एनसिसी कतारको समन्वयमा राष्ट्रिय पर्वहरु एकै साथ मनाईदै
दर्शन सुनार/लोकप्रिय दैनिक, दोहा/कतार
गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा आगामी शुक्रबार राष्ट्रिय पर्वहरु एकै साथ मनाईने भएको छ । नेपालीहरुको महान पर्वहरु दशै,तिहार छ्ठ पर्व,नेपाल सम्वत ११४५,बलिहाङ तङनाम,जितिया पर्व,हुर्रा पर्व,म्ह पुजा र । एनआरएनए दिवसको अवसर पारेर एनसिसी कतार र कतारमा स्थापित बिभिन्न संघ संस्थाहरुको संयुक्त आयोजनामा शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम मनाईने भएको हो ।
राष्ट्रिय पर्वहरु एकै साथ मनाउदा कतारमा रहेका नेपाली दाजुभाईहरुको भाईचारमा थप मितब्यायी बढ्नेका साथै समाजमा एक खालको सकारात्मक सन्देश दिने र सामुहिक रुपमा चाड पर्व मनाउदा चाडबाडले माया र सद्भाव समेत मिल्ने एनसिसी कतारका अध्यक्ष रमेश भट्टले बताउनु भयो ।हाल सम्म कतारमा स्थापित करिब पचास ओटा संघ संस्थाहरुको नामावली आईसकेको र थप आयोजकको रुपमा रहन चाहाने संघ संस्थाहरुले आगामी...
