सम्पर्क

थप २ वडालाई सुख्खा क्षेत्र घोषणाको तैयारीमा चौतारा साँगाचोकगढी

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाले थप २ वटा वडालाई सुख्खा क्षेत्र घोषणा गर्न लागेको छ ।
यो सँगै ५ वटा वडालाई सुख्खा क्षेत्र घोषणा हुन लागेको हो । यस सम्बन्धमा बिहिबार नगरपालिकाको सभाहलमा नगरभित्रका बिभिन्न राजनिती दल, सञ्चारकर्मी जिल्ला स्थित सरकारी कार्यलयका प्रतिनिधीहरु बिच एक छलफल भएको छ । नगरपालिकाले सुख्खा क्षेत्र घोषणा गर्नको लागि सुरु गरेको छलफलमा सहभागीहरुले मापदण्डका आधारमा अरु वडाहरुलाइ पनी सुख्खा क्षेत्र घोषणा ष्र्न प्रस्ताब गरेका थिए ।
नगरपालिकाको सभा हलमा आयोजित बैठकमा सहभागीहरुले वडा नम्बर १०, ११, १२, लाइ सुख्खा गेत्र घोषणा गरेका र थप १३ र १४ लाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गर्न आवश्यकता रहेको औंल्याउंदै सिचाइ र खानेपानीको विशेष कार्यक्रम संचालन गर्नुपर्ने निचोड निकालेको हो ।
कार्यक्रममा नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले यो छलफल प्रारम्भिक भएको बताउदैे सुख्खापन ठूलो चूनौति बन्दै गएको छ, भन्नुभयो । उँहाले बढ्दो सुख्खा पनले कृषिको उत्पादन, जलस्रोत व्यवस्थापन र जनजीवनमा ठूलो प्रभाव पार्दा नागरिकको दैनिकी पनि प्रभावित प्रभाबीत भएको छ यसको लागी आबश्यक छलफल गरी निर्णयमा पुग्नका लागी सरोकारवालाहरुसँग छलफल सुरु गरिएको बताउँनु भयो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठ प्रसाद सापकोटाले सुख्खा ग्रस्त क्षेत्रका भू–भागहरूमा पानीको अभाव, विशेष गरी वर्षा र अन्य जलस्रोतहरूको कमीको कारण खेतीपाती, पानी आपूर्ति, र जनजीवनमा समस्या उत्पन्न भएको बताउँनु भयो । यसका समधानका लागी सुख्खा क्षेत्र घोषणा गरी काम गर्न जरुरी रहेको हुँदा यो छलफलको आयोजना गरिएको बताउँदै सुख्खा ग्रस्त क्षेत्र घोषणाका तिनै तहका सरकारबाट लागत साझेदारीमा परियोजना संचालन र ब्यवस्थापन गर्ने प्रतिबद्धता हुन पर्ने बताउँनु भयो । उहाँले कृषिका लागि आवश्यक वर्षा कम हुनु, पानिको मुहान सुक्दैजानु, पानीको संरक्षणका उपायहरूको अभाव हुनुजस्ता समस्याहरू हुन सक्छन् । नेपालका तराई क्षेत्र, हिमालीक्षेत्र लगायत पहाडी क्षेत्रहरूमा पनि सुख्खा समस्या देखिएको छ । वर्षा कम हुने, जलस्रोतहरूमा कमी हुनेजस्ता कारणले खेतीमा कठिनाई आउँछ भन्नु भयो । उँहाले कृषि उत्पादनमा कमीः पानीको कमीले खेतीमा असर पु¥याई कृषि उत्पादन घट्छ । यसका कारण खाद्यसुरक्षा संकट समेत उत्पन्न हुन सक्छ । यस्ता क्षेत्रहरूमा धान, गहुँ, मकै, र अन्य अन्न उत्पादनमा कमीआउन,पानीको आपूर्ति संकटः ग्रामीण र पहाडी क्षेत्रहरूमा पानीको स्रोत सीमित छ, र यसले स्वच्छ पानीको पहुँचमा समस्या पैदा गर्ने यसका कारण स्वास्थ्यमा असर पर्ने नागरिकहरुलाई पानीको कमी हुनसक्ने सम्भावना हुने बताउँनु भयो । कार्यक्रममा राज्यले सुख्खा ग्रस्त घोषण गर्दै विकल्प सहितका कार्यक्रम ल्याएर जनजीवन सहज बनाउनुपर्नेमा नगरपालिका संवेदनशिल रहेको उपप्रमुख सिता थापाले बताउँनु भयो ।

विशेषगरी २०७२ को विनासकारी भूकम्पपछि त झनै यी क्षेत्रमा पानीका मुहान सुकेर नपलाउने, डढेलो बढेर मुहान सुक्ने मात्रै नभइ पोखरीहरु हराउँदै जाँदा समस्या द्येरै छ । एकातिर सुख्खा बढ्दै गएपछि हिउँद भर खेति बाझो हुदा कृषि उत्पादनमा नोक्सानी अर्कोतर्फ पानीको आपूर्तिमा संकट भोग्दै आएको छलफलमा सहभागीहरुले बताएका थिए । साविक साँगाचोक गाविस भित्र पर्ने ३ वटा वडालाई आर्थिक वर्ष २०७३÷७४ को वजेट वक्तव्य मार्फत सुख्खा क्षेत्र घोषणा भएको थियो । नगरपालिकाको गत पौष २८ गतेको नगर सभाबाट साबिक ठुलो सिवारी भित्र पर्ने २ वडा थप गरी ५ वटा वडालाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गर्ने योजना अगाडी सारेको हो । जलवायु परिवर्तनले वर्षा कम र अनियमित हुनुका साथै जंगल काट्ने, जमिनको दुरुपयोग, अव्यवस्थित जलस्रोत जस्ता मानव जन्य कारणहरूले पहाडी क्षेत्रहरू सुख्खा ग्रस्त हुने समस्या देखिएकोले नगरपालिकाको प्रस्तावमा नगर स्तरिय राजनितीदलका प्रतिनिधिहरुले समेत यस कार्यको लागी नगरपालिकालाइ सहयोग गर्ने बताएका छन् । कृषिका लागि आवश्यक वर्षा कम हुनुका साथै पानीको मुहान सुक्दै जादा चौतारा साँगाचोकगढी नगरपालिकाले गत वर्षबाट रिचार्ज पोखरी निर्माणका लागि प्रति वडा एक लाखका दरले बजेट समेत विनियोजन गर्दै आएको छ ।