सम्पर्क

ब्रेकिङ न्युज १

मृतक कामदारका परिवारलाई तीस लाख आर्थिक सहायता दिइने

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
चौतारा (सिन्धुपाल्चोक), ३० असार : सिन्धुपाल्चोकमा निर्माणाधीन ४० मेगावाटको भोटेकोसी–१ जलविद्युत् आयोजनाको डिसेन्डर स्ल्याबको ढलान भत्किँदा थिचिएर मृत्यु भएका दुई कामदारका परिवारलाई प्रवद्र्धक कम्पनीले आर्थिक सहायता प्रदान गर्ने भएको छ । भोटेकोशी गाउँपालिका–४ मा निर्माणाधीन आयोजनाको प्रवद्र्धक इलेक्ट्रोपावर कम्पनी लिमिटेडले मृतक कामदार बर्दियाको ठाकुरबाबा नगरपालिकाका रामजीन थारू र सुमन थारूका परिवारलाई प्रतिपरिवार रु ३० लाख आर्थिक सहयोग प्रदान गर्ने भएको हो । लेट्रो पावरका आयोजना प्रबन्धक उमेश पराजुलीका अनुसार आयोजना निर्माणको ठेक्का लिएका ‘सब–कन्ट्र्यक्टर’ कम्पनी बीएमआर कन्स्ट्रक्सन प्रालिका प्रतिनिधि र मृतक परिवारको तर्फबाट वडा अध्यक्षले आर्थिक सहायता दिने लिखित सम्झौतामा हस्ताक्षर गरेका छन् । सहायता रकम १५ दिनभित्र उपलब्ध गराउने सम्झौता भएको छ । मृतक दुवै कन्ट्र्याक्टर कम्पनीका तर्फबाट आ...

गुठी (रेष्ट), पैरवी समूह र अलम समूहकोवृक्षारोपण कार्यक्रम भिमेश्वरीमा

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रेष्ट), पैरवी समूह र अलम समूह सिन्धुपाल्चोकले मेलम्ची नगरपालिकाको बाहुनेपाटी र फटकशिला र इन्द्रावती गाउँपालिका वडा नं १२ को श्री भिमेश्वरी मा.वि. हाताभित्र वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। विद्यालय क्षेत्रलाई सुन्दर र हराभरा बनाउनको लागी वर्षे विदाको समयलाई सदुपयोग गर्दै श्री राजेश्वरी मा.वि र श्री भिमेश्वरी मा.वि. का छात्राहरु, रेष्ट पैरवी समूह, अलम समूह र रेष्ट जिल्ला कार्यालय सिन्धुपाल्चोकले संयुक्त आयोजनामा यस कार्यक्रम सम्पन्न गरेको हो। रेष्ट अल्मुनाई,अलम समूह रेष्टको बालीका शैक्षिक सहयोग कार्यक्रम अन्तर्गत कक्षा १० पास गरीसकेका छात्राहरुको संगठन हो भने समुदायस्तरमा बालविवाह, बालश्रम, मानवबेचबिखन जस्ता विषयमा सचेतना जगाउने, पैरवी गर्ने उद्देश्यले संगठित समूह रेष्ट पैरवी समूह हो। यी समूहहरुले रेष्टको कार्यक्षेत्र रहेका सिन्धुपाल्चोक जिल्ला भि...

पहिरोेले पृथ्वी राजमार्ग अवरुद्ध

ब्रेकिङ न्युज १, समाचार
दमौली (तनहुँ), २८ असार : तनहुँका विभिन्न ठाउँमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बिहीबार रातिदेखि परेको वर्षाका कारण आज बिहान विभिन्न ठाउँमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा, व्यास नगरपालिका–१२ घाँसीकुवा, म्याग्दे गाउँपालिका–६ मौरीओडारमा आज बिहान पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । याम्यामा बिहान ४ बजे गएको पहिरो हटाइए पनि रुख ढलेर पुन ःराजमार्ग अवरुद्ध भएको छ । निर्माणाधीन मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को निर्माण कम्पनीको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । यस्तै बन्दीपुर गाउँपालिका–५ नयाँपुल नजिकसमेत पहिरोले सडक अवरुद्ध भएको छ । पहिरोका कारण व्यास –१२ कमलबारी नजिकसमेत बाटो अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिनुभयो । यस्तै व्यास–१२ घाँसीकुवामा पहिरो खस्दा यो खण्डस...

