सम्पर्क

मनसुनमा सतर्कता अपनाउन सिन्धुपाल्चोक जिल्ला प्रशासनको आग्रह

सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै यस वर्षको मनसुन सुरु भएसँगै जिल्लावासीलाई सतर्क र सुरक्षित रहन आग्रह गरेको छ । मनसुन सक्रिय भएसँगै वर्षाका कारण जिल्लाभर बाढी, पहिरो र डुबानलगायत विपद् जोखिमका घटना घट्न सक्ने जनाउँदै जिल्ला प्रशासनले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको हो  । शुक्रबार प्रमुख जिल्ला अधिकारी किरण थापाद्धारा जारी विज्ञप्तीमा यस्तो भनिएको छ, जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष विगत वर्षहरु भन्दा केही बढी बर्षा हुने अनुमान गरिएको छ । त्यसको प्रभाव सिन्धुपाल्चोक जिल्लामा समेत रहने अनुमान गरिएको छ ।

जिल्लाका भुभागहरु विगतको भुकम्प र त्यसपछीका बाढी तथा पहिरोहरुबाट खुकुलो भएकोले मध्ययम बर्षाले पनि भू–क्षय, बाढी पहिरो तथा ग्रेग्रान बहाबको जोखिम रहने भएकोले जोखिम हुनसक्ने स्थानहरुमा उच्च सतर्कता अपनाउन र पूर्वतयारी सहित आवश्यक क्रियाकलाप गर्न सम्पूर्ण जिल्लावासीहरुमा हार्दिक अनुरोध गरिन्छ । साथै बर्षाका कारण सानाठूला नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सवारी साधन आवतजावत समेत प्रभावित हुन सक्ने संभावना भएकोले देहाय बमोजिमका कार्यहरु गर्न गराउनु हुन सम्बन्धित सबै यात्रु, चालक एवम् जिल्लाबासीहरुमा अनुरोध गरिएको छ ।

 

साथै

अत्यन्त जरुरी अवस्थाबाहेक यात्रा नगर्ने, यात्रा गर्नुपरेमा सडकको अवस्था बुझेर मात्र यात्रा गर्ने ।
मौसमी बुलेटिनहरुको अद्यावधिक जानकारी लिइराख्ने ।
जिल्लाका ठूला नदीहरु ( मेलम्ची, इन्द्रावती, ब्रम्मायणी, भोटेकोशी, सुनकोशी) लगायत ठाडो खोला तथा खोल्साहरुको आसपास बसोबास गर्ने नागरिकहरुले विशेष सतर्कता अपनाउने ।
प्रतिकार्यका लागि स्थानीय तह एवं स्वयंसेवकलगायत सरोकारवाला निकाय तयारी अवस्थामा रहने ।
मेलापात, रोपाइ तथा घासदाउरा तथा खेतिपाति गर्ने क्रममा ठूलो पानी परेमा उच्च सतर्कता अपनाउने ।
अनरिको राजमार्ग अन्तर्गत वनदेउ – कोदारी, मेलम्चि – हेलम्बु, मेलम्ची – भोताङ र जलबिरे – तेम्बाथान सडक क्षेत्रमा सवारी संचालन तथा यात्रा गर्दा उच्च सतर्कता अपनाउने ।

र कहिकतै जोखिमको अवस्था र मनसुनको कारणले केही घटना भएमा तुरुन्त नजिकको प्रहरी तथा स्थानीय तहमा सम्पर्क गर्न आग्रह गरेको छ ।