धार्मिक तथा पर्यटकीय रुपमा परिचित सिन्धुपाल्चोक जिल्लाको सबैभन्दा ठूलो मानिने गौराती भीमेश्वरमा शुक्रबारदेखि मेला सुरुभएसंगै दर्शन गर्न आउँने भक्तजनको भिड लागेको छ । पार्किङको सहज व्यवस्थापन भएसंगै विगतको वर्षमा हुने गरेको समस्या सुल्झिएकाले पनि भक्तजन बढेका हुन् ।सिन्धुपाल्चोकको गौरती भीमेश्वरमा बर्सेनी कात्तिक पुर्णिमाको दिनदेखि पञ्चमीसम्म लाग्ने मेला यस वर्ष पनि सुरु भएको हो । यातायातको व्यवस्थापन सहज भएसंगै गौरती भीमेश्वरमा मेला भर्न आउँने भक्तजनमा उल्लेख्य सहभागिता देखिएको छ । विगतका वर्षहरुमा यातायात व्यवस्थापन गर्न नसक्दा दर्शनार्थीले समस्या भोग्नु परेपनि यसवर्ष सहजता सिर्जना भएसंगै विभिन्न जिल्लाबाट भक्तजनको ओइरो लागेको गौराती भिमसेन युथ क्लबले जानकारी दिएको छ । धार्मिक तथा पर्यटकीय दृष्टिले प्रख्यात सिन्धुपाल्चोक जिल्लाको सबैभन्दा ठूलो मानिने गौराति भीमेश्वरको मेला प्रत्येक कार्तिक पूर्णिमाको दिनबाट सुरु भई पञ्चमीका दिनसम्म चल्ने सो मेला भर्न देशका विभिन्न जिल्लाबाट ठूलो सङ्ख्यामा भक्तजन आउने हुँदा यो मेला जिल्लाकै ठूलो मेलाका रुपमा मानिएको हो । सदरमुकाम चौताराबाट चार किलोमिटर उत्तरपश्चिममा पर्ने भीमेश्वर मन्दिरसम्म पुग्न यातायातको समेत सुविधा छ । पौराणिक कालमा जङ्गल रहेको सो डाँडामा गोठालाले खर्क राखी गाई चराउने गर्दथे । गाईले रातिराति एउटा ढिस्कोमा दूध चढाउने गरेको गोठालाले पत्ता लगाएपछि भोलिपल्ट खनेर हेर्दा रगत देखा पर्नुको साथै दिव्य मूर्ति प्रकट भई दैनिक पूजा गरे भलो हुने बताउँदै अन्र्तध्यान भएकाले सोही समयदेखि पूजाआजा गर्ने गरेको मान्यता रहेको छ । ‘गौ’ अर्थात् गाईले राति दूध चढाएको कारण गौराति र भूमि खनेर उत्पत्ति भएकाले भूमेश्वर हुँदै कालान्तरमा भीमेश्वर हुन गएको मान्यता छ ।धर्मशास्त्रमा सो कुराको उल्लेख भए पनि ऐतिहासिक प्रमाणको रुपमा भने पीपलडाँडा निवासी दलबहादुर कुँवर नामक व्यक्तिले सो मन्दिरमा विसं १६४२ मा चढाएको ढलौटको घन्टाको आधारमा ४३१ वर्ष पहिलेदेखि पूजाआजा गरिँदै आएको स्पष्ट हुन आउँछ । मन्दिरमा मेला अवधिभर हजारौँ पशुपक्षीको बलि चढाउने गरिएको मन्दिरको पुजारीको कथन छ । मन्दिरलाई विभिन्न कालखण्डमा जीर्णोद्वार गरिँदै आए पनि विसं २०५३ मा पुनःनिर्माण गरी स्व राजा वीरेन्द्र र रानी ऐश्वर्यबाट स्तम्भ स्मृतिको अनावरण भएको थियो ।सो अवसरमा राजारानीबाट रोपिएको रुद्राक्षलाई जिल्लावासीले सम्झनाको रुपमा लिँदै आएका छन् । समुद्री सतहबाट एक हजार ८२८ मिटरको उचाइमा रहेको मनोरम डाँडाबाट मनोरम दृष्य अवलोकनका साथै जुगल हिमशृङ्खलालाई नजिकबाट नियाल्न सकिन्छ ।। स्थानीयलेले यसलाई ठूलो पर्वको रूपमा मनाउने गरेका छन् । पुर्णिमाको रात बत्तिबालि रातभर जाग्राम बसे मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ । मेला अवधिभर जिल्ला जनस्वास्थ्य कार्यालयबाट स्वास्थ्य शिविर सञ्चालन गरेको थियो भने मेलामा शान्ति कायम गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट सुरक्षाको कडा व्यवस्था भिमेश्वरको मन्दिरमा पूर्णिमाका दिन भक्तजनहरू रातभर जाग्राम बसी भिमशेनको आराधना गरि बत्ति बालिन्छ साथै मेला अवधिभर ‘पितृ’को सम्झानामा बत्तीसमेत बालिन्छ । मेला रातभरि नाचगान गरि भव्यताका साथ मनाइन्छ ।