by लोकप्रिय समाचार
अपाङ्गता समाबेशी भू– संरक्षण अभ्यास प्रवद्र्धन कार्यक्रमको परियोजना सल्लाहकार समिति तथा सरोकारवालाहरु बिच समिक्षा वैठक सम्पन्न भएको छ । कार्यक्रम इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नाथ नेपालको प्रमुख आतिथ्यता र उपाध्यक्ष शोभना तमाङको अध्यक्षतामा सम्पन्न भएको थियो । त्यहाँ वडा नं ५ देखि १० सम्मका वडाध्यक्ष, सव डिभिजन वन कार्यालयका अधिकृत समुदायिक बन समुहका अध्यक्षहरु, अपाङ्गता भू–संरक्षण समुहका प्रतिनिधिहरु, पलिकाका बिषयगत शाखाका प्रमुखहरुको सहभागिता थियो ।

सो कार्यक्रममा परियोजना अन्तरगत भएका काम तथा प्रगतिहरु, भएका सिकाइ प्रस्तुत गरिएकोमा सहभागीहरुले यो राम्रो कार्यक्रमलाई निरन्तरता दिने बिषयमा जिज्ञासा र सुझाव दिनु भएको छ । अपाङ्गता भएका ब्यक्तिहरुलाई जिबिकोपार्जनमा सहयोग त्यो पनि अर्गानिक विधि यो महत्त्वपूर्ण पक्ष छ । अहिलेको ठुलो समस्या बाँदर हट्ने जैबिक झोलको प्रयोग ब्यापकता बनाउनु अहिलेको आवस्यकता हो पालिका अध्यक्षले भन्नुभयो । यस्ता काममा हामी सहकार्य गर्न पछि पर्दैनौ उहाँले थप्नु भयो । UNDP GEF SGP को सहयोग तथा CDECF Nepal द्वारा सञ्चालित कार्यक्रमको यो अन्तिम महिना हो ।
