सम्पर्क

ब्रेकिङ न्युज १

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

ब्रेकिङ न्युज १, समाचार
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपैयाँ घटाएको हो । मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ५९ रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ६० रुपैयाँ तोकिएको छ । यस्तै, डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गका लागि एक सय ४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ४५ रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ४६ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ । निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाडौँ, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ । इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलिमय पदार्थको नयाँ खरिद मूल्यअनुसार प्...

अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, समाचार
राष्ट्रिय समाचार समिति (रासस)  काठमाडौँ, २ वैशाखः सरकारी निकायका कार्यरत अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने भएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव डण्डुराज घिमिरेका अनुसार नयाँ वर्ष, २०८२ को पहिलो दिन राजपत्रमा सोसम्बन्धी सूचना प्रकाशित गरिएको छ । सरकारी कोष, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व भएका संस्थान, निगम, बोर्ड, प्राधिकरण, प्रतिष्ठानमा कार्यरतले सो योजनामा सहभागी हुन पाउने उहाँले जानकारी दिनुभयो । सामाजिक सुरक्षा कोषमा योगदानकर्ताका रुपमा सूचीकृत गरी त्यस्ता निकायमा कार्यरत कर्मचारीले खाइपाई आएको तलबको कम्तीमा ६० प्रतिशतलाई आधारभूत तलब मानेर सो योजनामा सहभागी हुन पाउने प्रबन्ध गरिएको छ । त्यसमा २० प्रतिशत रोजगारदाताले र ११ प्रतिशत योगदानकर्ताले जम्मा गर्नुपर्नेछ । सामाजिक सुरक्षा ऐन,...

तामाङ समुदायमा चैत्र शुक्ल पूर्णिमाः बौद्धमा बत्ती बालेर बालाजुमा स्नान

ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ पितृको मुक्तिको कामना गर्दै बौद्ध चैत्य परिसरमा शुक्रबार रातभर बत्ती बालेका बौद्ध धर्मावलम्बी तामाङ समुदाय स्नान गर्न बालाजु बाइस धारातर्फ प्रस्थान गरेका छन् । बालाजु बाइस धारामा स्नान गर्न भक्तजन बिहानैदेखि प्रस्थान गरेका काठमाडौँ महानगरपालिका वडा नं ६ का वडाअध्यक्ष भुवन लामाले राससलाई जानकारी दिनुभयो । चैत्र शुक्ल चतुर्दशीका दिन बौद्धमा आई पूजा गरेर दिवङ्गत पितृका नाममा बत्ती बाल्ने, पूर्णिमाका दिन बिहान बालाजु २२ धारामा स्नान गरी नागार्जुनको जामाचो र स्वयम्भूमा दर्शन गर्ने प्रचलन छ । तेमालका अन्तिम तामाङ राजा रिन्छिन दोर्जेको कालदेखि यो पर्वलाई राष्ट्रिय मान्यता दिइ बौद्धमा आएर मेला लाग्ने परम्पराको थालनी भएको बौद्धनाथ क्षेत्र विकास समितिका पूर्वध्यक्ष राजकुमार लामा बताउनुहुन्छ । प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीका दिन स्तूपमा बत्ती बालेमा पितृले मुक्ति पाउने धार्मिक विश्वास ...

आज हनुमान् जयन्ती मनाइँदै

जिबनशैली, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, ३० चैत : प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान् जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजा आराधना गरेमा बल, वुद्धि, विद्या मिल्ने, दुःख र सङ्कटबाट मुक्ति पाइने विश्वास छ । यस अवसरमा हनुमानढोकास्थित हनुमानको मूर्ति, पशुपतिस्थित हनुमान मन्दिर, गोकर्णेश्वर नगरपालिका–४ उत्तरगया क्षेत्रमा रहेको पञ्चमुखी हनुमानलगायत देशभरका हनुमान मन्दिरमा विशेष पूजा आराधना गरिन्छ । हनुमानढोका दरबारको नासलचोक नजिकै रहेको पञ्चमुखी हनुमान मन्दिरमा भने पुजारीले मात्र पूजा आराधना गर्ने चलन छ । हनुमान आराधना मण्डल, मारवाडी सेवा समिति, अग्रवाल सेवा केन्द्रलगायतले हनुमान जयन्तीका अवसरमा विभिन्न कार्यक्रम गर्दै आएका छन् । संस्कृत व्याकरणअनुसार ‘हनु’ धातुमा ‘मतुप’ प्रत्यय लागेर हनुमान शब्द बनेको छ । हनुको अर्थ चिउँडो हो । यो हन्...

