त्रिशुली नदीमा भइरहेको हृदयघात
पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबाहक बस धादिङको बेनीमा दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाउनु परेको र केही अन्य घाइते भएको अत्यन्तै दुखद घटना घट्यो। यस दुर्घटनामा ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्दछु।
२०८१ साल असार २८ गते यही सडकखण्डको सिमताल क्षेत्रमा बाढीसँगै बस नै बेपत्ता हुने गरी भयानक घटना घटेको थियो। एक दशकको अवधिमा मात्रै यस मार्गमा हजारौं दुर्घटनाहरू भइसकेका छन्।
के यी सबै घटनाहरू संयोग मात्र हुन् त? यदि नेपाललाई एउटा मानव शरीरसँग तुलना गर्ने हो भने काठमाडौं उपत्यका त्यसको मुटु हो। मुटुसम्म रगत र पोषण पुर्याउने शिरा–धमनीहरू जस्तै देशका विभिन्न राजमार्ग र सडक सञ्जालहरु नै हुन्।
जब शिरा–धमनीहरूमा अनावश्यक चाप पर्छ वा ती कमजोर हुन्छन्, तब हृदयघात र मस्तिस्कघात जस्ता खतरनाक समस्याहरु हुन्छन ।...









