सम्पर्क

चौसागढी १३को मार्से खोला खेतमा नँया तरिकाबाट धान रोपाइ

नेत्र बहादुर बस्नेत  सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १३मा रहेको मार्सेमा आधुनिक तथा नँया प्रबीधीबाट रोपाइ दिबश मनाइएको छ । पानी नपरेर किसान चिन्तित भइरहेको बेला नयाँ प्रबिधबिाट धान रोपाइ भए पछी स्थानीय कृषकहरु खुशी भएका छन । धान दिबशको कार्यक्रममा प्रमुख अतिथी चौतारा साँगाचोकगढी नगर पालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले धान रोपाइको शुभरम्भ गर्दै यस वर्षको रोपाइँ महोत्सवमा परम्परागत शैलीभन्दा फरक, आधुनिक र वैज्ञानिक पद्धतिको प्रयोग गरिएकोमा यसको स्थाइत्वका लागी आफुले गर्न पर्ने हरेक सहयोग हरु गरिरहने बताउँनु भयो ।   सापकोटाले कृषिमा आधुनिकीकरण र प्रविधिको प्रयोगविना उत्पादन बढाउन नसकिने देखीएकाले स्थानीय तहले कृषकहरूलाई प्रविधिमैत्री बनाउन र प्रोत्साहन गर्न सधैँ साथ दिने बताउँनु भयो ।नगर प्रमुख सापकोटाले परम्परालाइ सम्झाउँदै र यसको संरक्षण गर्दै समयको परिबर्तन सँगै आधुनिक प्रबिधी द्धारा रोपाइ गर्ने कार्यक्रा गर्नु भएकोमा जग्गा धनी दुर्गा प्रसाद ढुङ्गेल लगाएत आयोजक सम्पुर्ण कृषकलाइ धन्यबाद दिनु भयो । कार्यक्रममा वडा नं १३का वडा अध्यक्ष तथा सामाजिक बिकास शाखाका संयोजक राम प्रसाद गौतमले कृषी उत्पादनमा नगरपालिकाको उत्कृष्ट वडा निर्माणका लागी आफु लागी परेको बताउँनु भयो । कार्यक्रममा कृषि विकास कार्यालय धुलिखेलका कार्यालय प्रमुख कुलप्रसाद दवाडील आफ्नो माटो र हावापानी सुहाउँदो, बढी उत्पादन दिने धानको रोप्नका लागी माटो र किसानले मागेको बिउ उपलब्ध गराइ रहेको बताउँनु भयो ।कृषि विकास कार्यालय धुलिखेल काभ्रेपलाञ्चोक, चौतारा साँगाचोकगढी नगरपालिका सिन्धुपाल्चोक र खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (क्लस्टर इकाइ सिन्धुपाल्चोक) को संयुक्त आयोजनामा अभियान कृषि सहकारी संस्था को सयोजनमा उक्त रोपाइ भएको हो । धान दिवसको अवसर पारेर गरिएको रोपाई महोत्सवमा कृषि विकास कार्यलय धुलिखेलले सेमी अटोमेटेड राइस ट्रान्सप्लान्टर मेसिनद्वारा करिब पाँच रोपनि क्षेत्रफलमा धान रोपाई गरिएको छ । यसरी नयाँ प्रविधिद्वारा सुरुवात गरिएको धान रोपाई किसानहरूको लागि नयाँ प्रविधिको हस्तान्तरण भएको खेतधनी दुर्गा ढुंगेलले बताउँनु भयो । ढुङ्गेलले यस्ता नँया नँया प्रबीधी अनुसार खेती गर्नका लागी कृषी बिकास कार्यलय,नगरपालिका लगाएत सबै क्षेत्र बाट सहयोग भइरहेको अबस्थामा आफ्नो जग्गा बाँझौ राखेर बिदेसिने संख्या बढ्दै गएकोमा चिन्ता ब्यक्त गर्दै आफ्नै देसमा आफ्नै गाँउमा उत्पादनमुलक काम गर्न सबैलाइ आग्रह गर्नु भयो । दुर्गा ढुङ्गेलले खेतमा परम्परागत शैलीमा पञ्चे बाजा बजाएर बेठी लगाउँने चलनलाइ निरन्तरता दिदैं धान खेती गर्ने शुरुवात गर्नु भएको हो ।