सम्पर्क

ब्रेकिङ न्युज १

झारनाशक विषादीको प्रयोगमा किसान आकर्षित

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
चण्डीका नेपाली /मेलम्ची सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाको किसानहरू पछिल्लो समय झारनाशक विषादीप्रति आकर्षित भएका छन् । झारनाशक विषादीको प्रयोगले श्रमशक्ति र खर्च दुवैको बचत हुने भएपछि किसान त्यसप्रति आकर्षित भएका छन् । जिल्लामा धान खेतभित्र अनावश्यक रूपमा उम्रने झारले उत्पादनमा असर पारेकाले विषादीको प्रयोग बढाएको मेलम्ची नगरपालिका –९ ज्यामिरेका किसान लोक बहाद्र गिरी बताउनुहुन्छ । गिरीले यो वर्ष रोपाइँ गर्दा आफूले १५ रोपनी जमिनमा झारनाशक विषादी प्रयोग गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “एकातिर धान गोड्ने बेला जनशक्तिको अभाव, अर्कोतिर खर्चको पनि बचत । त्यसैले मैले त एक हजार रुपियाँ बराबरको झारनाशक विषादी ल्याएर छर्किएँ ।” मेलम्ची नगरपालिकाको कृषि शाखाको प्राविधिक अमर आचार्य पनि किसानले आफ्नो सजिलोका लागि झारनाशक विषादीको प्रयोग बढाइरहेको बताउनुहुन्छ । आचार्यका अनुसार पछिल्लो समय ध...

देशभर १० जनामा देखियो हैजा

ब्रेकिङ न्युज १, समाचार
देशभर १० जना हैजाका बिरामी भेटिएका छन् । स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)ले देशभर हालसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जनाएको छ । ललितपुरमा सात र कैलालीमा तीन जनामा हैजा पुष्टि भएको महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेले जानकारी दिनुभयो । उहाँले हैजाबाट बच्न व्यक्तिगत सरसफाइ र सम्बन्धित निकायको व्यवस्थापकीय भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हैजाको सम्बन्ध सरसफाइबाहेक खानेपानीको आपूर्तिसँग पनि जोडिएको छ । ललितपुरमा इनारको पानीमा दिसामा देखिने जीवाणु भेटिएको हो । ढलबाट मिसिएको हुनसक्छ । शौचालयको अवस्था र फोहोरको व्यवस्थापन कस्तो छ त्यसले पनि भर पर्छ । हैजा फैलिन नदिन यी सबैमा ध्यान दिनु जरुरी छ ।” हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखालासम्बन्धी रोग हो । शुक्रराज ट्रपिकल तथा ...

धुलिखेलद्वारा एक हजार आठ सयलाई रोजगारमूलक तालिम

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
काभ्रेपलाञ्चोक, ११ साउन: धुलिखेल नगरपालिकाले सीपमूलक तालिमपछि रोजगारको अवसर प्रदान गर्न थालेपछि युवाको आकर्षण बढ्न थालेको छ । नगरले वैदेशिक रोजगारयोग्य सीपमूलक तालिम एवं स्वरोजगारसहित उद्यमी बनाउन थालेपछि स्थानीयको आकर्षण बढ्न थालेको हो । नगरले युवालगायतका परिषद्मार्फत नियमित रुपमा विभिन्न तालिम प्रदान गर्दै आएको छ । हालसम्म एक हजार आठ सय ४० लाई सीपमूलक तालिम, पाँच सय ३० लाई स्वरोजगार उपलब्ध गराउनुका साथै एक सय ३० लाई उद्यमी बनाइसकेको छ । नगर रोजगार संयोजक सम्झना नेपालका अनुसार दुई सय ४० युवालाई वैदेशिक रोजगारयुक्त सीपमूलक तालिम प्रदान गरिएको छ । नगरप्रमुख अशोक ब्यञ्जुले युवालगायत परिषद् गठनगरी नगरले बेरोजगारीलाई रोजगार, सीप, उद्यामशीलता तथा क्षमता अभिवृद्धि तालिममा संलग्न गराई रोजगार उपलब्ध गराउने उद्देश्यले नियमित तालिम आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार तालिम लिएकालाई पनि घर छाडेर ...

