सम्पर्क

सांगीतिक प्रस्तुतिका लागी चर्चित गायक मिलन लामा कतारमा

दर्शन सुनार/लोकप्रिय दैनिक, कतार
लोक तथा दोहोरी गायक मिलन लामा कतार आईपुगेका छन् ।धादिङ सेवा समाज कतारले आयोजना गरेको नेपाली नयाँ बर्ष धमका तथा बृहत् साँस्कृतिक कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिन नेपालबाट आमन्त्रित अतिथी कलाकार लामा मंगलबार राती कतार आईपुगेका हुन् ।

अतिथि कलाकार लामालाई स्वागत गर्नको लागी कार्यक्रम संयोजक गौतम तामाङ वाईबा, मोना कतारका वरिष्ठ उपाध्यक्ष देवी कडेल,नेपाली फिटनेस टिम कतारका अध्यक्ष कृष्ण सुनार लगायत अन्य विभिन्न पदाधिकारीहरु हमद अन्तर्राष्ट्रिय विमान स्थलमा पुगेका थिए ।

गृह जिल्ला धादिङमा रहेका चेपाङ समुदायलाई सहयोगार्थे गर्ने उद्धेश्यले आयोजना गरिएको कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक गौतम वाईबा तामाङले जानकारी दिनु भएको छ । अतिथि कलाकार लामाले बिमानस्थलबाट आफू कतार आईपुगेको जानकारी दिदै दोहाबासी सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लगायत दोहामा स्थापित सम्पुर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थितिको लागी अनुरोध समेत  गर्नुभएको छ ।

साँस्कृतिक कार्यक्रममा अतिथि कलाकारको साथमा कतारमा स्थापित स्थानीय कलाकारहरुको गायन,एकल नृत्य तथा सामुहिक नृत्य प्रस्तुति सगैं विविध मनोरञ्जनात्मक प्रस्तुतिहरु रहने आयोजकले जनाएको छ ।

शुक्रबार कतारको मुन्ताजा स्थित पियरलिङ सिजनल स्कुलको सभाहलमा बिहान १० बजे देखि कार्यक्रम सुचारु हुने कार्यतालिका रहेको छ । कार्यक्रममा कतारबासी सबैलाई उपस्थित भएर साँस्कृतिक कार्यक्रमको भरपुर्ण मनोरञ्जन लिन धादिङ सेवा समाज कतारले अनुरोध समेत गरेको छ । लोकप्रिय राष्ट्रिय दैनिक समेत उक्त कार्यक्रमको सञ्चार सहयोगीको रुपमा रहेको छ ।