थप २ वडालाई सुख्खा क्षेत्र घोषणाको तैयारीमा चौतारा साँगाचोकगढी

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाले थप २ वटा वडालाई सुख्खा क्षेत्र घोषणा गर्न लागेको छ । यो सँगै ५ वटा वडालाई सुख्खा क्षेत्र घोषणा हुन लागेको हो । यस सम्बन्धमा बिहिबार नगरपालिकाको सभाहलमा नगरभित्रका बिभिन्न राजनिती दल, सञ्चारकर्मी जिल्ला स्थित सरकारी कार्यलयका प्रतिनिधीहरु बिच एक छलफल भएको छ । नगरपालिकाले सुख्खा क्षेत्र घोषणा गर्नको लागि सुरु गरेको छलफलमा सहभागीहरुले मापदण्डका आधारमा अरु वडाहरुलाइ पनी सुख्खा क्षेत्र घोषणा ष्र्न प्रस्ताब गरेका थिए । नगरपालिकाको सभा हलमा आयोजित बैठकमा सहभागीहरुले वडा नम्बर १०, ११, १२, लाइ सुख्खा गेत्र घोषणा गरेका र थप १३ र १४ लाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गर्न आवश्यकता रहेको औंल्याउंदै सिचाइ र खानेपानीको विशेष कार्यक्रम संचालन गर्नुपर्ने निचोड निकालेको हो । कार्यक्रममा नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले यो छलफल प्रारम्भिक भएको बताउदैे स...

पत्रकार सुरेश रजकको सम्झनामा दीप प्रज्वलन

ब्रेकिङ न्युज १, समाचार
काठमाडौंको तीनकुनेमा चैत्र १५ गते (शुक्रवार) राजावादीको आन्दोलनमा भएको आगजनी घटनामा ज्यान गुमाएका एभीन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको सम्झनामा माइतीघरमा मण्डलामा दीप प्रज्वलन गरेको छ । नेपाल पत्रकार महासङ्घको अगुवाइमा पत्रकारहरुले माइतीघर मण्डलामा दीप प्रज्वलन गरी दिवङ्गत हुनुभएका पत्रकार रजकप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । पत्रकारहरूले सुरेशको नाम लेखेर मैनबत्ती बालेका थिए । पूर्वराजाका समर्थकहरुले तीनकुनेमा गरेको प्रदर्शनका क्रममा घरभित्र रहेका रजकको जलेर मृत्यु भएको थियो । त्यसैगरी महासङ्घका उपाध्यक्ष उमितप्रसाद वाग्चनको प्रतिनिधिमण्डलले दिवङ्गत पत्रकार रजकको १३औँ पुण्यतिथिमा आज परिवारलाई भेटगरी समवेदन पनि व्यक्त गरेको छ ।...

शिक्षक महासघको आन्दोल हडतालमा परिणत मेलम्ची नगरप्रमुखद्धारा माग पुरा गर्न सरकार सँग माग

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
नेपाल शिक्षक महासंघको आह्वानमा चैत २० गतेदेखि सुरु भएको काठमाडौं केन्द्रित आन्दोलनले मुलुकभरका शैक्षिक गतिविधि ठप्प भएको छ।     यसरी देसभरका शिक्षक हरु काठमाण्डौ जम्मा भएर बिभिन्न प्रकारले आन्दोलन गर्दै सरकार समक्ष आफ्ना माग पुरा गर्न दबाब दिदा समेत आन्दोलनरत शिक्षकहरूले आफ्ना मागहरूको सुनुवाइ नभएको जनाउँदै चैत २५ गतेदेखि आम शैक्षिक हड्तालको घोषणा गरेका छन्, जसका कारण विद्यालयहरू पूर्णरूपमा बन्द भएका छन्।     यसरी शिक्षकहरु सबै आन्दोलीत हुँदा पनी सरकारले माग पुरा गर्ने तर्फ चासो नदेखाएको भन्दै नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवाले सरकारलाइ तत्काल माग बारे सम्बोधन गर्न निर्देशन दिनु भएको छ । यसै गरी नेकपा माओबादी केन्द्र लगाएतका राजनिती दलहरुले समेत माग सम्बोधन गर्न माग गरिरहेका छन । यता सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगर पालिकाका प्रमुख...

११औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि चौताराले जित्यो

ब्रेकिङ न्युज १, समाचार
जिल्लास्तरीय ११औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि चौतारा साँगाचोकगढी नगरपालिकाले चौताराले हात पारेको छ । सिन्धुपाल्चोक जिल्ला खेलकुद विकास समितिको आयोजनामा जिल्लाको सदरमुकाम चौतारा टुँडिखेलमा भएको प्रतियोगितामा चौतारा साँगाचोकगढी नगरपालिकाले ३० स्वर्ण, २० रजत र ७ कास्य सहित उपाधि जितेको हो । १० स्वर्ण, ८ रजत र ८ कास्य पदक जित्दै बाह्रबिसे नगरपालिका द्वितीय र भोटेकोसी गाउपालिका ७ स्वर्ण, १० रजत र ८ कास्य पदकका साथ तृतीय भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्ण प्रसाद सापकोटाले खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो । जिल्लाको १२ वटा पालिकामध्ये त्रिपुरासुन्दरी, पाँचपोखरी , लिसंखुपाखर, र सुनकोशी गाउँपालिकाले प्रतियोगितामा सहभागिता नजनाएकोे जिल्ला खेलकुद विकास समिति सिन्धुपाल्चोकका अध्यक्ष रामकृष्ण दंगालले जानकारी दिनुभयो ।...

पत्रकार महासंघद्धरा आन्दोलनको तैयारी

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
नेपाल पत्रकार महासघंले तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा सञ्चारमाध्यम र सञ्चारकर्मीमाथिको आक्रमण र पत्रकार रजकको हत्याका सम्बन्धमासरकारलाई दिएको सात दिने अल्टिमेटम सकिएको सन्दर्भमा महासंघको उपलब्ध केन्द्रीय समितिको बैठकले आन्दोलनको तैयारी गरिरहेको छ ।   नेपाल पत्रकार महासघंको बैठकले त्यस सम्बन्धमा बिभिन्न निर्णय गरेको महास३का महासचिब राम प्रसाद दाहालद्धारा जारी बिज्ञेप्तीमा जनाइएको छ ।उँहाद्धारा मङ्गलबार जारी बिज्ञेप्तीमा यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमण र पत्रकार सुरेश रजकको हत्याका सम्बन्धमा स्वतन्त्र छानबिन गरी सात दिनभित्र प्रेस स्वतन्त्रता हननमा संलग्नहरूमाथि कानुनी कारबाही, रजकका परिवारका साथै क्षति पुगेका सञ्चारगृहलाई यथोचित क्षतिपूर्ति र घाइते पत्रकारको निःशुल्क उपचारका लागि नेपाल पत्रक...

अपाङ्गता समाबेशी भू– संरक्षण अभ्यास प्रवद्र्धन कार्यक्रमको समिक्षा वैठक इन्द्रावतीमा

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
अपाङ्गता समाबेशी भू– संरक्षण अभ्यास प्रवद्र्धन कार्यक्रमको परियोजना सल्लाहकार समिति तथा सरोकारवालाहरु बिच समिक्षा वैठक सम्पन्न भएको छ । कार्यक्रम इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नाथ नेपालको प्रमुख आतिथ्यता र उपाध्यक्ष शोभना तमाङको अध्यक्षतामा सम्पन्न भएको थियो । त्यहाँ वडा नं ५ देखि १० सम्मका वडाध्यक्ष, सव डिभिजन वन कार्यालयका अधिकृत समुदायिक बन समुहका अध्यक्षहरु, अपाङ्गता भू–संरक्षण समुहका प्रतिनिधिहरु, पलिकाका बिषयगत शाखाका प्रमुखहरुको सहभागिता थियो । सो कार्यक्रममा परियोजना अन्तरगत भएका काम तथा प्रगतिहरु, भएका सिकाइ प्रस्तुत गरिएकोमा सहभागीहरुले यो राम्रो कार्यक्रमलाई निरन्तरता दिने बिषयमा जिज्ञासा र सुझाव दिनु भएको छ । अपाङ्गता भएका ब्यक्तिहरुलाई जिबिकोपार्जनमा सहयोग त्यो पनि अर्गानिक विधि यो महत्त्वपूर्ण पक्ष छ । अहिलेको ठुलो समस्या बाँदर हट्ने जैबिक झोलको प्रयोग ब्यापकता...