पहिरोमा परेर दुई यात्रु बस बगे, अर्को यात्रुबसमा ढुंगा लाग्दा चालकको निधन थप विवरण आउन बाँकी

ब्रेकिङ न्युज १, समाचार
नारायणगढ मुग्लिन सडकको सिमलतालमा शुक्रबार बिहान साढे तीन बजे तिर पहिरोमा परेर दुईवटा यात्रुवाहक बस बगेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी सोही सडक खण्डको १७ किलोमा अर्को यात्रुबसमा पहिरोबाट झरेको ढुंगाले लागेर चालकको निधन भएको पनि प्रहरीले जनाएको छ । सिमलतालमा दुईवटा बस पहिरोमा बगेको भन्ने जानकारी आएपनि एउटा बसको केहि भाग मात्र देखिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले बताउँनु भएको समाचार प्राप्त भएको छ । । हामिलाई प्राप्त समाचार अनुसार काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स र बिरगञ्जबाट काठमाण्डौ आउँदै गरेको एन्जल बस भएको बसबाट हाम फालेका ३ यात्रुले बताएपछी बसको पहिचान भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारीका इन्द्रदेव यादवका अनुसार सिमलतालमा बगेका दुई बसमध्ये वीरगन्जबाट काठमाडौँ गइरहेको एन्जल बसमा २४ जना र काठमाडौंबाट गौर आइरहेको गणपति डिल...

जनस्वास्थ्यको आयोजनामा मनायो बिश्व जनसंख्या दिवस

ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, समाचार
जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा बिश्व जनसंख्या दिबस मनाइएको छ । जिल्ला समन्वय समितिको हलमा मनाइएको कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायहरु सरकारी तथा गैर सरकारी संघ संस्थाहरको सहभागिता रहेको थियो । जिल्ला समन्वय समितीका प्रमुख बालकृष्ण श्रेष्ठको प्रमुख अतिथ्यतामा र बागमति प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक दिपक तिवारीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै जिल्ला समन्वय प्रमुख बालकृष्ण श्रेष्ठले प्रत्येक बिकासको सुचाङ्कमा समावेशीतालाई अंगालेर जनसंख्याको आधारमा काम गर्न सकेमात्र सार्थक हुने बताउँनु भयो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी जीत बहादुर भण्डारीले कुनै पनि राष्ट्रको जनसंख्या कति आवश्यक, पारिवारिक, आर्थिक अवस्था कस्तो रहने भन्ने कुराले विशेष महत्व लिने बताउँनु हुँदै वर्तमान अवस्था चुनौतिपूर्ण रहेको भन्दै जनसंख...

विवादकाबीच चौतारा साँगाचोकगढी नगरसभा सम्पन्न

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाको १६ औ नगर सभामा बिबादका बिच सम्पन्न भएको छ । नगरसभाले शिक्षा, युवा तथा खेलकुद, पूर्वाधार विकास, कृषि, पशु र स्वास्थ्य सेवालाई प्राथमिकता दिइएको छ । नगर सभाले जम्मा १ अर्ब २६ करोड ११ लाख ६१ हजार ६ सय ६१ रुपैयाँको बजेट पारित गरेको छ । आर्थिक वर्ष ०८१÷८२ को लागि एक अर्व २६ करोड ११ लाख ६१ हजार ६ सय ६१ रुपैयाँको बजेट पास गरेको छ । जसअन्र्तगत कृषि सेवा तर्फ अन्र्तगत प्राङ्गरिक मल कारखाना स्थापना साझेदारी कार्यक्रममा २० लाख, समुह मार्फत् पशुपालन कार्यक्रम संचालनतर्फ २० लाख, पशु बिमा अन्तर्गत ७ लाख, महामारी रोग नियन्त्रण तथा निदान र रोकथाम कार्यक्रम अन्र्तगत २० लाख, बाली संरक्षण कोष स्थापना ३० लाख, सामुदायिक आँखा अस्पतालसँगको समन्वयमा चश्मा व्यवस्थापन अन्र्तगत १ लाख, कफी प्रवद्र्धन कार्यक्रम अन्र्तगत १० लाख, एक घर एक बगैचा कार्यक्रम १० लाख रकम वि...

उमानाथ दाहालद्वारा लिखित सनेस लघुकथासङ्ग्रहको विमोचन र विमर्शन कार्य सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
उमानाथ दाहालद्वारा लिखित सनेस लघुकथासङ्ग्रहको विमोचन र विमर्शन कार्य सम्पन्न भएको छ । असार २२ गते शनिबार कौशलटार, भक्तपुरको किङ्स क्याफेमा सो कार्यक्रम हाम्रो लघुकथा केन्द्रका अध्यक्ष लता के. सी. को सभापतीत्वमा सम्पन्न भयो । लघुकथा गान बजाएर कार्यक्रमको सुरू गरिएको थियो । हाम्रो लघुकथा केन्द्रका सदस्य वन्दना घिमिरेले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो । सभापती लगायत मञ्चासिन व्यक्तित्वहरू प्रमुख अतिथि देवी नेपाल , विशिष्ट अतिथिहरू ध्रुव मधिकर्मी र डम्बर घिमिरे , कृतिकार उमानाथ दाहाल , कृतिकारका धर्मपत्नी उर्मिला अधिकारी दाहाल, इन्दिरा चापागाईँ र शेखर अर्यालले कृतिको सामूहिक विमोचन गर्नु भएको थियो । उक्त अवसरमा समीक्षकद्वय इन्दिरा चापागाईँ र शेखर अर्यालले लघुकथाका सैद्धान्तिक पक्षमा आधारित रहेर कृतिगत गुण दोष केलाउनु भयो । कृतिभित्र समाविष्ट ६२ वटा लघुकथाहरुमा अधिकाँश ...

