सहकारीताको माध्यमबाट गरेको सबै कामहरु सफलताको बाटोमा लागेको बाह्र्बिसे नगर पालिकाका उप प्रमुख मन्जु तामाङले बताउँनु भएको छ । उँहाले बाह्रबिसे नगरपालिका वडा नं ८ मानेश्वारामा रहेको मानेश्वारा महिला कृषि सहकारी संस्थाको १२ औ बार्षिक साधारणसभाको उद्धघाटन गर्दै यस्तो बताउँनु भएको हो । साधरण सभामा सहकारीको मुख्य सिद्धान्त निती बिनियम र बिनीयमले तोके अनुसार काम गर्नेहरु कहील्यै असफल नहुने तर सहकारीको नाममा रकम उठाएर आफुखुशी उपलब्धी हिन काममा खर्च गर्नेहरु असफलताको बाटो तिर लागेको बताउँदै सहकारी सिद्धान्त अनुसार काम गर्न सबैमा अनुरोध गर्नु भयो ।
उँहाले बाह्र्बिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले नगरपालिका भित्रका ब्यक्तीहरु कोही पनी बेरोजगार बस्न नपोरस भन्दै रोजगारको व्यवस्थापनमा लाग्नु भएको र उहँहाले कृषी उत्पादनमा अनुदान सहयोग गर्न सके यस बाट पनी स्थाइ रोजगारको व्यवस्था हुने भएकाले हलगोरुको बिमा सहीत अनुदान स्थानीय स्तरमा उत्पादन भएका सामाग्रीहरु स्थानीय स्तरमा नै खपत गर्न बिद्यालय दिवा खाजाको समेत व्यवस्थापन गर्दै बाँझो रहेका खेती योग्य जमीनका लागी उत्पादन मुलक कार्य गर्न समेत अनुदानको अबधाराण ल्याउँनु भएको र नगर पालिकाले पनी सोही अनुसार गरिरहेको बताउँनु भयो । कार्यक्रममा उप प्रमुख तामाङले महीलाहरुले सञ्चालन गरेको यो कृषी सहकारी सस्था यस वडामा मात्र होइन जिल्लामा नै नमुना बन्न सक्न पर्छ त्यसका लागी नगरपालिकाबाट हुन सक्ने र गर्न सक्ने सहयोग गरिने प्रतिबद्धता ब्यक्त गर्नु भयो । कार्यक्रममा वडा सदस्य रामकुमारी तामाङले वडा नं ८ मा रहेका करिब ६०० कृषक महीलाहरुलाइ समेटेर यस सहकारी सस्थाले काम गरिरहेको मा बिशेष धन्यबाद भन्नु भयो । मानेश्वारा महिला कृषि सहकारी संस्थाका अध्यक्ष हेम कुमारी पराजुली,नेपालको सभापतीत्वमा भएको सभाले बार्षीक निती तथा कार्यक्रमहरुको अनुमोदन गर्दे आगामी दिनमा कृषी उत्पादनमा अझ बढी सक्रीय भएर लाग्ने निर्णय गरेको नगर उप प्रमुखका स्वकीय सचिब कमल लामाले जानकारी दिनु भयो ।
