नेपाली काँग्रेस निकट नेपाल लोकतान्त्रिक आदीबासी जनजाती महासंघ सिन्धुपाल्चोकको प्रथम जिल्ला अधिबेशन एक भव्य समारोहका बिच सम्पन्न भएको छ ।
नेपाली काँग्रेस बागमती प्रदेसका सह–महामन्त्री हरिशरण श्रेष्ठको प्रमुख अतिथ्यतामा सिन्धु काँग्रेसका सभापती जङ्ग बहादुर लामाको बिशेष अतिथ्यतामा सम्पन्न अधिबेशनमा नेपाली काँग्रेसको माहधिबेशनमा जिल्लाको सभापती पदका प्रत्यासीहरु डा. प्रेमध्वज लामा बंशलाल तामाङसहित सभापती जङ्ग बहादुर लामा एकै ठाउँमा बसेर सिन्धु काँग्रेस एक ढिक्का रहेको कुनै गुुट उपगुट नरहेको दाबी गर्नुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथी नेपाली काँग्रेस बागमती प्रदेस सह–महामन्त्री हरिशरण श्रेष्ठले नेपाली कांग्रेसले आदिवासी जनजातीहरुको पहिचानको युद्धलाई उत्थान गर्दैन भनेर बारम्बार विपक्षीले प्रहार गरिरहेता पनि आज आदिवासी जनजातीलाई एक गर्न नेपाली कांग्रेस लागि परेको र लाखौं आदिवासीलाई एउटै संगठनमा आवद्ध गर्न सफल भएको बताउनुभयो । उहाँले राज्यबाट उपेक्षित गरिएका वर्गको उत्थानका लागि आदिवासी जनजाती युवाहरु विगठित नभईकन एउटै पार्टीमा आवद्ध हुनुपर्ने बताउनुभयो ।
नेपाली काँग्रेसका सभापती बिशेष अतिथी जङ्ग बहालुर लामाले सिन्धु काँग्रेसमा कुनै गुट उपगुट छैन, अधिबेशनका बेला नेतृत्वका लागी भएको प्रतिष्पर्धालाई गुट उपगुट भन्न नमिल्ने भन्दै हामीमा कुनै बिबाद छैन, म सभापती हुदै गर्दा मेरा अग्रजहरुसँग सल्लाह गरेर काम गरिरहेको छु, मैले डा. प्रेमध्वज लामा, अग्रज बंशलाल तामाङ्ग सबैसँग सल्लाह गरेर अगाडी बढिरहेको बताउनुभयो । उहाँले आदिवासी जनजातीहरुले पार्टीमा स्थान नपाउनुको कारणको बारेमा चर्चा गर्दै अबका दिनमा नेपाली कांग्रेसलाई बलियो बनाउन स्थान नपाएका तर नेपाली कांग्रेस पार्टीसँग आस्था राख्ने सम्पूर्ण व्यक्तिहरुलाई नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ एक उत्कृष्ट स्थान भएकोे समेत बताउन्ुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य तथा बरिस्ठ नेता डा. प्रेमध्वज लामा, महासमिति सदस्य एवम् इन्द्रावती गाउँपालिकाका निवर्तमान अध्यक्ष बंशलाल तामाङ्ग, क्षेत्रीय सभापति तथा मेलम्ची नगर प्रमुख, आइतमान तामाङ्ग महासमिति सदस्य पुर्ब पाटी सचिब बिल बहादुर तामाङ, पुर्ब पाटी सचिब झलक नेपाल, ईन्द्रावती गाँउपालिका पाटी सभापती जिबन श्रेष्ठ, नेवाः देय दवुका केन्द्रिय सचिब हरि कुमार श्रेष्ठलगाएतले काँग्रेससँग आबद्ध भातृ संस्था तथा शुभेच्छुक संस्थाहरुलाई चलायमान गराइ राख्न बर्तमान जिल्ला नेतृत्व सफल रहेकोमा बिशेष धन्यबाद दिनु भएको थियो ।
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ सिन्धुपाल्चोकका अध्यक्ष रेशम बहादुर तामाङ्गको सभापतीत्वमा भएको कार्यक्रमको सञ्चालन भने सचिब बिमल श्रेष्ठले गर्नु भएको थियो । स्वागत मन्तब्य, निमा ग्याल्बो लामाले राख्नु भएको थियो । जिल्लाको प्रथम अधिवेशनबाट दोस्रो कार्यकालका लागि सर्वसहमतिले अध्यक्षमा रेशम बहादुर तामाङ र सचिवमा विमल श्रेष्ठ लगाएतका पलाधिकारीहरु चयन हुनुभएको छ ।