नागरिकको समस्यामा साथी बन्न सके मात्र मानवीय धर्म हुन्छ ः बस्नेत

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
  नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्बमन्त्री माननीय मोहन बहादुर बस्नेतले हरेक नागरिकको समस्यामा साथि बन्न सके मात्र मानवीय धर्म हुने बताउँनु भएको छ ।उहाँले सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिका चनौटे स्थित मेलम्ची, हेलम्बु र पाँचपोखरीको लाईफलाईनको रुपमा रहेको रातो पुललाई केही दिनको अविरल वर्षाले क्षति पु¥याएकोले आइतबार सोही ठाउँको अवलोकन तथा स्थानीयहरुसँग भेटघाटका क्रममा यस्तो बताउँनु भएको हो ।बस्नेतले आफु १ नं. क्षेत्र २ नं. क्षेत्र भन्दा पनि नागरिकको समस्यासँग जुध्न जहाँ पनि जाने तर आफुलाई निर्वाचनमा मत दिएर बिजय गराएको निर्वाचन क्षेत्रमा भने जुनसुकै समयमा पनि नागरिकको समस्या समाधानमा लागि पर्ने र बिकासका कामहरुमा पनि पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउँनु भयो । उहाँले हेलम्बु, पाँचपोखरी, मेलम्चीको बिकासका मुहार फेर्दे गर्दा यस्ता प्रकृति बिपतिले समस्यामा पार्न थाले...

पाँचखालका चार हजारबढी कृषक आईपीएम प्रविधिबाट खेती गर्दै

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काभ्रेपलाञ्चोक, २३ असार : तरकारी उत्पादनका लागि उर्वर भूमि मानिएको जिल्लाको पाँचखाल नगरका चार हजार पाँच सय कृषक एकीकृत शत्रुजीव व्यवस्थापन (आईपीएम) प्रविधिबाट खेती गर्दै आएका छन् । यहाँका कृषकले जैविक पद्दतिसम्बन्धी आईपीएमका चरणबद्ध तालिम लिएपछि सोहीअनुसार खेती गर्दै आएका हुन् । कृषकको क्षमता वृद्धि गराउनुका साथै रासायनिक विषादी कम गराई स्वच्छ फसल उत्पादन गराउने उद्देश्यले स्थानीयस्तरमा ‘कृषक पाठशाला’ सञ्चालन गरिएको थियो । तीन वर्षअघिदेखि सञ्चालित पाठशालाबाट हालसम्म ७५ वटा तालिम भइसकेका लवग्रीन नेपालका कार्यकारी प्रमुख नारायण ज्ञवालीले बताउनुभयो । पहिलो वर्ष आधुनिक खेती प्रणालीका लागि दक्षता हासिल गरेका १५ सय कृषक थिए । दोस्रो वर्षमा तीन हजार र तेस्रो वर्ष चार हजार पाँच सय कृषक पुगेका उहाँले बताउनुभयो । उक्त संस्थाले वडास्तरमा कृषक पाठशाला सञ्चालन गरी उक्त सङ्ख्यामा आईपीएम प्रविधिमा खेती ग...

मेलम्ची नगरपालिकाद्धारा एसईईमा ३.६ भन्दा बढि जिपिए ल्याउने ३२ विद्यार्थीलाई सम्मान

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
  सन्तोष सिग्देल, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले एसईईमा उत्कृष्ट अंक ल्याउने मेलम्ची नगरपालिका भित्रका २ विद्यार्थी र ३.६ भन्दा बढी जिपिए ल्याउने ३० जना गरि ३२ जना विद्यार्थीलाई सम्मान गरेको छ । सम्मान कार्यक्रमलाइ समबोधन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नगरभरिका विद्यालयमा एसईईमा ३.६ भन्दा धेरै जिपिए ल्याउने ३२ जना विद्यार्थीलाई सम्मान गर्न पाउनु सुखद कुरा भएको बताउँनु भयो । आफु निर्वाचित भएको पहिलो र दोस्रो कार्यकालमा नितिगत कुराहरूमा व्यस्त भएकाले यो सम्मान कार्यक्रम राख्न नपाएको र तेस्रो बर्षमा मात्र सम्मान कार्यक्रम राखेको जानकारी दिनु भयो । सो अवसरमा प्रमुख तामाङले विद्यार्थीले मेलम्ची नगरपालिकाको सान राखिदिएकोमा धन्यवाद ज्ञापन गर्नु भयो । मेहनती विद्यार्थी र आर्थीक अवस्था कम भएकोलाई छात्रवृत्ति दिने उहाँले प्रतिवद्धता व्यक्त गर्नु भयो । एसईईमा यो बर्ष नगर...