सम्पर्क

सौर्यका क्याप्टेन मनिष शाक्य बाहेक कोही बाचेनन्

काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रममा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा १८ जनाको निधन भएको छ । १९ जना सवार रहेको विमानमा सौर्यका क्याप्टेन मनिष शाक्यको जीवित उद्धार गरि सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिनुभयो ।
उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो । उहाँका अनुसार विमानमा सवार १८ जनाको यत्रतत्र अवस्थामा छरिएर रहेका शव सङ्कलन गरि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लगिएको छ । सौर्य एयरको जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको उक्त विमान दुर्घटनामा परेको हो ।