सम्पर्क

कालिका हाइड्रो रोक्न जिप्रकामा ज्ञापन पत्र

 

सिन्धुपाल्चोक जिल्ला प्रमुख जिल्ला अधिकारी किरण थापालाइ उँहाकै कार्यकक्षमा भोटेकोशी बचाउ संघर्ष समिति, बाह्रबिसेले बिहीबार ज्ञापन पत्र बुझाएको छ ।   सघर्ष समितीको तर्फबाट नवीन श्रेष्ठ , हेमन्त श्रेष्ठ लगायतका निवेदकहरुले सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका वडा नं. ५ को जम्वु स्थित मध्य भोटेकोशी जलबिद्युत आयोजनाको पावर हाउसबाट पानी बाहिर निस्कन नपाई सुरुङ मार्ग तयार गरी जलविद्युत उत्पादन (४६ मे.वा.) गर्ने गरी तयार गरिएको कालिका इनर्जी लि. द्वारा प्रस्तावित भोटेकोशी ५ जलविद्युत आयोजना सञ्चालन प्रकृयाले बाताबरणमा ठुलो असर पर्ने हुँदा खारेज गर्न माग गरिएको छ । यसै गरी जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण)श्रेष्ठ र जिल्ला समन्वय अधिकारी प्रेमप्रसादन्यौपाने लाई पनी संघर्ष समिति बार्हबिसेका बासिन्दाले भेटी ज्ञापन पत्र बुझाएको निबेदक हेमन्त श्रेष्ठले जानकारी दिनु भयो ।