मेलामा सदरमुकाम चौताराबाट भिमसेनको मूर्तीलाई रथमा तानेर पूणिमाको रात गौरती मन्दिरमा रहेको मूर्तीसँग मिलन गराएपछि एकादशीको दिन पुनः फर्काइन्छ। त्यसरी फर्काइने बेला गुठीयारको घरघरमा रथ लगि पूजा गर्ने चलन छ । तत्पश्चात सिन्दुरे जात्रा सहित द्वादशीको दिन मेला सम्पन्न गरिने परम्परा छ ।धार्मिक आस्थाराख्ने भक्तजनहरुले यहाँको मन्दिरलाई दोलखा भीमसेन जतिकै शक्तिशाली मान्दछन् र मनले चिताएको पुरा हुने विश्वास गरिन्छ ।मेलाको अवशरमा घरेलु तथा बाणीज्य कार्यलय सिन्धुपाल्चोक अन्तरगत अर्गानिक कफी , लप्सी क्यान्डी, बिभिन्न प्रकारका अचारहरु को प्रदर्शनी गरिएको थियो । मेलामा सहभागी सञ्चार कर्मी दिपक खत्रीले गत बर्ष भन्दा यस बर्ष बढी भक्तजनहरु आउँनु भएको बताउँनु भयो । यसै गरी अर्का सञ्चार कर्मी टिका सुबेदी ले यस बर्षको मेलाले बढी भक्तजनका लागी आकषंण गराएको देखीएको बताउँनु भयो । अर्का सञ्चार कर्मी सुनिता रखेलले बिभिन्न प्रकारका सामाग्रीका साथै मेलामा आकर्षण सामाग्रीहरु रहेको बताउँनु भयो । चौतारा साँगनाचोकगढी नगरपालिका र चौतारा अस्पतालले निशुल्क स्वास्थ्य शिबीर राखेको थियो । मेलामा जिल्ल स्थित कार्यलयका प्रमुख हरु सबै पालिकाका लेखा प्रमुहरुलेसमेत मेलामा भिमसेनको दर्शन गर्न पुग्नु भएको थियो । सो अबशमा घरेले तथा बाणीज्य कार्यलयका प्रमुख त्रिपुरारी बख्रेल ले जिल्लामा उत्पादीत सामाग्रीहरुको प्रदर्शनीले उद्योगमा सहजता मिलेको बताउँनु भयो, अर्गानिक कफी सघका अध्यक्ष समेत रहनु भएका कफी व्यवसायी मन्दु थापाले हजारौ भक्तजनहरुले आफ्नो सहकारीको कफी पिउँदै आफ्नै उत्पादनलाइ प्रथमीकता दिएकोमा धन्यबाद दिदै गएको बताउँनु भयो । मेलामा भेटीनु भएका मालपोत कार्यलयका बसन्त बहादुर खडायतले गत बर्ष भन्दा यस बर्ष मेला धेरै व्यवस्थीत र मर्यादित रहेको पाएको बताउँनु भयो । यसै गरी जिल्ला प्रशासन कार्यलयका प्रशाससिकय अधिकृत कृष्ण प्रसाद सापकोटाले मेलामा सुरक्षा ब्यवस्था कडाइका साथ लागु गरिएको बताउँनु भयो । नगरपालिककाका प्रशासकयि अधिकृत शङ्कर दाहालले आगामी बर्ष थप सुबिधाका लागी सोलार बत्तीको व्यवस्थ ागर्न पहल गर्ने बताउँनु भयो । चौतारा साँगाचाकेगढी नगरपालिका वडा नं ८का वडाअध्यक्ष अमृत दङ्गालले बिगत भन्दा व्यवस्थीत र मर्यादीत बनाउान नगरपालिकाको भुमिका रहेको बताउँनु भयो । यसै गरी वडा नं १४का अध्यक्ष उद्धब नेपालले मेला घरेलु उद्योगको प्रदर्शनी र कलाकारहरुको प्रस्तुतीका कारण थप आकषीतर््ा बनेको बताउँनु भयो । यस अघी चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ५ले जिल्ल स्थित सरकारी तथा गैर सरकारी कार्यलयका प्रतिनिधीहरुलाइ बोलाएर प्रसाद खुवाएको थियो ।