बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने
म्याग्दी, ७ कात्तिक : बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब रु सात करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । पश्चिम म्याग्दीका मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने यस सडकका विभिन्न स्थानमा गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरो र म्याग्दी नदी कटानले ठूलो क्षति पु¥याएको हो । बेनीदेखि धौलागिरि गाउँपालिकाको केन्द्र मुनासम्मको सडकमा करिब २२ स्थानमा क्षति पुगेको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ । बाढीपहिरो र नदी कटानले सडकको सतह भासिनुका साथै ग्यावियन जाली, टेवा पर्खाल र कालोपत्र सडक बगाउँदा पूर्वाधारमा ठूलो क्षति पुगेको कार्यालयका इन्जिनियर मोहन रुवालीले जानकारी दिनुभयो । उहाँका अनुसार बेनीदेखि मङ्गला गाउँपालिका–२ पानाबगरसम्म १५ स्थानमा साना तथा ठूला पहिरो खसेर सडक संरचना...









