सम्पर्क

उमानाथ दाहालद्वारा लिखित सनेस लघुकथासङ्ग्रहको विमोचन र विमर्शन कार्य सम्पन्न

उमानाथ दाहालद्वारा लिखित सनेस लघुकथासङ्ग्रहको विमोचन र विमर्शन कार्य सम्पन्न भएको छ ।
असार २२ गते शनिबार कौशलटार, भक्तपुरको किङ्स क्याफेमा सो कार्यक्रम हाम्रो लघुकथा केन्द्रका अध्यक्ष लता के. सी. को सभापतीत्वमा सम्पन्न भयो । लघुकथा गान बजाएर कार्यक्रमको सुरू गरिएको थियो । हाम्रो लघुकथा केन्द्रका सदस्य वन्दना घिमिरेले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो ।

सभापती लगायत मञ्चासिन व्यक्तित्वहरू प्रमुख अतिथि देवी नेपाल , विशिष्ट अतिथिहरू ध्रुव मधिकर्मी र डम्बर घिमिरे , कृतिकार उमानाथ दाहाल , कृतिकारका धर्मपत्नी उर्मिला अधिकारी दाहाल, इन्दिरा चापागाईँ र शेखर अर्यालले कृतिको सामूहिक विमोचन गर्नु भएको थियो ।

उक्त अवसरमा समीक्षकद्वय इन्दिरा चापागाईँ र शेखर अर्यालले लघुकथाका सैद्धान्तिक पक्षमा आधारित रहेर कृतिगत गुण दोष केलाउनु भयो । कृतिभित्र समाविष्ट ६२ वटा लघुकथाहरुमा अधिकाँश लघुकथामा बिम्ब , प्रतीक , व्यङ्ग्य भाव , संवाद , गैर संवादको प्रयोग भएको , कृतिमा सामाजिक विकृति र यथार्थता , राजनीतिक विसङ्गति , महिला र बुढ्यौली वर्गका समस्या , देशप्रेम र राष्ट्रियता विषयमा उठान गरिएको बताउनु भयो । लघुकथाका मापदण्डलाई आत्मसात गरेर लघुकथा लेखिए पनि वर्ण विन्यास , पदसङ्गती र शिष्ट भाषामा लघुकथा लेखिनु पर्ने सुझाव दिनुभयो ।

सताक्षीधाम साहित्य संगम र हाम्रो लघुकथा केन्द्रको संयुक्त आयोजना भएको सनेस लघुकथासङ्ग्रहको विमोचन र विमर्शन कार्यक्रमलाई संकेत गर्दै विशिष्ट अतिथि ध्रुव मधिकर्मीले साहित्यिक संस्थाहरु बीचको सहकार्य हुनुले परिणाम सुखद रहने बताउँदै कृतिकार दाहाललाई शुभकामना दिनु भयो । अर्का विशिष्ट अतिथि हाँस्यव्यङ्ग्यकार डम्बर घिमिरेले शुभकामना मन्तव्यको क्रममा ञणझ को कथा सुनाएर वातावरण रोमाञ्चक बनाउनु भयो । कार्यक्रममा विमोचित कृतिबाट निर्मला बरालले परिवर्तन , रचना दाहालले भगवान र गरिमा पन्तले अलपत्र शीर्षकका लघुकथा वाचन गर्नु भयो ।
कार्यक्रमका प्रमुख अतिथि नेपालले मन्तव्यको क्रममा कृतिकार दाहालको व्यक्तित्वमाथि आफ्नो धारणा प्रकाश पार्नु भयो । ञकृतिकार व्यक्ति मात्र नभएर सिङ्गो संस्था हुन् ,झ उहाँको कथन थियो । धेरै संस्थाहरूसंगै हाम्रो लघुकथा केन्द्रको स्थापना पनि कोरोना कालको उपज रहेको र केन्द्रले महिलालाई प्राथमिकतामा राखेर राम्रो काम गरिरहेको बताउनु भयो। मन्तव्यकै क्रममा उहाँले उपस्थित रक्तवंश र शब्दवंशलाई एकमुष्ट धन्यवाद दिनु भएको थियो ।

कृतिकार दाहालले झापादेखि राजधानी आएर केन्द्रसंग सहकार्य गर्न पाएकोमा खुसी प्रकट गर्दै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नु भयो ।

अध्यक्ष लता के. सी. ले केन्द्रका गतिविधिमाथि प्रकाश पार्दै झापालीले राजधानीबासीका लागि सनेस बोकेर आएकोमा खुसी व्यक्त गर्दै आभार प्रकट गर्नु भयो ।कृतिकारलगायत कार्यक्रममा सहयोग र समर्थन जनाउने सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गर्नु भएको थियो ।

प्रस्तोता मन्दिरा चापागाईँले सञ्चालन गर्नु भएको सो कार्यक्रममा रामराजा के .सी , ध्रुुुवराज थापा, मनीषकुमार शर्मा ञ समितझ , अन्जु थपलिया , मन्दिरा मधुश्री , ममता मृदुल , बिन्दु ढकाल , सुस्मिता अधिकारी, श्रीराम राई , प्रार्थना खनाल लगायत् लगभग ४ दर्जन साहित्यकार र आफन्तहरूको बीचमा कार्यक्रम भव्यरूपमा सम्पन्न भएको थियो ।