सम्पर्क

गेरुवा गाँउपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई तालिम

जेठ १८

नेपालगञ्ज ÷बास नेपालको सहजीकरण र गेरुवा गाँउपालिकाको आयोजनामा पालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई स्थानिय कानुन निर्माण र गाँउ सभा सञ्चालन बिषयमा तालिम सम्पन्न भएको छ ।
बर्दियाको ठाकुरद्धारा स्थित बर्दिया टाईगर रिसोर्टमा शनिबार र आईतवार गरी दुई दिन सम्म सञ्चालन भएको उक्त तालिममा नेपालका सरकारका पुर्ब अर्थ सचिव तथा राष्ट्रिय सुचना आयोगका प्रमुख सुचना आयुक्त कृष्णहरी बासकोटाले प्रशिक्षण दिनुएको थियो ।
दुईदिन सम्म सञ्चालन भएको तालिमा प्रशक्षिक बासकोटाले सभाको बैठक र कार्यप्रणाली, सभाको ब्यवस्थापन सम्बन्धी कार्यबिधि, स्थानिय तहको योजना तर्जुमा तथा कार्यन्वयन, स्थानिय तहको न्यायीक कार्य सम्बन्धी ब्यवस्था, स्थानिय तहमा अख्तियारले औंल्याउने गरेको बेरुजुको अबस्था कम गर्ने रणनितिक उपाय,, स्थानिय तहमा गठबन्धका बिभिन्न समिति र तिनका कर्तब्य तथा आपसी समन्वयको अबस्थाका बारेमा प्रशिक्षण दिनुएको थियो ।
त्यस्तै स्थानिय तहको निति तथा कार्यक्रम र बजेटको अबस्था, स्थानिय तहमा कानुन निर्माण प्रक्रिया, स्थानिय तहमा सवारी साधनको प्रयोग तथा त्यसमा खपत हुने ईन्धन सम्बन्धि कानुनी सिमा, स्थानिय तहले गर्ने खर्च सिमा, स्थानिय तहले उपलब्ध गराउने सेवा सुबिधाहरुको सिमा, स्थानिय तहको आन्तरिक खर्च प्रणलीको नियन्त्रण र कार्यपालिका र सभाको क्षेत्राधिकार र कानुनी मान्यता लगायतका बिषयमा दुई दिन सम्म तालिम दिईएको थियो ।
गैरुवा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, वडा नम्बर १ देखी ६ नम्बर वडाका सबै वडा अध्यक्षका साथै वडा सदस्यहरु, कार्यापालिका सदस्यहरु, पालिकाका बिभिन्न शाखा प्रमुखहरुका साथै सम्पुर्ण कर्मचारीहरुको गरी तालिममा ७० जनाको सहभागीता रहेको थियो ।
तालिमा समापनमा प्रतिक्रिया मन्तब्यमा बोल्दै गेरुवा गाँउपपालिकाका सामाजिक बिकास समति संयोजक तथा वडा नम्बर ३ का वडा अध्यक्ष निर्मल चौधरी र पुर्बाधार शाखा प्रमुख टंकर रोकायाले यो दुई दिनको बसाई निकै उपलब्धीमुलक रहेको बताउँनु भयो ।
तालिमको समापन सत्रमा बोल्दै गेरुवा गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत नर बहादुर चन्दले पुर्ब अर्थ सचिव बासकोटा सर बाट बिभिन्न कानुनी पाटोको कुराहरु देखी हामीले दैनिक गर्दै आएका काम काजहरु निति नियममा रहेर सहज र सरल रुपमा गर्न सकिने तरिकाहरुहरुको बारेमा जानकारी भएको बताउँनु भयो
गाँउ सभा सञ्चालन देखी स्थानिय कानुन निर्माणको बिषयमा कर्मचारीहरु र जनप्रतिनिधिहरु जानकार हुनै पर्ने कुरालाई मध्यनजर गर्दै यो तालिम आयोजना गरिएको प्रमुख प्रशासकिय अधिकृत चन्दले भन्नु भयोे ।
तालिमको धन्यवाद ज्ञापन सहित समापन बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन कार्यक्रम प्रबन्धक मन भण्डारीले गर्नु भएको थियो ।
त्यसै गरी आईतवार नै ठाकुरबाबा नगरपालिकाका जन प्रतिनिधिहरु र कर्मचारीहरुलाई सकारातमक शोच तथा क्षमता अभिबृद्धि तालिम दिईएको थियो ।
नगरपालिकाकै सभाहलमा आयोजना गरिएको उक्त तालिममा नेपालका सरकारका पुर्ब अर्थ सचिव तथा राष्ट्रिय सुचना आयोगका प्रमुख सुचना आयुक्त कृष्णहरी बासकोटाले प्रशिक्षण दिनु भएको थियो ।
ठाकुरबाबा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका लागि आयोजना गरिएको तालिममा पालकिा उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, शाखा प्रमुख र कर्मचारीहरु गरी ६० जनाको उपस्थिति रहेको थियो ।
कार्यक्रमको समापनमा धन्यवाद ज्ञापन सहित आफ्नो मन्तब्य राख्दै मधुवन नगरपालिकाकी नगर उप प्रमुख बिना कुमारी भटराईले आफुहरुलाई थाहा नभएको कुराहरुको बारेमा जानकारी दिएकोमा नेपाल सरकारका पुर्ब अर्थ सचिव कृष्णहरी बासकोटा सरलाई धन्यवाद दिनु भयो । उप प्रमुख भटराई भन्छिन् यो पटकको तालिमको अबधि छोटो भएकाले आउँदो आर्थिक बजेटमा दुईदिनको तालिमको आयोजान गर्नेछौं ।