सम्पर्क

खाद्य तथा पोषण सुरक्षा क्लस्टर इकाईद्वारा प्रथम त्रैमासिक अवधिको प्रगति समीक्षा सम्पन्न

खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लष्टर सिन्धुपाल्चोकले आर्थिक वर्ष २०८१÷८२ को प्रथम त्रैमासिक अवधिको प्रगति समीक्षा एवं क्लष्टर स्तरियFANSEPसम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार भएको अभिमुखीकरण कार्यक्रममा त्रैमासिक प्रगतिका साथै आयोजनाहरूको वित्तीय एवं भौतिक प्रगतिको अवस्था, कार्यान्वयनमा आइपरेका समस्या तथा चुनौती र समाधानका लागि गरिएका प्रयासहरूको बारेमा योजना, अनुगमन तथा मूल्याङ्कनको प्रस्तुतीकरण भएको थियो । कार्यक्रमका अध्यक्ष जिल्ला सम्मन्वय समितीका प्रमुख बालकृष्ण श्रेष्ठले आयोजनाले खाद्य सुरक्षामा सहयोग गर्न प्रबिधी र प्रबिधीक कृषी यान्त्रीकरण र सिंचाइ, पुर्बधार बिकास लगाएतका बिभिन्न कार्यक्रम सञ्चालन गरी जलवायु तथा पोषण मेत्री कृषी प्रबिधीहरुको व्यवस्था गरी कृषकहरुको आयआर्जनमा सहयोग गर्दै सुनौलो हजार दिनका आमाहरु तथा ६ देखी २४ महीना सम्मको बच्चाहरुको पोषण स्थितीमा सुधार ल्याउँने कृषकहरुको क्षमाता अभिबृद्धी तथा उत्पादन समुह सहकारीहरुको संस्थागत बिकासका लागी आयोजनाले गरेको कामको प्रशंसा गर्दै आयोजनाले सिन्धुपाल्चोक जिल्लामा गरेको कार्यक्रमका बारेमा बिशेष धन्यबाद दिनुभयो ।     जलवायु समानुकुलतामा सुधार, कृषि तथा पशुजन्य उत्पादन र उत्पादत्वमा बृद्धि तथा आयोजना क्षेत्रका लक्षित साना कृषक समुदायको खाद्य तथा पोषण सुरक्षा सुनिश्चित गर्दै पोषण अवस्थामा सुधार ल्याउनेसोच र लक्ष्यका साथ आर्थिक वर्ष २०८१÷८२ देखि २०८४ आषाढ मसान्तसम्म कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना दोस्रो संचालनमा आएको वरिष्ठ कृषि अधिकृत राजेश कुमार के.सीले जानकारी दिनुभयो ।उहाँका अनुसार सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका र सुनकोशी गाउँपालिका र दोलखा जिल्लाको बैतेश्वर गाउँपालिका र मेलुङ गाउँपालिकाका सबै वडाहरूमा संचालन भईरहेको छ । खाश गरी पालिकासंग समन्वय र सहकार्य गर्दै दोहोरोपन र दिगोपनाका लागी पालिकासंग सहकार्यका साथ आयोजनाले ८५% अनुदान र कृषकको सहभागिता१५% मात्र भएकाले कृषकलाइ सहजता भएको र समुह बाहिर कार्यक्रम नगरिने,दोहोरोपनको सम्भावना न्यूनिकरणको लागी बहु पक्षिय सम्झौता र सहभागितामा काम गर्न सकिने,एकरुपता र गुणस्तरियता कायम गर्न, बेरुजु सम्भावना न्यून गर्न र समुहलाई खर्चको सम्भाव्य ब्ययभार कम गराउन लागी खरिद प्रकृयामा आयोजना क्लष्टर इकाईको सहयोग रहने खरिद प्रकृयामा सरकारी फार्म र स्रोत केन्द्रलाई प्राथमिकता ,बर्णशंकर विउको प्रयोग कम गरिने वा नेपालमा नै अनुसन्धान भै सिफारिश गरिएका जातहरुको प्रयोग समुहहरुलाई भुक्तानिका लागी कागजात तयार गर्न आवश्यक कागजातका चेक लिष्ट दिने र स्थानिय स्थलमा नै कागजात तयारीको ब्यबस्था मिलाईएको हुँदा यो आयोजनाको कार्यक्रम लोकप्रिय बनेको छ । आयोजनाले कार्यक्रमको पारदर्शी ब्गमष्त का लागी वडा र पालिकाका जनप्रतिनिधि ज्यूहरुको र प्राविधिकहरुको अनिवार्य अनुगमन र सिफारिसको पहल गरेको,अनुदानका गतिविधिमा अनिवार्य बोर्डको प्रयोग गर्ने ब्यवस्था ,बातावरण र जिवको स्वास्थको उचित संरक्षण र सम्बर्धनमा जोड दिएकाले प्रभाबकारी भएको छ । कृषि तथा पशुजन्य उत्पादन तथा उत्पादकत्वमा बृद्धि गरी खाद्य सुरक्षामा सहयोग गर्ने ,जलवायु तथा पोषण मैत्री कृषि प्रविधिहरुको अनुसरण र प्रसार गर्ने,साना कृषकहरुको आयआर्यजन र विविधिकरण प्रबर्द्धन गरी बजारमा पहुँच बढाउने,सुनौला हजार दिनका आमाहरु तथा ६–२४ महिना सम्मका बच्चाहरुको पोषण स्थितिमा सुधार ल्याउने कृषकहरुको क्षमता अभिवृद्धि गर्ने, उत्पादन समुह तथा सहकारीको संस्थागत विकास तथा सवलिकरण गर्ने उद्धेश्यका साथ सञ्चालन गरिएको हुँदा उद्धेश्य र आबश्यकता मिलेको हुँदा आफुहरुलाइ खुशी लागेको बताउँदै त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले आफ्नो पालिकामा मात्र नभएर कार्य क्षेत्र रहेको सबै पालिकाहरुमा बिशेष गरि कृषी उत्पादन तथा स्वास्थ्य जस्ता महत्वपुर्ण बिषयहरुमा सहयोग गरेर कार्य गरेकोमा बिशेष धन्यबाद दिदै यो कार्यक्रमबाट पालिकाहरुलाइ ठुलो सहयोग पुगेको बताउँनु भयो जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका सभाहलमा भएको कार्यक्रममा खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाका निर्देशक डा. अरुण काफ्ले, जिसस उपप्रमुख पदम नाथ नेपाल, साहयक प्रमुख जिल्ला अधिकारी गणेश नेपाली लगाएतले खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लष्टर सिन्धुपाल्चोकले सिन्धुपाल्चोक जिल्लामा गरेका कामहरु अती उपलब्धी मुलक र सन्तोष जनक रहेको बताउँनु भयो ।