टोल टोलमा सामाजिक सुरक्षा बितरण गर्दै १० नं वडा

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारासँगाचोकगढी नगरपालिका वडा नं १० ले आफ्ना वडाका सामाजिक सुरक्षा भत्ता लिइरहनु भएका हरुलाइ घर आँगनमा नै गएर सामाजिक सुरक्षा भत्ता बितरण गरिदिएको छ । सामाजिक सुरक्षा भत्ता सँगै भत्ता कार्ड नबीकरण समेत गरेकोमा सेवाग्रहीले उक्त कार्य प्रती बिशेष धन्यबाद दिएका छन । चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १०का वडाअध्यक्ष निल बहादुर तामाङ (सुमन)को नेतृत्वमा असार ७ र ८ गतेसामाजिक सुरक्षा भत्ता बाढ्ने र भत्ता कार्ड नविकरण गर्ने कार्यक्रम भएको हो । सुकुटे, साठिमुरे,कार्किटार,खत्रीथोक, जल्केनी,हरे डाँडा,होल्का,काँडे,भान डाँडा,माझटोल,डाँडाघर,विम्रेनि थुम्की डाँडा र कोल्पाटा लगायत १०वडा भित्रको सम्पुर्ण गाउँ गाउँ टोल टोलमा घर घरमा भत्ता वितरण गरेको वडा अध्यक्ष निलबहादुर तामाङ सुमनले जानकारी दिनु भयो । भत्ता बितरण कार्यक्रममो सिन्धु विकास बैंकको कर्मचारीहरु,साँगाचोक प्रहरि चौकिको सुर...

प्रेस काउन्सिल नेपाल द्धारा बिमान दुर्घटना समाचारमा ध्यानकर्षण

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
प्रेस काउन्सिल नेपाल द्धारा बिमान दुर्घटना समाचारमा ध्यानकर्षण भएको जनाएको छ । काउन्सिलका सह प्रशासकीय अधिकृत सहप्रबक्ता तथा सुचना अधिकारी रामशरण बोहोरा ले एक बिज्ञेप्ती जारी यस्तो बताएको हो । जारी बिज्ञेप्तीमा २०८१÷०४÷०९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना भएको विषयमा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट जहाज कम्पनीको नाम, जहाजमा सवार यात्रु र दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्यासहित समाचार सम्प्रेषण गर्दा फरकफरक तथ्याङ्कसहित सामग्री सम्प्रेषण भएको एवं कतिपय सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट दुर्घटनास्थलको बीभत्स दृश्यसहित प्रत्यक्ष प्रसारण समेत भएकोप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।काउन्सिलबाट भएको नियमित अनुगमनको क्रममा सञ्चार माध्यमबाट पछिल्ला समय दुर्घटनासम्बन्धी समाचार सम्प्रेषण गर्दा आधिकारिक तथ्यको पुष्ट्याइँबेगर हतारमा सामग्री सम्प...

सौर्यका क्याप्टेन मनिष शाक्य बाहेक कोही बाचेनन्

ब्रेकिङ न्युज १, समाचार
काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रममा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा १८ जनाको निधन भएको छ । १९ जना सवार रहेको विमानमा सौर्यका क्याप्टेन मनिष शाक्यको जीवित उद्धार गरि सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिनुभयो । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो । उहाँका अनुसार विमानमा सवार १८ जनाको यत्रतत्र अवस्थामा छरिएर रहेका शव सङ्कलन गरि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लगिएको छ । सौर्य एयरको जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको उक्त विमान दुर्घटनामा परेको हो ।...

सौर्य एयरलाइन्सको जहाज दुर्घटना

ब्रेकिङ न्युज १, समाचार
काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको एन–एएमई जहाज दुर्घटनामा परेका छ । जहाजले धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको समाचार प्राप्त भएको छ । दुर्घटनाग्रस्त जहाज ११ बजे पोखराका लागि उडेको थियो । विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको प्राधिकरणले जनाएको छ । दुर्घटनाबारे थप विविरण आउन बाँकी छ ।...

