चौतारामा नपाद्धाराअनुदानमा कृषी सामाग्री बितरण
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाले नगरपालिकाका कृषकहरुलाइ बिहीबार एक कार्यक्रमा बिच ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गरेको छ ।नगरपालिकाले किसानको ५० प्रतिशत लगानी र नगरपालिकाको ५० प्रतिशत अनुदानमा मिनी टिलर र कम्बाइन डिक्स मिललगायतका कृषि उपकरण वितरण गरेको हो । कृषकहरुलाइ सामाग्र बितरण गर्दे नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले नगरपालिकाले किसान ब्राण्डको टेक्टर कृषकले रोजेर खरिद गर्ने र त्यसको बिलका आधारमा ५०प्रशित रकम अनुदान दिने योजना लागु गर्न खोजेको भए पनी टेण्डर प्रकृयाबाट सामान खरिद गरेर बितरण गर्न पर्ने भएकाले ढिलो गरी कृषी सामाग्री बितरण गर्न परेको बताउँनु भयो। उँहाले अनुदानमा पाएको सामानको सही सदुपयोग गर्न पर्ने सके सम्म छरछिमेक सबैका समस्या समधान गर्न मिलेर सामाग्रीको प्रयोग गर्न पर्ने बताउँनु भयो । नगर प्रमुख सापकोटाले आगामी बर्ष बेलैमा खरिद प्रकृया पुरा गर...









