सम्पर्क

नयाँ भवनबाट सेवा दिदै चौतारा अस्पताल, राम्रो सेवा पाएकोमा सेवाग्रही खुशी

सिन्धुपाल्चोक जिल्लाको सदरमुकमा चौतारामा रहेको चौतारा अस्पतालले नयाँ भवनबाट सेवा दिन थालेको छ । नयाँ भवनबाट सेवा दिन थालेपछी अस्पतालमा सेवाग्राहीको भिडपनि हुन थालेको छ । आइतबार अस्पातलको स्थितीबारे जानकारी लिन अस्पताल पुगेको लोकप्रिय नेत्रज्योतीका प्रतिनिधीहरुसँग कुरागर्दै अस्पताल प्रमुख नि. मडिकल सुपरिटेण्डेन्ट रुद्रमणी भण्डारीले अस्पतालका बारेमा जानकारी दिदै अस्पातालबाट प्रसुति सेवामा शिशु जन्मदादेखी नै आबश्यक उपचारको व्यवस्था गरिएको बताउँनु भयो । विशेषज्ञ डाक्टर सहित ६३ जनाको दरबन्दी रहेको छ । अहिले कार्यरत डाक्टरहरु १४ जना छन् । दरबन्दी पूर्ति भएमा अस्पतालबाट दिने सेवामा थप सुधार हुने बताउँदै हाललाई करारमा ३४ जना माग गरिएको छ।  छिमेकी राष्ट्र चिन सरकारको सहयोगमा ३९ कोठाको भवन बनेको हो । भवनको उद्घाटन तथा हस्तान्तरण गत जेठ १६ गते भए पनि अस्पतालको सेवा सो भवनबाट दिन भने श्रावण ३गते देखी सुरु गरिएको हो ।२०८० पुस ३ गते बागमती प्रदेश सरकार मन्त्रिपरिषद तथा स्वास्थ्य मन्त्रालयको निर्णय अनुसार ५० बेडमा अस्पताललाई विस्तार गरिएको थियो ।चौतारा अस्पतालमा प्रशासन हल, पुस्तकालय, जनरल ओपिडी सेवा, अप्रशन गर्ने कोठा, क्षरोग विभाग, शिशु खोप लगाउने विभाग, सेकुरेटी गार्ड बस्ने रुम, ए.आर.टि सेवा. औषधि पसल, टिकट काउन्टर, एक्स्रे, कन्फ्रन्स हल, स्टोेर,भिडियो एक्स्रे रुम, आदि कोठाहरु रहेको छ । बिशेषगरी चौतारा अस्पतालमा बिरामीको उपचारमा संलग्न चिकित्सकहरु तथा अन्य कर्मचारीहरुसँग अस्पातलका सेवाका बारेमा छलफलगरी सुधार गर्नपर्ने कुराहरुमा समेत छलफल गर्नका लागी बनाइएको कर्मचारी बैठक कक्ष, पुस्तकालयका कारण अस्पताल सञ्चालनमा थप सहजता पाइएको छ । चौतारामा रहेको प्रदेशिक अस्पताल साँच्चीकै सुबिधा सम्पन्न देखिएको र भवन जस्तै उपचार पनि पाएको सेवाग्राहीले बताएका छन् । प्रशुती गराउँन जानु भएको जेष्ठ नागरिकहरुले अस्पतालले दिएको सुबिधा राम्रो रहेको काठमाण्डौमा भन्दा पनि यहाँ बोली बचन व्यवहार राम्रो भएको र काठमाण्डौ जाँदा आफुले डाक्टर बोलाएर यसो भयो भन्न परेको तर चौतारामा डाक्टर आँफै आएर के भयो कसो भयो कस्तो छ भनेर सोधेकोमा खुशी लागेको बताएका छन् । उपचारकै क्रममा बृद्ध महिलाले आफु उपचार गर्न धेरै ठाउँमा गएको भएता पनि चौतारा अस्पतालमा आउँदा यहाँको व्यबहारका कारण आधा रोग निको भएको महशुस गरेको बताउँनु भयो । चौतारा साँगाचोकगढी नगरपालिकाका १४ का मेनुका माझीले यो अस्पतालबाट आफुहरुले सोचे भन्दा राम्रो व्यवहारका साथ बिरामीको उपचार गरेकोमा खुशी लागेको बताउँदै राजधानीमा सञ्चालित निजी अस्पताल भन्दा पनि राम्रो लागेको बताउँनु भयो । सिन्धुपाल्चोक जिल्ला रहेको प्रदेशिक अस्पताल चौतारा अस्पतालले स्वास्थ्यको लागी उपयुक्त सेवा प्रदान गर्दै चौतारा अस्पतालले सेवाग्राहिहरुलाई बिभिन्न प्रकारका सेवाहरु दिई रहेको छ । बागमति स्वास्थ्य निर्देशनालयबाट स्वुकृति प्राप्त चौतारा अस्पतालमा ५० बेड रहेको छ । पुरानो अस्तालमा भन्दा