सम्पर्क

ब्रेकिङ न्युज १

बस्नेतलाइ २५लाख धरौटी,यस्तो छ आदेश  

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ ।बिशेष अदालतले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहन बहादुर बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश गरिएको छ । आइतबार थुनछेक बहसपछि विशेष अदालतले बस्नेतलाई धरौटीमा छाड्न आदेश गरेको हो । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिद भ्रष्टाचार मुद्दामा बयान दिन बस्नेत आइतबार स्वयम अदालतमा उपस्थित भएर बयान दिनु भएको थियो ।न्यायाधीशहरू तेजनारायणसिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इलसालले आइतबार बयान लिइसकेपछि बस्नेतलाई धरौटीमा छाड्न भनेको हो ।दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रणाली खरिद प्रकरणमा बस्नेतसहित १६ जनाविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो दाबीसहित गत जेठ १ मा अख्तियारले विशेष अदालतमा मुद्दा चलाएको थियो ।यस्तो छ आदेश  ...
मनसुनमा सतर्कता अपनाउन सिन्धुपाल्चोक जिल्ला प्रशासनको आग्रह

मनसुनमा सतर्कता अपनाउन सिन्धुपाल्चोक जिल्ला प्रशासनको आग्रह

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै यस वर्षको मनसुन सुरु भएसँगै जिल्लावासीलाई सतर्क र सुरक्षित रहन आग्रह गरेको छ । मनसुन सक्रिय भएसँगै वर्षाका कारण जिल्लाभर बाढी, पहिरो र डुबानलगायत विपद् जोखिमका घटना घट्न सक्ने जनाउँदै जिल्ला प्रशासनले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको हो  । शुक्रबार प्रमुख जिल्ला अधिकारी किरण थापाद्धारा जारी विज्ञप्तीमा यस्तो भनिएको छ, जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष विगत वर्षहरु भन्दा केही बढी बर्षा हुने अनुमान गरिएको छ । त्यसको प्रभाव सिन्धुपाल्चोक जिल्लामा समेत रहने अनुमान गरिएको छ । जिल्लाका भुभागहरु विगतको भुकम्प र त्यसपछीका बाढी तथा पहिरोहरुबाट खुकुलो भएकोले मध्ययम बर्षाले पनि भू–क्षय, बाढी पहिरो तथा ग्रेग्रान बहाबको जोखिम रहने भएकोले जोखिम हुनसक्ने स्थानहरुमा उच्च सतर्कता अपनाउन र पूर्वतयारी सहित आवश्यक क्रियाकलाप ...

मेलम्ची नगरपालिकाद्धारा भ्रममा नपर्न अनुरोध

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, साहित्य
गर्देै मौलिक हक र प्रेस स्वतन्त्रता प्रति प्रतिवद्धता भएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताउँनु भएको छ। नगर प्रमुख तामाङको सचिबालयले आफ्नो आधिकारीक सञ्जाल मार्फत यस्तो जनाएको हो । केही दिन अगाडी केही सञ्चार माध्यमबाट मेलम्ची नगरपालिकामा अनियमितता भन्दै नगर प्रमुख र उप प्रमुख समेतको नाम आए पछी नगरपालिकाले यस्तो बताएको हो । पालिकाले नगर बासीलाइ भ्रममा नपर्न समेत आग्रह गरेको छ । हामी नागरिकको मौलिक हक र प्रेस स्वतन्त्रता प्रति प्रतिवद्ध छौं । पछिल्लो समय केही अनलाइन सञ्चार माध्यमले महालेखा परीक्षणको प्रतिवेदनको हवाला दिंदै मेलम्ची नगरपालिकाको विषयमा तथ्यहिन समाचारहरु प्रकाशन गरेका छन् । महालेखा परीक्षकको प्रतिवेदन प्रति हामी गम्भीर र सचेत छौं । बेरुजु कम गर्न हामी प्रयत्नशील पनि छौं ।हामीलाई लाग्थ्यो रिपोर्टिङ गर्ने साथीहरु विज्ञ हुनुहुन्छ र उहाँहरुले राम्रो अध्ययन गरेर मात्र समा...

