सम्पर्क

११औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि चौताराले जित्यो

जिल्लास्तरीय ११औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि चौतारा साँगाचोकगढी नगरपालिकाले चौताराले हात पारेको छ ।
सिन्धुपाल्चोक जिल्ला खेलकुद विकास समितिको आयोजनामा जिल्लाको सदरमुकाम चौतारा टुँडिखेलमा भएको प्रतियोगितामा चौतारा साँगाचोकगढी नगरपालिकाले ३० स्वर्ण, २० रजत र ७ कास्य सहित उपाधि जितेको हो । १० स्वर्ण, ८ रजत र ८ कास्य पदक जित्दै बाह्रबिसे नगरपालिका द्वितीय र भोटेकोसी गाउपालिका ७ स्वर्ण, १० रजत र ८ कास्य पदकका साथ तृतीय भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्ण प्रसाद सापकोटाले खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।
जिल्लाको १२ वटा पालिकामध्ये त्रिपुरासुन्दरी, पाँचपोखरी , लिसंखुपाखर, र सुनकोशी गाउँपालिकाले प्रतियोगितामा सहभागिता नजनाएकोे जिल्ला खेलकुद विकास समिति सिन्धुपाल्चोकका अध्यक्ष रामकृष्ण दंगालले जानकारी दिनुभयो ।