नयाँ अस्पतालमा व्यवस्थापन राम्रो भएको छ । अस्पतालको मुख्य सेवा भनेको बिरामी सन्तुष्ट रहनु सेवा लिन आएका बिरामीको रोग निको हुनु हो । सो अस्पतालमा आएका अधिकासं बिरामीहरुले अस्पताबाट दिएको सेवा सन्तोषजनक रहेको बताएका छन् । अस्पतालमा डेढ लाख घन मिटर पानी अट्ने ट्याङ्की र पानि समेत छ । अपाङ्गमेैत्री भएको उक्त अस्पतालमा कुनै कारण आगलागी भईहालेमा आगलागी नियन्त्रणको लागी सहज हुने भएको छ भने ५०० केबी बिजुलीको ट्रान्समिटर राखिएको छ । अस्पतालका लेखा प्रमुख खडानन्द धिमीरेले अस्पतालमा भवन सुबिधा सम्पन्न भयो सबै व्यवस्थित भयो तर जनशक्तिको कमी छ यहाँ आएका सेवाग्रहीलाई छिटो र छरीतो सेवा दिनका लागि थप कर्मचारीको व्यवस्था गर्न पर्ने देखिन्छ भन्नुभयो । यसैगरी उपचारका लागी अस्पताल आउँनु भएकी ठुलिमाया तामाङ दातको उपचार गर्न आउनु भएको उहाँलाई अस्पतालमा मात्र भएर भएन नयाँ डाक्टर पनि आएर भवन अनुसार सेवा पाउँन पर्यो भन्नु हुँदै आफुले दातको उपचार गर्न बाहिर जान पर्नेमा अहिले चौतारा अस्पतालबाटै सेवा पाएकोमा खुशी लागेको बताउँनु भयो । अर्का सेवाग्राही पर्बल थापाले अब नयाँ बनेको अस्पतालमा दक्ष्य जनशक्ति आउन सक्ने आशा लागेको बताउनु भयो । अस्पताल भवन पनि राम्रो र सेवा सुबिधा पनि राम्रो भएको उहाँ बताउनुभहुन्छ । यस्तै लालिगुँरास फोटो स्टुडियोका प्रोपाईटर सुर्य लाल श्रेष्ठले गुणस्तरीय सेवा नयाँ भवनबाट विस्तार गरेपछि अब धुलिखेल, काठमाण्डौं अस्पताल धाउनुपर्ने बाध्यता अन्त्य भएको बताउनु भयो । ५० शय्याको सुविधा सम्पन्न अत्याधुनिक अस्पताल सेवाका लागि सम्पूर्णरूपमा तयार भइसकेका छन्। मेडिकल कम्प्लेक्स बिल्डिङ ९३ स्टोरिज, वाटरपम्प रुम, टेम्पोररी मेडिकल वेस्टेज रुम, जेनेरेटर सेड निर्माणसँगै मेडिकल उपकरण, फर्निचर र अस्पतालका लागि आवश्यक सर्जिकल सामग्री चीन सरकारले नै उपलब्ध गराएको हो। भ्याक्सिनेसन सेन्टर, पुलिस अफिस, फायर कन्ट्रोल सेन्टर, क्षयरोग र एड्स उपचार कक्ष पनि तयार भएका छन्।भुइँतलामा मेडिकल वेस्ट वाटर प्रोसेसिङ उपकरण पनि जडान गरिएको छ। त्यस्तै फार्मेसी, दर्ता शाखा, परामर्श कक्ष, फिजियोथेरापी पुनर्वास कक्ष, पोषण भान्सा, ड्युटी रुम, बहिरंग बिरामी कक्ष, बालबालिका कक्ष, प्रयोगशाला, आकस्मिक कक्ष, नर्सिङ स्टेसन, ड्रेसिङ रुम, एक्सरे र भिडियो एक्सरे कक्ष रहेको छ । पहिलो तलामा नर्सिङ स्टेसन, २९ शैयाको अन्तरंग विभाग, क्लासरुम, सात शैयाको प्रसूति विभाग, दुई अपरेटिङ कक्ष, रिकभरी कक्ष, नवजात शिशु स्याहार मेसिन, फोटोथेरापी उपकरण, बालबालिका उपचार कक्ष, पुरुष र महिलाका लागि छुट्टाछुट्टै ड्रेसिङ कक्ष, मेडिकल स्टाफ आराम कक्ष रहेको छ । यसै गरी दोस्रो तलामा प्रशासनिक कार्यालय, तालिम हल, गतिविधि कक्ष, अप्रेसन डिपार्ट, पुस्तकालय, सम्मेलन रुम, अस्पताल निर्देशक कक्ष र मेडिकल डकुमेन्ट रुम छन्। तेस्रो तलामा पानी प्रशोधन कक्ष जहाँ कार्बन र बालुवा फिल्टर मेसिन छन्। अप्रेसन कक्षका लागि स्वच्छ हावा तयार पार्ने मेसिन र दुईवटा ठूला लुगाधुने मेसिन राखिएको छ।सबै तलामा अत्याधुनिक अपरेटिङ सिस्टम जडान गरिएको छ।