विदुर आचार्य, चौतारा, असार ५ गते । सुनकोशी गाउँपालिकाले स्थानीय लघु उद्यमीहरुलाई लक्षित गर्दै लप्सी र साबुन प्रशोधनमा प्रयोग हुने प्रविधि हस्तान्तरण गरेको छ । बिहीबार आयोजित एक कार्यक्रममा गाउँपालिकाले वडा नं. १ र ५ मा सामूहिक रूपमा लप्सी तथा साबुन व्यवसायमा संलग्न उद्यमी समूहहरुलाई आवश्यक प्रविधि हस्तान्तरण गरेको हो ।
गाउँपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिनाले प्रविधि हस्तान्तरण गर्नुहुँदै भन्नुभयो, ‘प्रविधि हस्तारन्तरणले लघु उद्यमीहरुको उत्पादन क्षमता वृद्धि र व्यवसायिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास रहेको छ ।’ कार्यक्रम गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको हो । यसअघि मानव स्रोतको भरमा सीमित मात्रामा लप्सी प्रशोधन हुँदै आएकोमा अब प्रविधिको सहयोगले उत्पादन वृद्धि र गुणस्तरीयता सुनिश्चित हुने अपेक्षा गाउँपालिकाले गरेको छ । गाउँपालिका उद्यम विकास शाखा प्रमुख मेनुका कार्कीका अनुसार वडा नंम्वर १, २, र ५ लप्सी उत्पादनमा प्रमुख पकेट क्षेत्रका रूपमा चिनिन्छन् । ती क्षेत्रबाट वार्षिक दश हजार किलो लप्सीका वोक्रा र पचास हजार ििकलो पल्प सामाग्री उत्पादन हुँदै आएको छ । गाउँपालिका अन्तरगत वडा नंमवर २ का प्रकाश विक ले स्थानीय रुपमा तितौरा र क्याण्डी उतपादन गर्ने गरिएको बताउनुभयो । उहाँले ब्यक्तिगत रुपमा लप्सीका परिकारबाट दश लाख आम्दानी गर्ने बताउनुभयो । कार्कीले प्रविधि हस्तान्तरणका लागि उद्यमीहरुबाट आएको मागअनुसार उपकरण उपलब्ध गराइएको जानकारी दिनुभयो । प्रविधि हस्तान्तरण अन्तर्गत लप्सी पल्प मिक्सिङ प्रविधि र साबुन उत्पादन प्रविधि उपलब्ध गराइएको हो । प्रविधि प्राप्त भएसँगै स्थानीय लघु उद्यमीहरु उत्साहित छन् । उनीहरुले यसबाट उत्पादन लागत घट्ने, समयको बचत हुने र बजार प्रतिस्पर्धामा आफूलाई सक्षम बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । फोटो ः लप्सी प्रशोधन प्रविधि हस्तान्तरण गर्नुहुँदै गाउँपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिना । यस कार्यक्रमले गाउँस्तरमै रोजगारी सिर्जना, आत्मनिर्भरता अभिवृद्धि र आर्थिक समृद्धिको दिशामा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।
गाउँपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिनाले प्रविधि हस्तान्तरण गर्नुहुँदै भन्नुभयो, ‘प्रविधि हस्तारन्तरणले लघु उद्यमीहरुको उत्पादन क्षमता वृद्धि र व्यवसायिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास रहेको छ ।’ कार्यक्रम गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको हो । यसअघि मानव स्रोतको भरमा सीमित मात्रामा लप्सी प्रशोधन हुँदै आएकोमा अब प्रविधिको सहयोगले उत्पादन वृद्धि र गुणस्तरीयता सुनिश्चित हुने अपेक्षा गाउँपालिकाले गरेको छ । गाउँपालिका उद्यम विकास शाखा प्रमुख मेनुका कार्कीका अनुसार वडा नंम्वर १, २, र ५ लप्सी उत्पादनमा प्रमुख पकेट क्षेत्रका रूपमा चिनिन्छन् । ती क्षेत्रबाट वार्षिक दश हजार किलो लप्सीका वोक्रा र पचास हजार ििकलो पल्प सामाग्री उत्पादन हुँदै आएको छ । गाउँपालिका अन्तरगत वडा नंमवर २ का प्रकाश विक ले स्थानीय रुपमा तितौरा र क्याण्डी उतपादन गर्ने गरिएको बताउनुभयो । उहाँले ब्यक्तिगत रुपमा लप्सीका परिकारबाट दश लाख आम्दानी गर्ने बताउनुभयो । कार्कीले प्रविधि हस्तान्तरणका लागि उद्यमीहरुबाट आएको मागअनुसार उपकरण उपलब्ध गराइएको जानकारी दिनुभयो । प्रविधि हस्तान्तरण अन्तर्गत लप्सी पल्प मिक्सिङ प्रविधि र साबुन उत्पादन प्रविधि उपलब्ध गराइएको हो । प्रविधि प्राप्त भएसँगै स्थानीय लघु उद्यमीहरु उत्साहित छन् । उनीहरुले यसबाट उत्पादन लागत घट्ने, समयको बचत हुने र बजार प्रतिस्पर्धामा आफूलाई सक्षम बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । फोटो ः लप्सी प्रशोधन प्रविधि हस्तान्तरण गर्नुहुँदै गाउँपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिना । यस कार्यक्रमले गाउँस्तरमै रोजगारी सिर्जना, आत्मनिर्भरता अभिवृद्धि र आर्थिक समृद्धिको दिशामा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।Enter
