सम्पर्क

विवादकाबीच चौतारा साँगाचोकगढी नगरसभा सम्पन्न

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाको १६ औ नगर सभामा बिबादका बिच सम्पन्न भएको छ । नगरसभाले शिक्षा, युवा तथा खेलकुद, पूर्वाधार विकास, कृषि, पशु र स्वास्थ्य सेवालाई प्राथमिकता दिइएको छ । नगर सभाले जम्मा १ अर्ब २६ करोड ११ लाख ६१ हजार ६ सय ६१ रुपैयाँको बजेट पारित गरेको छ । आर्थिक वर्ष ०८१÷८२ को लागि एक अर्व २६ करोड ११ लाख ६१ हजार ६ सय ६१ रुपैयाँको बजेट पास गरेको छ ।
जसअन्र्तगत कृषि सेवा तर्फ अन्र्तगत प्राङ्गरिक मल कारखाना स्थापना साझेदारी कार्यक्रममा २० लाख, समुह मार्फत् पशुपालन कार्यक्रम संचालनतर्फ २० लाख, पशु बिमा अन्तर्गत ७ लाख, महामारी रोग नियन्त्रण तथा निदान र रोकथाम कार्यक्रम अन्र्तगत २० लाख, बाली संरक्षण कोष स्थापना ३० लाख, सामुदायिक आँखा अस्पतालसँगको समन्वयमा चश्मा व्यवस्थापन अन्र्तगत १ लाख, कफी प्रवद्र्धन कार्यक्रम अन्र्तगत १० लाख, एक घर एक बगैचा कार्यक्रम १० लाख रकम विनियोजन गरेको छ ।
नगरसभामा नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले बजेटको समर्थनमा तालि बजाउँन अनुरोध गरेपछी अत्याधिक बहुमतद्धारा बजेट पास भएको घोषणा गर्नु भएको हो ।
नगरपालिकाको नगर सभामा बजेटको बारेमा बिबाद हँुदा कार्यपालिकाका सदस्यहरुबिच धकेला धकेल भएको थियो । नगरसभामा प्रस्तुत बजेट सम्बन्धमा चित्त नबुझेको भन्दै नेकपा एमाले र काँग्रेस समर्थक कार्यपालिकाका सदस्यहरु बिच बिबाद भएको बताइएको छ ।
यस सम्बन्धमा वडा नं.३ का वडा अध्यक्ष टेक बहादुर तामाङले नगर सभा सुरु हुनै लाग्दा सभामा प्रबेश गर्ने क्रममा आफुहरु माथि हातपात भएको बताउँनु भयो । वडा नं. १० का वडा सदस्य पारे तामाङले नगर सभामा कुर्सीले आफुलाई लागेको बताउँदै नगरमा आफुलाई चित्त नबुझेका कुराहरु शान्तपुर्ण तरिकाले राख्न पर्नेमा त्यसो हुन नसकेको बताउँनु भयो ।
चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख सिता थापाले शान्तपुर्ण तरिकाबाट आफ्ना भनाईहरु राख्न पाँउने अधिकार सबैमा छ तर उग्ररुपमा प्रस्तुत हुनु ठिक होइन भन्दै सभामा नगर सभामा सहभागी कार्यपालिकाका पदाधिकारीहरुबिच बिबाद भएको कारण नगर सभामा धकेला धकेल भएको थियो ।
विवादसँगै नारावाजी होहल्लाकाबीच पनि नगर प्रमुख कृष्णप्रसाद सापकोटाले बजेट पारित भएको घोषणा गर्नु भएको थियो । बुधबार भएको १६औं नगरसभामा कृष्ण प्रसाद सापकोटाले बिपक्षहरुको नाराबाजीका बीच बजेट र विधेयक सभामा प्रस्तुत गरेपछि ताली बजाएर आर्थिक वर्ष ०८१÷८२ को बजेट पारित गरिएको थियो । नगरसभामा दुवै पक्षबीच धकेलाधकेल भएको थियो । सभामा केहिबेर तनावपूर्ण स्थिती सृजना भएको थियो । यसअघि प्रति वडा एक करोड रुपैयाँ बजेट विनियोजन नगरे नगरसभा नै बहिष्कार गर्ने धम्की वडा अध्यक्षहरुले दिएपछि नगरपालिकाले आगामी वर्षका लागि घाटा बजेट प्रस्तुत गर्दै नीति तथा कार्यक्रम बनाएको थियो । गत वर्ष प्रति वडा ८५ लाख रुपैयाँ विनियोजन गरिएकामा यो वर्ष प्रति वडा १ करोड बजेट विनियोजन गरिएको छ ।