कैफियत ः ‘कुकुरायण’ गद्य खण्डकाव्य
भवानी बराल
एका देशमा एउटा बुढो पाङ्ग्रे कुकुर थियो । जीवनका धेरै हिँउद बर्खा विताएकोले अरु कुकुरभन्दा पाङ्ग्रे अनुभवी र लोकप्रिय थियो । एक दिनको कुरा हो, कोदो टिपेर नल काटिसकेको बारीको कान्लामा पारिलो घाममा पाङ्ग्रे मस्तसंग निदाइ रहेको थियो । घमाइलो दिनमा कुकुर आफ्नै मलद्वारमा मुख जोडेर गुँडुल्किएर सुत्छ । यसरी घमाइलो दिनमा सुतिरहेको बखत मलद्वारबाट फुसपुस छारो उडाउँदा उसले पाकेको कटहरको जस्तो बास्ना आइरहेको सम्झिन्छ रे । पाङ्ग्रे पनि यस्तै कटहरको बास्ना सुँग्दै आनन्दित भएर सुतेको थियो ।
यत्तिकैमा खिच्चा कुकुरका एक हुल छाउरा–छाउरी पनि त्यहीँ आइपुगे । भुतभुते खेलेर बारी, पाङ्ग्रेले धुलाम्मे पारेर सम्याएको थियो । छाउरा–छाउरीले उछलकुद गरेर पाङ्ग्रेको पातलो निद्रा भंग गरिदिए । पाङ्ग्रेको पुच्छर टोकेर खेलकुदमा सक्रिय बनाउने सांकेतिक निम्तो गरे । स–साना खिच्चा कुकुरसंग पाङ्ग्रेको खेल्ने उमेर त ...
