारी संस्थाको आयोजना र वडा नं. १० को आर्थिक सहयोगमा कृषि उत्पादनमा प्रोत्साहन गर्न व्यवसायिक रूपमा बाख्रापालन गर्नका लागि आवश्यक पूर्वाधार र बाख्रापालन गर्ने तरिका बारेमा जानकारी गराइएको थियो । स्थानीय बासिन्दाहरूलाई यस किसिमको व्यवसायिक साक्षरता कार्यक्रममा कृषकहरूलाई सक्रिय गराई स्थानीय स्तरमा उत्पादनको प्रयोग गरेर बाँझो जग्गामा खेती गर्न, पशुपालन तथा कृषी उद्यमीलाइ यस कार्यक्रम सम्पन्न गर्न जागरुप गराउनुका साथसाथै उत्पादनमुलक कामका लागी सहयोग गर्ने चौतारा सागाचोकगढी वडा अध्यक्...

काम गर्ने इच्छाशक्ती हनेलाइ सहयोग गर्न नगरपालिका आतुर

कृषि, बिजनेस, ब्रेकिङ न्युज १, समाचार
कबीता श्रेष्ठ,सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले नगरपालिका कृषकलाइ अनुदान सहयोग गर्न आतुर रहेको नगरका कृषकहरु पनी अनुदान लिन इच्छुक रहेको भएता पनी नगरपालिका र कृषकबिचको दुरी नजीक नभएकै कारण अनुदानमा समस्या उत्पन्न भएको बताउँनु भएको छ । उँहाले चौतारासाँगाचोकगढी नगरपालिका वडा नं ८को सहयोगमा नेत्रज्योती कृषी सहकारी सस्थांको आयोजनामा भएको तरकारी उत्पादन तथा बजारिकरण सम्बन्धी भएको बित्तीय साक्षरता कार्यक्रममा सहभागी कृषकहरु सँगको कार्यक्रममा बोल्दै यस्तो बताउँनु भएको हो । उँहाले कृषकले म यो गर्छु म यो व्यवसाय गराउँछु भनेर भित्री मनले इच्छाशक्ती देखाएर सके नगरपालिका नसके वडा कार्यलयमा आएर माग पेश गर्नु भयो भने त्यसलाइ सम्बोधन हुन्छ । त्यसका लागी ब्यक्तीगत होइन सके सम्म समुहगतमा नै हुँदा राम्रो हुने बताउँनु भयो । उँहाले नगरपालिकाका भित्र उत्पादनमा आधा...
कृषकको सहयोगी साथी बन्दै नेत्रज्योती सहकारी

कृषकको सहयोगी साथी बन्दै नेत्रज्योती सहकारी

कृषि, ब्रेकिङ न्युज १, समाचार
स्थानीय कृषकको सहयोगी साथीको रुपमा नेत्र ज्योती कृषी सहकारी संस्था आएकोमा खुशी लागेको चौतारा साँगाचोकगढी नगरपालिकाका कृषकहरुले बताएका छन् । नेत्रज्योती कृषी सहकारी संस्थाको आयोजनामा वडा नं. २ मा भएको कृषि अनुसन्धान तथा अभिमुखीकरण कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन । सिन्धुपाल्चोक जिल्लाको चौतारा सागाचोकगढी नगरपालिका वडा नं. २ बतासेमा वडा नं.२ को आर्थिक सहयोगमा कृषि अनुसन्धान तथा अभिमुखीकरण कार्यक्रममा माटो अनुसार खेती कसरी गर्ने र हरेक नागरिकले आफ्नै जमिनमा खाद्यन्न उतपादन गर्ने तरिकाका बारेमा भवानी प्रसाद बराल र महेश गौतमले जानकारी गराउँनु भएको थियो । २ नं. वडा अध्यक्ष सुदिप श्रेष्ठको प्रमुख अतिथ्यतामा प्रधानमन्त्री कृषी आधुनिककरण परियोजना सिन्धुपाल्चोकका प्रमुख सुरेन्द्र पोख्रेलको बिशेष अतिथ्यतामा नेपाल पत्रकारमहासघं सिन्धुपाल्चोकका कोषाध्यक्ष दिपक खत्री वडा सचिब मोहन बहादुर थापा,...

