अरुणिमा शैक्षिक प्रतिष्ठानले ११६औँ लक्ष्मीजयन्तीको अवसर पारेर अन्तर–माध्यमिक विद्यालय स्तरीय स्थलगत कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न गरेको छ । प्रतिष्ठान सञ्चालक समिति सदस्य शम्भुप्रसाद बडालको अध्यक्षतामा तथा वरिष्ठ साहित्यकार बासुदेव अधिकारीको प्रमुख आतिथ्यमा सञ्चालित उक्त प्रतियोगितामा उपत्यकाका सत्ताइस विद्यालयका कक्षा ८, ९ र १० मा अध्ययनरत ४७ जना छात्र–छात्राहरू सहभागी भएका थिए । प्रतिष्ठानका कार्यकारी प्रिन्सिपल ईश्वरीप्रसाद लामिछानेले कार्यव्रmममा उपस्थित सम्पूर्ण महानुभावहरूलाई स्वागत गर्नुभएको थियो ।े वरिष्ठ साहित्यकार गंगा कर्माचार्य पौडेल र साहित्यकार देवु लुइँटेलले प्रस्तुत रचनाहरूको समीक्षासहित निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । उक्त प्रतियोगितामा अरुणिमा माध्यमिक विद्यालय बौद्धकी छात्रा सहिष्णुता भट्टराई, रिलाइन्स इन्टरनेश्नल एकेडेमी सरस्वतीनगरकी छात्रा पुजा शाही , महेन्द्र बौद्ध माध्यमिक विद्यालय बौद्धका छात्र नेवाङ टिटुङ र रिडर्स इन्टरनेशनल स्कुल जोरपाटीका छात्र दीपदर्शन न्यौपानेले क्रमश प्रथम, द्वितीय, तृतीय र चतुर्थ स्थान प्राप्त गर्न सफल भएका थिए । प्रथम, द्वितीय, तृतीय तथा चतुर्थ स्थान प्राप्त गर्ने प्रतियोगीहरूलाई व्रmमशः रू ५,०००, रू ३,०००, रू २,००० र रू १,००० नगद पुरस्कार तथा प्रमाण–पत्र एवम् महाकवि देवकोटाका कृतिहरू प्रदान गरी पुरस्कृत गरिएको थियो ।
प्रमुख अतिथि वासुदेव अधिकारीले विशेष व्यक्तिको सम्मानमा यस्ता साहित्यिक कार्यव्रmमहरूमार्फत् विभिन्न विद्यालयका विद्यार्थीहरूका सिर्जनात्मक प्रतिभाहरूलाई उजागर गर्ने अवसर सिर्जना गरेकोमा प्रतिष्ठानलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । साथै कार्यव्रmमका सभाध्यक्षले उपस्थित सम्पूर्ण विद्यार्थीहरूलाई हौसला प्रदान गर्दै कार्यव्रmम समापन गर्नुभएको थियो ।
