दोलखाको प्रसिद्ध भीमेश्वरको शिलामा पुनः पसिना आएको छ । बुधवार दिउँसो १२ः४५ बाट शिलामा पसिना आएको भीमेश्वर गुठि व्यवस्थापन समितिले जनाएको छ । शनिवारमात्र भीमेश्वरको शिलामा दुईपटक पसिना आएको थियो । शिलामा पसिना आउदा मुलुकमा कुनैन कुनै उथलपुथल हुने जनविश्वास रहि आएको छ । प्रसिद्ध भीमेश्वरको शिलामा बुधबार मध्याह्नदेखि पुन पसिना आएको पुजारी काशीनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
शिला एक्कासि कालो र चम्किलो भएसँगै तप तप पसिना बग्न थालेको देखेपछि गुठियार र पूजा व्यवस्थापन समितिका पदाधिकारीलाई खबर गरेका थिए । सिलामा पसिना आउनु अनिष्टको सूचकका रुपमा मानिन्छ ।