११ वर्षीय बालिकाको सामुहिक बलात्कार पछि हत्या आरोपमा ५ जना पक्राउ

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–५ छ्याङ्गदीस्थित ११ वर्षीया बालिकाको बलात्कार पछि हत्या गरिएको आरोपमा पाँच जना पक्राउ परेका छन् । घटनामा संलग्न पाँच जनालाई प्रहरीले शुक्रबार पक्राउ गरी पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा स्थानीय २१ वर्षीय निमा तेन्जिङ तामाङ, २२ वर्षीय वाङनिमा तामाङ, ३२ वर्षीय नामग्याल शेर्पा, २० वर्षीय दावा तामाङ र २२ वर्षीय लाक्पा पासाङ तामाङ रहेका छन् । २१ बर्षिय निमा बालिकाको काकाका छोरा हुन् भने सबैजना एउटै टोलका बासिन्दा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिनुभयो । गाँजा र रक्सीको नशामा उनीहरुले बलात्कार गरी हत्या गरेर बालिकाको शवलार्ई एकान्त जंगलको भिरमा लगेर फालिएका थिए । बालिका असार १० गते मंगलबार राति हराएको र भोलिपल्ट बिहानको समयमा उनको शव जंगलको खोल्सामा फेला परेको थियो । च्या...

हजार दिनका आमाहरूलाई पोषण तथा जीविकोपार्जनका लागि तिन दिने अभिमुखिकरण ज्यामिरेमा सुरु

ब्रेकिङ न्युज १, समाचार
बहुक्षेत्रिय पोषण योजना अन्तर्गत सुनौला हजार दिनका आमाहरूलाई पोषण तथा जीविकोपार्जनका लागि ३ दिने अभिमुखिकरण कार्यक्रम मेलम्ची –९ ज्यामिरेमा सुरु भएको छ । कार्यक्रममा बोल्दै उपप्रमुख उमा प्रधानले बालबालिका हाम्रो भविष्यका कर्णधार भएकाले बालबालिकामा लगानी गर्न मेलम्ची नगरपालिका सधै प्रतिवद्द रहेकोले यहाँहरूले पनि आफ्ना बालबालिकाहरूलाई सुनौलो १००० दिनको समयमा उचित स्याहार सुसार गर्दै यस् पालिकाबाट जीविकोपार्जनका लागि दिईने अनुदानको सदुपयोग गरि आर्थिक रूपमा अब्बल बन्न अनुरोध गर्नुभएको छ ।तिन दिने अभिमुखिकरणमा २५ जना सहभागी रहेको पोषण सहजकर्ता सरिता डोटेलले जानकारी दिनुभयो ।सहभागीलाई जिविकोपार्जनको लागि आर्थिक सहयोग गरिने बताइएको छ । कार्यक्रममा मेलम्ची नगरपालिका उपप्रमुख प्रधान,प्रशासकीय अधिकृत झपेन्द्रराज खरेल,वडा  अध्यक्ष किरणदिप खडका, रोजगार संयोजक रन्जन श्रेष्ठ,वडा सचिवहरु प्रसान्त हमा...

७३ जिल्लामा १५ सय भन्दा बढी डेंगु संक्रमित

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
७३ जिल्लाबाट एक हजार पाँच सय भन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा गोकर्ण दाहालले पुस यता ७३ जिल्लाबाट एक हजार ५०२ जनामा डेंगु पुष्टि भएको जानकारी दिनुभयो । डेंगु सङ्क्रमण सबै भन्दा बढी बागमती, कोशी र गण्डकी प्रदेशमा सबै भन्दा बढी डेंगु सङ्क्रमण पुष्टि भएको छ । तथ्याङ्क अनुसार बागमतीमा प्रदेशमा ३८०, कोशी प्रदेशमा तीन सय,गण्डकी प्रदेशमा ३०३ जनामा डेंगु पुष्टि भएको छ । त्यसै गरी, लुम्बिनी प्रदेशमा २४७, सुदूरपश्चिम प्रदेशमा २१८, कर्णाली प्रदेशमा ३२ र मधेश प्रदेशमा २२ जनामा डेंगु पुष्टि भएको डा.दाहालले जानकारी दिनुभयो ।...

