नेपाल शिक्षक महासंघको आह्वानमा चैत २० गतेदेखि सुरु भएको काठमाडौं केन्द्रित आन्दोलनले मुलुकभरका शैक्षिक गतिविधि ठप्प भएको छ।

यसरी देसभरका शिक्षक हरु काठमाण्डौ जम्मा भएर बिभिन्न प्रकारले आन्दोलन गर्दै सरकार समक्ष आफ्ना माग पुरा गर्न दबाब दिदा समेत आन्दोलनरत शिक्षकहरूले आफ्ना मागहरूको सुनुवाइ नभएको जनाउँदै चैत २५ गतेदेखि आम शैक्षिक हड्तालको घोषणा गरेका छन्, जसका कारण विद्यालयहरू पूर्णरूपमा बन्द भएका छन्।

यसरी शिक्षकहरु सबै आन्दोलीत हुँदा पनी सरकारले माग पुरा गर्ने तर्फ चासो नदेखाएको भन्दै नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवाले सरकारलाइ तत्काल माग बारे सम्बोधन गर्न निर्देशन दिनु भएको छ । यसै गरी नेकपा माओबादी केन्द्र लगाएतका राजनिती दलहरुले समेत माग सम्बोधन गर्न माग गरिरहेका छन । यता सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगर पालिकाका प्रमुख आइतमान तामाङले एक बित्रेप्ती प्रकाशन गरी शिक्षकहरुको माग सम्बोधन गर्न सरकार सँग माग गर्नु भएको छ । मेलम्ची नगरपालिकाले मिति मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै शैक्षिक हड्तालका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) र कक्षा ८ को उत्तरपुस्तिका परीक्षणमा समस्या उत्पन्न भएको जनाएको छ। साथै, नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना अभियान समेत प्रभावित हुने खतरा देखिएको जनाएको छ।नगर प्रमुख तामाङद्वारा हस्ताक्षरित विज्ञप्तिमा आन्दोलनका कारण मुलुकले भोग्न सक्ने शैक्षिक क्षति न्यूनिकरण गर्न संघीय सरकारलाई वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गरिएको छ। विज्ञप्तिमा गुणस्तरीय र विद्यार्थी–शिक्षक मैत्री शिक्षा ऐन जारी गर्दै आन्दोलनरत शिक्षक–कर्मचारीलाई उच्च मनोबलका साथ पुनः कार्यमा फर्काउन पहल गर्न पनि सरकारसँग अपिल गरिएको छ।मेलम्ची नगरपालिकाले शिक्षामा देखिएको अस्थिरता अन्त्य गरी शैक्षिक क्षेत्रलाई नियमित बनाउन सबै सरोकारवालाहरुलाई जिम्मेवार बन्न आह्वान समेत गरेको छ।शिक्षकहरुको माग जसरी पनी पुरा गर्न पर्ने सरकारलाइ बाध्यत्मक परिस्थीत श्रृजना भएरहेको छ ।