नयाँ भवनबाट सेवा दिदै चौतारा अस्पताल, राम्रो सेवा पाएकोमा सेवाग्रही खुशी

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको सदरमुकमा चौतारामा रहेको चौतारा अस्पतालले नयाँ भवनबाट सेवा दिन थालेको छ । नयाँ भवनबाट सेवा दिन थालेपछी अस्पतालमा सेवाग्राहीको भिडपनि हुन थालेको छ । आइतबार अस्पातलको स्थितीबारे जानकारी लिन अस्पताल पुगेको लोकप्रिय नेत्रज्योतीका प्रतिनिधीहरुसँग कुरागर्दै अस्पताल प्रमुख नि. मडिकल सुपरिटेण्डेन्ट रुद्रमणी भण्डारीले अस्पतालका बारेमा जानकारी दिदै अस्पातालबाट प्रसुति सेवामा शिशु जन्मदादेखी नै आबश्यक उपचारको व्यवस्था गरिएको बताउँनु भयो । विशेषज्ञ डाक्टर सहित ६३ जनाको दरबन्दी रहेको छ । अहिले कार्यरत डाक्टरहरु १४ जना छन् । दरबन्दी पूर्ति भएमा अस्पतालबाट दिने सेवामा थप सुधार हुने बताउँदै हाललाई करारमा ३४ जना माग गरिएको छ।  छिमेकी राष्ट्र चिन सरकारको सहयोगमा ३९ कोठाको भवन बनेको हो । भवनको उद्घाटन तथा हस्तान्तरण गत जेठ १६ गते भए पनि अस्पतालको सेवा सो भवनबाट दिन भने श्रावण ३गते देखी ...

बाह्रबिसे नगरपालिकाद्धारा १९ जनालाई सहयोग

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिकाले नगरभित्रका आमाबुबाविहीन बालबालिकाहरुलाई जनही रु १० हजारका दरले आर्थीक सहयोग गरेको छ ।हामी सबैको चाहाना सुन्दर शान्त र सफा नगरको परिकल्पना भन्ने नाराका साथ बाबुआमा बिहीन बालबालिका स्ररक्षण कार्यक्रम अन्तरगत आइतबार गुरु पुर्णीमाका दिन पारेर नगरप्रमुख बालकृष्ण बस्नेतको प्रमुख अतिथ्यतामा आमाबुबा विहिन १९ जना बालबालिकाहरुलाई सरंक्षण तथा शिक्षा, स्वास्थ्यको लागि प्रतिव्यक्ति रू.१०,०००÷– (दश हजार) को दरले रकम हस्तानन्तरण गरेको हो । बाह्रबिसे नगरपालिका महिला तथा बालबालिका संयोक नगर उपप्रमुख मन्जु तामाङको अध्यक्षतमा भएको कार्यक्रममा १९ जनालाई रकम दिदै नगर प्रमुख बस्नेतले उक्त रकम स्वास्थ्य र शिक्षामा खर्च गर्न भन्दै राम्रो पढ्नेलाई नगरबाट अरु थप सहयोग हुने बताउँनु भयो । उहाँले बाह्रबिसे नगरपालिकाले उमाबीसम्म निःशुल्क गरेको र नगरका कोही पनि शिक्षा र स्वास्...

स्रष्टा खेमनाथ दाहालको नयाँ कृति ‘सिर्जनामा दृष्टि’ लोकार्पण

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, समाचार, साहित्य
  गिता अधिकारी , स्रष्टा खेमनाथ दाहालको नयाँ कृति ‘सिर्जनामा दृष्टि’ लोकार्पण गरिएको छ । काठमाडौंमा शनिबार साहित्यिक पत्रकार संघको आयोजनामा एक विशेष समारोहबीच स्रष्टा दाहालको भूमिकासंग्रह कृति ‘सिर्जनामा दृष्टि’को लोकार्पण गरिएको हो ।संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि, वरिष्ठ इतिहासविद् प्राडा.सुरेन्द्र केसी, कृति सर्जक महाकाव्यकार खेमनाथ दाहाल, विशिष्ठ अतिथि विशिष्ठ कलाकार मदनदास श्रेष्ठ, वरिष्ठ पत्रकार एवं साहित्यकार पुरुषोत्तम दाहाल, सामालोचक प्राडा.कृष्णप्रसाद दाहाल, समीक्षक डा.यज्ञश्वर निरौला, गीतकार समाजसेवी सोभित उप्रेति, प्राडा.गोविन्दमान सिंह कार्की, उषा दाहाललगायतले उक्त कृतिको लोकार्पण गर्नुभएको थियो ।गीतकार/निर्देशक गणेश सुवेदीले सहजीकरण गर्नुभएको कार्यक्रमको प्रमुख अतिथि प्राडा.केसीले दीप प्रज्ज्वलन गरेर समुद्घाटन गर्नुभएको थियो । समारोह...