पाँचपोखरीका जनप्रतिनिधिको आक्रोस, संघ र प्रदेश सरकारले पाँचपोखरीलाई हेला गर्यो

ब्रेकिङ न्युज १, समाचार
पाँचपोखरी थाङ्पाल गाउँपालिका गाउँसभाको १७औं अधिवेशन गाउँपालिका अध्यक्ष टासी लामाको सभाअध्यक्षमा सुरु भएको छ । कार्यक्रममा दलिय प्रतिनिधिको रुपमा शुभकामना राख्दै नेपाली काङ्ग्रेसबाट निर्वाचित वडा नम्बर २ का अध्यक्ष बाबुलाल स्याङबोले प्रदेश र संघ सरकारले यो गाउँपालिकालाई हेला गरेको बताउँदै सबै मिलेर अघि बढ्न आग्रह गर्नुभयो ।उहाँले बजेटले पर्यटनलाई ध्यान दिनुपर्ने बताउनुभयो । त्यस्तै एमालेबाट निर्वाचित वडा नं. ६ का अध्यक्ष एवम पालिकाका प्रबक्ता नारायण भट्टराईले पनि संघ र प्रदेश सरकारले बजेटमा हेला गरेको बताउँदै काठमाडौंबाट नजिकै रहे पनि बत्तिमुनिको अधेँरो जस्तै भएको बताउनुभयो । उहाँले पालिकाले शिक्षा र स्वास्थ्यमा ध्यान दिरहेको बताउँदै स्थानीय सरकार आएपछि हरेक वडामा बर्थिङ सेन्टर स्थापना गरिएको बताउनुभयो ।उँहाले आन्तरिक श्रोतबाट भएपनि शिक्षकको व्यवस्थापन गरिएको बताउनुभयो । राप्रपाबाट नि...

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णय अनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । सङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ । सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएकोे थियो ।...

लप्सी पकेट क्षेत्रमा प्रशोधन प्रविधि हस्तान्तरण

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, समाचार
 विदुर आचार्य, चौतारा, असार ५ गते । सुनकोशी गाउँपालिकाले स्थानीय लघु उद्यमीहरुलाई लक्षित गर्दै लप्सी र साबुन प्रशोधनमा प्रयोग हुने प्रविधि हस्तान्तरण गरेको छ । बिहीबार आयोजित एक कार्यक्रममा गाउँपालिकाले वडा नं. १ र ५ मा सामूहिक रूपमा लप्सी तथा साबुन व्यवसायमा संलग्न उद्यमी समूहहरुलाई आवश्यक प्रविधि हस्तान्तरण गरेको हो । गाउँपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिनाले प्रविधि हस्तान्तरण गर्नुहुँदै भन्नुभयो, ‘प्रविधि हस्तारन्तरणले लघु उद्यमीहरुको उत्पादन क्षमता वृद्धि र व्यवसायिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास रहेको छ ।’ कार्यक्रम गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको हो । यसअघि मानव स्रोतको भरमा सीमित मात्रामा लप्सी प्रशोधन हुँदै आएकोमा अब प्रविधिको सहयोगले उत्पादन वृद्धि र गुणस्तरीयता सुनिश्चित हुने अपेक्षा गाउँपालिकाले गरेको छ । गाउँपालिका उद्यम ...

बाह्रबिसे स्वास्थ्य चौकी बाह्रबिसे ३ मा प्रशूती प्रतिक्षा घर शुभारम्भ

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
  हिरा खड्का÷बाह्रबिसे,सिन्धुपाल्चोकजिल्लाको बाह्रबिसे नगरपालिका वडा नं ३ माथिल्ले थापा गाउँ स्थीत बाह्रबिसे स्वास्थ्य चौकी प्रशूती केन्द्रमा प्रशूती सेवा सँगै प्रशूती प्रतिक्षा घर शुभारम्भ भएको छ । बाह्रबिसे नगरपालिका नगरउपप्रमुख मन्जु तामाङले प्रशुती प्रतिक्षा घरको उद्धघाटन गर्नु भए सँगै शुभारम्भ भएको हो ।   प्रमुख अतिथी तामाङले यो नयाँ कार्यको प्रशंशा गर्नु हुँदै यसत प्रकारको सामाजीक काम मात्र होइन सेवामुखी काममा बाह्रबिसे नगरपालिकाले हरेक क्षेत्रमा सहयौगी काम गरिु रहेको बताउानु हुँदै आगामी दिनमा पनी आबश्यकता अनुसार यस्ता कामहरु गर्दे जाने बताउँनु भयो । केही बर्ष पहिले देखी क्षेमा देबी माध्यामिक विद्यालयसँगै रहेको ट्रस्ट (कच्ची) भवनबाट प्रशूती सेवा प्रबाह भए पनि नयाँ पक्की भवननिमार्ण सम्पन्न पश्चात केही महिना अघिबाट उक्त सेवा शुरु भएको थियो ।नयाँ भवनमा प्रशुती लगायत स्वास्थ्य चौ...