सम्पर्क

चौसागढी १२मा बिकासका कार्यक्रम सार्बजनीकगर्दै एकै साथ सुरु

 

नेत्र बहादुर बस्नेत , सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १२ ले संघ, प्रदेश र स्थानीय तहबाट वडामा विनियोजित बजेट तथा कार्यक्रमहरूको वडावासी नागरिकलाई सार्वजनिक गर्ने एक महत्त्वपूर्ण कार्यक्रमको सुरुवात गरेको छ । वडाभित्र काम हुने संघ, प्रदेश वडाबाट विनियोजित भएका बजेट कार्यान्वयनका लागि सबै उपभोक्ता समिति बनी सकेको र अब काम मात्र बाँकी भएकोले सबै कामको एकै पटक शुभारम्भ गरिएको वडा अध्यक्ष तथा नगर प्रवक्ता दीपेन्द्र नेपालले जानकारी दिनुभयो । वडा नं. १२ ले एकै दिन ६५ विकास आयोजनाको शुभारम्भ गरेको छ । साँगाचोक भञ्याङ, वरको रुख चौतारी तथा फल्चा निर्माण शिलान्यास गर्दै वडा भरका सबै विकास आयोजना सुरुवात गरिएको हो । वडा कार्यालयमा भएको विकासका कार्यक्रमहरूको बागमती प्रदेशसभा सदस्य तथा बागमती प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालको प्रमुख अतिथ्यतामा र चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटा, नगर उपप्रमुख सिता थापाको विशेष अतिथ्यतामा सार्वजनिक गरिएको हो । कार्यक्रममा वडाले आठ करोड बढी लागत सहितको आयोजनाहरू सुरुवात गरेको वडा अध्यक्ष नेपालले जानकारी दिनुभयो । संघीय, प्रदेश र स्थानीय गरी तीनै तहको विकास कार्यक्रमहरू एकसाथ सुरु गरेको जिल्लाकै पहिलो वडा भएको छ । एक करोड ८३ लाखको तीन वटा संघिय योजना, ४ करोड ८५ लाखको ९ वटा प्रदेश योजना, चौतारा साँगाचोकगढी नगरपालिकाञञको ६७ लाख बढीको १४ योजना र वडाको एक करोड बराबरको ३९ गरी ६५ वटा विकास आयोजनाको एकै पटक सुरुवात भएको हो । विकास आयोजनाहरूको शुभारम्भ गर्दै प्रमुख अतिथि बागमती प्रदेशसभा सदस्य युवराज दुलालले आवश्यकतामा आधारित दिगो विकास अबको आवश्यकता रहेको बताउनुभयो । उहाँले सङ्घीयता कार्यान्वयनपछि समग्र प्रदेशमा चौतारा साँगाचोकगढी नगरपालिकाले विकासमा फड्को मारेको बताउँदै विकास सबै एकै पटक सम्भव नहुने तर सबैलाई सम्बोधन गर्न पर्ने बताउनु भयो र यो वर्ष विकासका कार्यक्रम नपरे रिसाउने र परे खुशाउँने भन्दा पनि सबैले पालैपालो विकासका कार्यक्रम पाउनेमा ढुक्क हुन आग्रह गर्नुभयो ।    दुलालले निर्वाचनको बेला मात्र पाटी हो, निर्वाचित भएपछि सबैको साझा हो भन्दै विकासका कार्यक्रममा कसैले पनि पक्षपात गर्न नहुने बताउनु भयो । उहाँले नगरका १४ वटै वडा कालोपत्रे सडक सञ्जालमा जोडिएका छन्, सांस्कृतिक धरोहर, कृषि र सामाजिक विकासका काममा उल्लेख्य प्रगति भएको बताउनु भयो । वडा कार्यालयबाट भएका यस्ता कार्यक्रमले सरकारको कामको पारदर्शिता, जबाफदेहिता र सहभागितामूलक लोकतन्त्रको अभ्यासलाई टेवा पुगी सुशासन समेत कायम हुन्छ । यो महत्त्वपूर्ण कार्यको थालनी गरेकोमा वडाध्यक्ष एवं १२ नं. वडा परिवारलाई हार्दिक धन्यवाद दिन चाहन्छु भन्नुभयो । कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले नगरपालिकाले सबै क्षेत्रमा आवश्यकता अनुरूप दिगो विकासका योजनाहरूलाई प्राथमिकता दिएको बताउनुभयो । विकास आयोजना सम्पन्न गर्न सबै मिलेर लाग्न पर्ने बताउनु हुँदै विकासका कार्यक्रममा कुनै प्रकारको विवाद गर्न नहुने बताउनु भयो । उहाँले जनताका अनेक अपेक्षा रहने र दर्जनौँ विकास आयोजनाहरू पूरा गर्न थप बजेट र कार्यक्रम थप र व्यवस्थित गर्न श्रोत र साधनले भ्याएसम्म आफूले सहयोग गर्ने बताउनु भयो । कार्यक्रमको बारेमा जानकारी दिँदै वडा अध्यक्ष नेपालले वडाका सबै आयोजनाहरूको सुरुवात गरी विकासको लहर सुरुवातको सन्देश प्रवाह गरिएको उहाँले जानकारी दिनुभयो । ‘उपभोक्ता समिति गठनदेखि भुक्तानी सम्मको प्रक्रिया जानकारी दिने उद्देश्यले पनि एकसाथ सबै आयोजनाको सुरुवात गरिएको बताउँदै नेपालले ‘प्रभावकारी कार्यान्वयन, निष्पक्षता र पारदर्शी कार्य हाम्रो प्राथमिकता हो भन्नुभयो ।’ उहाँले स्थानीय सरकार गठनको दोस्रो कार्यकालको सुरु देखिका सबै प्रगति बारे प्रस्ट पार्नुभयो । वडा सदस्य तथा कार्यपालिका सदस्य सिता पौडेलले सञ्चालन गर्नु भएको कार्यक्रममा जुगल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पदम प्रसाद पराजुली, नेकपा माओवादी जिल्ला संयोजक गोविन्द पराजुली केन्द्रीय सदस्य झम्क पराजुली लगायत ले वडा कार्यालयबाट भएको कार्यक्रमको प्रशंसा गर्नु भयो । सञ्चारकर्मी कमला पाख्रीनले आफूले यस्तो कार्यक्रम पहिलो पल्ट देखेको बताउँदै यो कार्यक्रमले विकासको पारदर्शितामा सहजता हुने बताउनु भयो । यसै गरी साहित्यकार चन्द्र प्रसाद न्यौपानेले यो कार्यक्रम अति महत्त्वपूर्ण भएको प्रतिक्रिया दिनुभयो । सहभागी सञ्चारकर्मी दीपक खत्रीले वडा कार्यालयबाट यसरी सुरु गरिएको कार्यक्रम सबै नागरिकले थाहा पाउने हुँदा यसले छुट्टै महत्त्व राखेको बताउनु भयो । कार्यक्रमको लोकप्रिय समाचारबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।