पहिरो पिडीतलाई बाख्रा बितरण गर्दै नगर प्रमुख बस्नेत

कृषि, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाका बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले पहिरो पिडीतहरुलाई आय आर्जनका लागी बाख्रा बितरण गर्नु भएको छ । बस्नेतले बाह्रबिसे नगरपालिका वडा नं. २ स्याङ्सिङ्ग बस्तीका ४८ परिवारलाई एक कार्यक्रमका बिच मङ्गलबार बाख्रा बितरण गर्नु भएको हो । बस्नेतले बाख्रा बितरण गर्र्दै नगरमा कोही पनि बेरोजगार बस्न नपरोस् भनेर आफ्नो सिप अनुसार काम गर्नका लागी हरेक व्यवसायमा नगरपालिकाले सहयोग गर्दै आएको बताउँदै कोही सिप अनुसार कृषी उत्पादनमा लाग्न अनुरोध गर्नुभयो । एकिकृत हातेमालो संस्थाको समन्वयमा प्रत्येक कृषकलाई बिमा सहितको बाख्रा बितरण गरीएको नगरप्रमुख सचिबालयका राजकुमार बस्नेतले जानकारी दिनुभयो ।...

माघ सकिनै लाग्दा न हिउँ न वर्षा

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
गण्डकी, २८ माघ : यसपालिको हिउँदयाममा हिमाली जिल्लामा हिउँ पर्न सकेन । जाडोको खास महसुस गर्न नपाइ माघ गुज्रनै आँटेको छ । पहिलपहिले हिउँले सेताम्मे हुने हिमाली र उच्च पहाडी क्षेत्रमा सुक्खापन छाएको छ । गाउँबस्ती र डाँडाकाँडा फुस्रा भएका छन् । कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि अधिकृत दिलीप नेपालीले हिउँ र वर्षा नहुँदा किसानलाई पिरलो थपिएको बताउनुभयो । “हिउँ नपर्दा स्याउ खेतीमा असर पुग्छ, रोककिराको प्रकोप बढ्न सक्छ”, उहाँले भन्नुभयो, “मुस्ताङमा लगाइने उवा, जौँ, गहुँ, लसुन, आलुलगायत बालीको उब्जाउ क्षमता पनि घट्छ ।” मौसमअनुसार हिउँ र पानी नपर्दा बालीनालीको उब्जनी र गुणस्तर खस्कने उहाँको भनाइ छ । पछिल्लो समय जलवायु परिवर्तनको तीव्र असर हिमाली भेगमा परेको विभिन्न अध्ययनले देखाएको छ । मौसमी घटना र प्रवृत्तिमा यस्तै क्रम दोहोरीरहे हिमाली क्षेत्रमा नयाँ खेतीबालीको प्रवेश हुने र रैथाने उत्पादन लोप हुन...

विभिन्न १० प्रस्ताव पारित गर्दै मेलम्ची नगरापालिकाकाे नगर सभाकाे शत्राैं अधिवेशनसम्पन्न

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
मेलम्ची । मेलम्ची नगरापालिकाकाे नगर सभाकाे शत्राैं अधिवेशन विभिन्न १० प्रस्ताव सर्वसम्मत रुपमा पारित गर्दै  सम्पन्न भएकाे छ । नगरसभाले विभिन्न समितिले प्रस्तुत गरेको विभिन्न संशोधित विधेयक पारित गरेको छ । नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा भएको उक्त अधिवेशनले विभिन्न समितिको प्रतिवेदन एवं बजेट कार्यान्वयनको अवस्थाबारे प्रस्तुत प्रतिवेदनमाथि बृहत छलफल गरी विधेयक पारित गरेको छ । नगरसभाका सभाध्यक्ष तामाङले निर्णयार्थ प्रस्तुत गरेको प्रस्तावहरू सर्वसम्मतले पारित भएकाे थियाे । नगरसभामा नगरप्रमुख एवं सभाअध्यक्ष तामाङले चालु आर्थिक वर्ष २०८१–८२ को माघ २७ गते सम्म सम्पादन भएका मुख्य मुख्य कामहरूकाे विवरण प्रस्तुत गर्नुभएकाे थियाे । निर्वाचित भएकाे २ बर्ष ८ महिनाकाे अवधिमा याेजना निर्माण, पुर्वाधार निर्माण, सुशासन र नगरकाे दिगाे बिकासमा एउटा इटा थप्ने कामकाे शुरूवात भएकाे तामाङले बताउनुभयाे । चाल...