नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले फुटबल प्रतियोगिताको उद्घाटन गर्नु भएको छ । बिहीबार सिन्धुपाल्चोकको लामोसाँघु, बसन्तपुर खेलमैदानमा पुर्व मन्त्री बस्नेतले फुटबल प्रतियोगिताको उद्घाटन गर्नु भएको हो । उहाँले खेलाडीहरूलाई शुभकामना दिदै खेलकुदले मनस्थितिलाई स्वास्थ बनाउने बताउनुभएको छ । अब मुलुकले खेलकुदलाई ध्यान दिन जरुरी रहेको उल्लेख्य गर्दै खेल क्षेत्र नेपाललाई विश्वसामु चिनाउने अवसर हुने बताउनुभयो । उहाँले राम्रा खेलाडीले बिभिन्न अवसर प्राप्त गर्न थालेकाले अब बिस्तारै खेलाडीको पनि विकास हुने बताउनुभयो ।
बलेफी गाउँपालिका वडा नं. ८ द्वारा आयोजित वडाध्यक्ष यू–१३ फुटबल प्रतियोगिता चैत २८ गते बिहिबार सुरू भएको खेल चैत ३० गते शनिबार फाईनल खेल हुनेछ । उक्त प्रतियोगितामा सिन्धुपाल्चोक जिल्ला भरिका ९ टिमले भाग लियको वलेफि गाँउपालिका वडा न ८ का अध्यक्ष रमेश कुमार श्रेष्ठले बताउनु भयो ।