काठमाण्डौं
कात्तिक ९ गते देखि ११ गते सम्म राजधानी काठमाडौँमा सम्पन्न केन्द्रिय छैठौं महाधिबेशनले नयाँ नेतृत्व चयन गरेको छ।नेपाल राहत शिक्षक केन्द्रीय समितिको अध्यक्षमा कञ्चनपुरका शिक्षक नविन सिह धामी निर्वाचित भएका छन । शिक्षक धामी यस अघि केन्द्रीय सहअध्यक्ष थिए ।त्यसैगरी सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी ४ मंगलामाइ माबिका शिक्षक पृथ्वीजंग पाण्डे सचिबमा निर्वाचित हुनुभएको छ।उहाँ यस अघि केन्द्रीय सदस्य हुनुहुन्थ्यो । उपाध्यक्षमा काठमाडौका खगेन्द्र पौडेल महासचिवमा काठमाडौका डम्बर राई उपमहा सचिवमा काठमाडौका राजिब भट्टराई ,महिला सचिबमा काठमाडौकी गिता खड्का ,सिन्धुलीकि मेनुका गौतम ,सिन्धुपाल्चोक बार्हबिसेकी लक्ष्मी पौडेल तथा केन्द्रीय सदस्यमा झिर्पु माबिका प्र अ टङ्क पन्थ निर्वाचित हुनुभएको छ। झण्डै २ दशकदेखि सचिव पाण्डे शिक्षण पेशामा हुनुहुन्छ । पाण्डे नेपाल शिक्षक महासंघ सिन्धुपाल्चोकका जिल्ला सदस्य ,प्रबिधि मैत्री शिक्षक समाजका जिल्ला सदस्य ,लेखक संघ सिन्धुपाल्चोकका जिल्ला उपाध्यक्ष रहि पत्रकारितामा समेत सक्रिय हुनुहुन्छ ।
नेपाल राहत शिक्षक केन्द्रीय समितिको अध्यक्षमा चयन भएका नविन सिह धामीले आम देशभैरीका राहत शिक्षकको पेशागत हकहितका लागि संघर्ष गर्ने बताउनुभयो । ‘२०५९देखि राज्यले नै हामीहरुलाई सामुदायिक विद्यालयमा काम गराएको छ, ‘उनले भने, ‘राज्यको सेवाका लागि हामी ४० हजार शिक्षकको जिवन बर्बाद भईसक्यो, तैपनि राज्य जिम्मेबार छैन, अब हाम्रो लडाई राज्यका बिरुद्धमा हुनेछ ।’ नेपाल राहत शिक्षक समितिको सचिवमा चयन भएका पृथ्वी जंग पाण्डेले पनि राहत शिक्षकको पेशागत हकहित सुरक्षाका लागि राज्यसंग अन्तिम लडाई लड्ने बताउनुभयो । उनले संघीय शिक्षा ऐन मार्फत राहत शिक्षकका पेशागत हकहित सुरक्षाका लागि संघर्ष गर्ने बताए । देशभरका सामुदायिक विद्यालयका कार्यरत राहत शिक्षकको पेशागत हकहितका लागि नेपाल राहत शिक्षक केन्द्रीय समितिका तर्फबाट हरप्रयास हुनेछन ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको प्रमुख आतिथ्यतामा कार्तिक ९ गते उद्घाटन सत्र सुरु भएको थियो ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले शिक्षक र राज्य नजोडिएको बताउनुभयो । विद्यालय शिक्षा ऐन आएपछि शिक्षक र राज्य जोडिने बताउनु भयो ।राज्यले सबै कुरालाई प्राथमिकतामा राखेपनि शिक्षालाई प्राथमिकतामा नराकेको उहाँको भनाइ थियो । आफूलेपनि १४ वर्ष विश्वविद्यालयमा पढाएको स्मरण गर्दै गर्दै आफूले शिक्षकहरूको मर्म बुझेको र बन्दै गरेको विद्यालय शिक्षा ऐनका लागि शिक्षा समितिमा मन्त्रालयले धारणा दिनुपर्ने अवस्थामा शिक्षकको तर्फबाट धारणा दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै शिक्षा ऐन नआउने भनेर शंका नगर्न समेत सबै शिक्षकहरूसँग आग्रह गर्नुभएको थियो । सम्बोधनको क्रममा मन्त्री भट्टराईले भन्नुभयो मैले अब शिक्षकले आन्दोलन गर्न नपर्ने गरी काम गर्न खोजेकी छु । मैले सुरुदेखिनै विद्यालय शिक्षा ऐन ल्याउछु भन्दै आएकी छु । आफू बोलेको कुरा पुरा गर्न सके मात्रै मन्त्री पदमा बसेको सार्थक हुन्छ । त्यसकारण विद्यालय शिक्षा ऐन ल्याउन लागिरहेकी छु । शिक्षकहरूले आफ्नो हकहितका लागी आन्दोलन गर्ने अधिकार भएपनि शिक्षा ऐन ल्याउन शिक्षकहरूको दबाब भन्दापनि साथ चाहिएको बताउँदै विद्यार्थी र अभिभावकको मर्म बुझन समेत मन्त्री भट्टराईको आग्रह थियो ।शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले अबको शिक्षाको मोडेल जागिरेमुखी, घोकन्ते शिक्षा नभई व्यवहारिक र गरिखाने शिक्षा हुनुपर्ने बताउनुभयो ।
नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेम राज अधिकारीले सरकारसँग भएका सम्झौता पूर्ण रूपमा कार्यान्वयन गर्दै राहत शिक्षकहरूलाई स्थायी प्रक्रियामा लैजानुपर्नेमा जोड् दिनुभएको थियो । राहत शिक्षकहरू स्थायी नभएसम्म राज्यसँगको लडाई जारी रहने समितिका महासचिव कुमार बजगाईंले बताउनुभएको थियो ।
नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरी नेपाल राष्ट्रिय शिक्षकसंगठनका अध्यक्ष बिष्णु भण्डारी लगायत शिक्षक संघ संगठनका नेतृत्वले सम्बोधन गर्नुभएको थियो। तीन बर्षे कार्यकालमा डेढ बर्ष धामीले र बाकी समय बिरेन्द्र मल्लले अध्यक्षको नेतृत्व गर्ने गरि सहमति गरि १५१ सदस्य कार्यसमिति गठन गरेको छ।सिन्धुपाल्चोकमा राजेन्द्र सापकोटाको अध्यक्षतामा जिल्ला समिति गठन भएको छ भने स्थानीय तहको समिति चाडै पुन गठन गर्ने सचिव पाण्डेले बताउनुभयो ।
