सम्पर्क

ठोकर्पा माविमा जुनियर ३३ खेलाडीको ग्रेडिङ सम्पन्न

  सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका वडा न २ स्थित रहेको ठोकर्पा मा.वि तेक्वान्दो डोजाङ्गका ३३ जुनियर तेक्वान्दो खेलाडीहरूको ग्रेडिङ परिक्षा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अथिति सुनकोशी गाँपालिका उपाध्यक्ष कान्छि लामा विसिष्ठ अथिति सुनकोशी २ का वडा अध्यक्ष पुर्ण बहादुर महत ,सिन्धुपाल्चोक तेक्वान्दो संघका अध्यक्ष तथा सिन्धु तेक्वान्दोका जन्मदाता प्रेम बहादुर भण्डारी, अथिति सिन्धुपाल्चोक तेक्वान्दोका सह–सचिव कुमार बस्नेत,समाजसेवी प्रकाश न्यौपाने हुनु हुन्थियो भनी कार्यक्रमको अध्यक्षता ठोकर्पा मा.विका प्रधानध्यापक रामचन्द्र पौडेलले गर्नु भएको थियो ।
बुधबार भयको उक्त ग्रेडिङ परिक्षामा जुनियर तेक्वान्दोका १४ पुरूष र २० महिला गरि ३३ खेलाडीहरूले भाग लिएका थिए । सेतो पेटि ४ जन,पहेलो पेटि २१ पहेलो हरियो पेटि ९ जनाले भाग लिएका थिए तेस मध्य १ जना पहेलो ,हरियो पेटिकी रिना भण्डारी सर्वोउत्कृष्ट भएका थिए ।
कार्यक्रममा तेक्वान्दो खेल स्वास्थ र राष्ट्रको लागि अत आवश्यक रहेको बताउदै आउदा दिनहरूमा तेक्वान्दो खेललमई गाउँपालिका र आफ्नो तर्फबाट सँधै सहयोग गरिरहने प्रमुख अथिति उपाध्यक्ष लामाले बताउनु भयो । आफ्नो वडामा तेक्वान्दो भित्र्याउन सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिदै ठोकर्पामा तेक्वान्दो जोगाउन वडा र आफ्नो तर्फबाट कुन कसुर बाकि नराख्ने वडा अध्यक्ष महतले बताउनु भयो ।
खेलाडीहरू बढाउन हौसला दिदै देशै भर तेक्वान्दो भए भएकोले गाउँ गाँउमा पनि सिक्न सिकाउन आवश्यक रहेको तेक्वान्दोका जिल्ला अध्यक्ष भण्डारीले बताउनु भयो ।

सर्वोउत्कृष्ट भण्डारीलाई विसिष्ठ अथिति प्रेम बहादुर भण्डारीले ब्यक्तिगत तर्फबाट नगद ५०० प्रदान गर्नु भयो र तेक्वान्दोको बिकास गरेको टाढाबाट ठोकर्पा आई प्रशिक्षण दिनुभएको भन्दै ठोकर्पा मा.बिका लेखापाल रोशन न्यौपानेले १० हजार र नेपाली काँग्रेस सुनकोशी गाँउपालिका सचिब तथा समाजसेवी प्रकाश न्यौपानेले २ हजार गरि १२ हजार रूपैया ठोकर्पा मा.वि तेक्वान्दो डोजाङका प्रशिक्षक माधब बि.कलाई प्रदान गरिएको ठोकर्पा मा.वि तेक्वान्दो डोजाङका प्रशिक्षक बिकले बताउनु भयो ।